
साप्ताहिक संवाददाता

निर्देशक : किशोर भण्डारी कलाकार : बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमल्सिना आदि ।
संगीत : राजनराज शिवाकोटी तथा कमल खत्री
चलचित्र चंगा आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । काठमाडौं र ललितपुरका विभिन्न गाउँमा खिचिएको यो चलचित्रले दर्शकलाई पूर्ण रुपमा हँसाउने निर्माण पक्षको अपेक्षा छ । चलचित्रले गाउँको मौलिक कथा उठान गरेको निर्देशक किशोर भण्डारी बताउँछन् । भण्डारीका अनुसार चलचित्रमा बालमनोविज्ञानलाई समेत सूक्ष्म ढंगले उठान गरिएको छ ।
यसअघि सार्वजनिक चलचित्रको ट्ेरलर तथा गीतले राम्रै प्रतिक्रिया पाएका छन् । केही समयअघि युट्युबबाट सार्वजनिक भएको चलचित्रको गीत कम्पनी मालालाई झन्डै ९ लाखले हेरेका छन् भने त्यसले सकारात्मक कमेन्ट समेत पाएको छ । माघ ८ देखि छायांकनमा गएको यो चलचित्र २५ दिन लगाएर खिचिएको थियो । चलचित्र चंगा २ घण्टा १५ मिनेट लामो छ ।