साप्ताहिक संवाददाता
आफ्नो नजरमा परेकी युवती कस्ती स्वभावकी हुन् भन्ने कुरामा ध्यान दिएर मात्र अघि बढ्नुपर्छ ।
आफ्नो ड्रिमगर्लको इच्छा, आकांक्षा, सपना सबै बुझ्नु पर्छ ।
युवतीसँग कसरी प्रस्तुत हुने भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी छ । राम्रो बोल्न तथा आत्मविश्वासी रूपमा प्रस्तुत हुन सकियो भने उनीहरू नजिक हुन सक्छन् ।
युवतीलाई आफूप्रति आकर्षण गर्न बोली, व्यवहारका साथै शारीरिक रूपमा सफा तथा आकर्षक हुनु पर्छ ।
अनावश्यक गफ गर्ने अनि ओभर स्मार्ट देखिने प्रयास गर्नुहुँदैन ।
सकेसम्म ढाँट्नु हँुदैन । फटाहा स्वभावका युवकलाई युवतीहरूले मन पराउँदैनन् । इमान्दार रूपमा प्रस्तुत हुनु पर्छ ।
युवतीले महत्व दिँदै गइन् भने भेटघाट सुरु गर्नुपर्छ । भेटघाटमा सरल र सिम्पल तरिकाले प्रस्तुत हुनुपर्छ ।
साँच्चिकै मन परेको छ भने बिहानदेखि साँझसम्म फलो गरिरहनुपर्छ । गुडमर्निङदेखि गुडनाइटसम्मका एसएमएस गरिरहनुपर्छ ।
सम्बन्धमा अलिकति प्रशंसा, अलिकति सुझाव, अलिकति माया, साथ अनि अलिकति केयरिङ हुनुपर्छ ।
प्रेममा मित्रताले पनि ठूलो भूमिका खेल्न सक्छ, त्यसैले प्रेममा पर्नुअघि असल मित्रता गाँसियो भने त्यसले कसैलाई हानि पुर्याउँदैन ।