साप्ताहिक संवाददाता
माघ १८, २०७५
अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’ को गीत सार्वजनिक भएको छ । शंकर घिमिरेले निर्देशन गरेको चलचित्रमा रञ्जित गजमेरको संगीत रहेको छ ।
चलचित्रमा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की लगायतको अभिनय छ । गीत साधना सरगम र कुमार कान्छाले गाएका छन् ।
त्यस्तै विशेष भूमिकामा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाड्करलाई पनि देख्न सकिन्छ ।
गीतको भिडियो :