• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
दाल भात तरकारीको सुटिङ रिपोर्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दाल भात तरकारीको सुटिङ रिपोर्ट
पुस २१, २०७५

नक्साल नागपोखरीलाई दायाँ पारेर नारायणहिटी संग्रहालयको उत्तर ढोकातर्फ लम्कने क्रममा गणतन्त्र पार्कभित्र मानिसहरूको भीडभाड थियो । यसो नियालेर हेर्दा त्यहाँ चर्चित कलाकारहरू हरिवंश आचार्य, किरण केसी, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, नृत्य निर्देशक कविराज गहतराजलाई प्रस्ट देखियो । त्यहाँ विभिन्न पोसाकमा सजिएका अन्य थुप्रै मानिस पनि थिए । झलक्क हेर्दा जो–कोहीले प्रस्ट बुझिहाल्थे कि, त्यहाँ कुनै गीत अथवा चलचित्रको छायाँकन हुँदैछ ।

 

आखिर, वास्तविकता पनि त्यही थियो । शनिबारको दिन त्यहाँ चलचित्र दाल भात तरकारीमा समावेश ‘भिजिट भिसामा’ गीतको छायांकन भैरहेको थियो । निर्माण सम्पन्न भैसके पनि उद्घाटन भएर सुचारु भैनसकेको गणतन्त्र पार्कमा पहिलो पटक नेपाली चलचित्रको गीतको सुटिङ भएको हो । वैशाख १३ गते प्रदर्शनमा आउने यो चलचित्रमा समावेश गीत ‘भिजिट भिसामा’ हरिवंश आचार्यको शब्द तथा शम्भुजित बाँस्कोटाको संगीत छ । उक्त गीतको भिडियोमा चलचित्रका सबैजसो कलाकारलाई देख्न सकिन्छ, जसमा हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, राजाराम पौडेल आदि प्रमुख छन् । 

गीतको छायांकन स्थलमा कोरसहरूको भीडभाड पनि त्यत्तिकै थियो । उक्त गीतमा ९० जनाभन्दा बढी सहायक कलाकार प्रयोग गरिएको छ । कोरसको बीचमा उभिएका अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मा गीतको छायांकनका क्रममा निकै प्रफुल्लित देखिन्थे, साथै उत्साहित पनि । यस्तै उत्साहित थिए— राजाराम पौडेल, निरुता सिंह, हरिवंश आचार्य अनि वर्षा राउत । यही उत्साहका बीच शनिबारको सुटिङ सकियो । शनिबार बिहान करिब साढे ९ बजे सुरु भएको उक्त गीतको छायांकन साँझ पौन ५ बजेसम्म गरिएको थियो । त्यो दिन पनि गीतको छायांकन नसकिएपछि भोलिपल्ट आइतबारका लागि समय तय गर्दै सुटिङ युनिट बिदा भयो । चलचित्रमा समावेश गरिएको भिजिट भिसामा शीर्षकको यो गीत ४ मिनेट ३७ सेकेन्ड लामो छ । 

शनिबार भैरहेको गीतको छायाँकन स्थलमा कलाकार मदनकृष्ण श्रेष्ठ, दाल भात तरकारीका निर्देशक सुदन केसी, शिशिर भट्ट साथै बागबजारस्थित मोडल अस्पतालका चिकित्सकहरूको पनि उपस्थिति देखियो । उक्त गीतको छायांकन यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक दिन र हायात होटलमा एकदिन गरिएको थियो । 

चलचित्र दाल भात तरकारीमा तीनवटा गीत समावेश छन् । यतिबेला चलचित्र युनिट शिर्ष गीत दाल भात तरकारीको सुटिङका लागि पोखरामा छ । यो गीतमा पनि हरिवंशकै शब्द छ । उक्त गीतको भिडियोलाई प्रविण सिंहले निर्देशन गर्दैछन्, जसमा ७० जना कोरस प्रयोग गरिने चलचित्र दाल भात तरकारीका निर्माता किरण केसीले बताए । उक्त गीतको छायांकनपछि चलचित्र दाल भात तरकारीको सम्पूर्ण छायांकन सम्पन्न हुने केसीले जानकारी दिए । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik