साप्ताहिक संवाददाता
जेष्ठ २०, २०७५
गायिका ज्योति मगरलाई एकातिर स्टेज क्विनको उपाधि प्राप्त छ भने अर्कातिर समाजमा विकृति फैलाएको आरोप पनि लाग्दै आएको छ । ज्योति स्टेज कार्यक्रममा छोटा पहिरनमा प्रस्तुत भएर संवेदनशील अंग प्रदर्शन गरेको आरोप लाग्छ ।
यही कुरालाई मध्यनजर गर्दै जुम्लामा आयोजित एउटा कार्यक्रममा चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले ज्योतिलाई परम्परा झल्काउने गुन्यूचोलो उपहार प्रदान गरिन् ।
गायिका मगरलाई सामाजिक सद्भाव फैलाउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले उपहार दिएको मेयर सेजुवालको भनाइ छ । गायिका मगरले पनि आफूले नेपाली संस्कृतिलाई पहिलेदेखि नै माया गर्दै आएको बताइन् ।