
साप्ताहिक संवाददाता

आगामी असोज १८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र झमक बहादुरको ट्रेलर रिलिज भएको छ । अनुपविक्रम शाही शिर्ष भूमिकामा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गर्दै चलचित्र युनिटले चलचित्र रिलिज डेट समेत सार्वजनिक गरेको हो ।
चलचित्रले नेपाली समाजमा रहेको वर्गिय द्वन्द्वलाई उठान गरेको निर्माण पक्षको भनाई छ । भोमन कटुवालले निर्देशन गरेको यो चलचित्रमा मिनकुमार तामाङले लगानी गरेका छन् ।
चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको ट्रेलर :