
साप्ताहिक संवाददाता
सञ्चिता लुइँटेल आमा बनिसकेपछिको पहिलो चलचित्र थियो— राधा । यद्यपि चलचित्र राधाले सञ्चिताको करिअरमा एउटा असफल चलचित्र मात्र थपिदियो, कुनै कमाल गर्न सकेन । अहिले उनको कमव्याकपछिको दोस्रो चलचित्र गुनगुन प्रदर्शनका लागि तयार छ ।
यो चलचित्रबाट उनले धेरै आशा राखेकी छिन् । चलचित्रले समाजको घटनालाई सूक्ष्म ढंगबाट उठान गरेको निर्देशक भट्टराई बताउँछन् । प्रेम, द्वन्द्व एवं अपहरणमा केन्द्रित चलचित्र गुनगुनमा अभिनेत्री सञ्चिताले चलचित्र नायिक हुन गरेको संघर्ष तथा परिवारको अवरोध चित्रित गरिएको बताइन्छ ।
प्रार्थना फिल्मको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा एकराज उप्रेती र सहदेव पौडेलको लगानी छ । गुनगुनको लगभग सबैजसो छायांकन काठमाडौंबाहिर गरिएको छ । १ करोडभित्र निर्माण गरिएको गुनगुन देशका ७० भन्दा बढी हलमा प्रदर्शन हुने निर्देशक उप्रेतीले बताएका छन् ।
निर्देशक : पुकार भट्टराई
कलाकार : सञ्चिता लुइँटेल, सुवास मेचे, रवीन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल आदि ।
संगीत : विकास चौधरी तथा महाराज थापा
