• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
चलचित्र : घर 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चलचित्र : घर 
माघ २०, २०७५

घर हरर चलचित्र हो । यो चलचित्रको छायांकन एउटै घरमा गरिँदैछ, त्यो पनि रातको समयमा । कथाको मागअनुसार चलचित्रलाई एउटै घरमा रातको समयमा सुटिङ गर्नुपरेको निर्देशक थापा बताउँछन् । 

 

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–९ सुन्दरबस्तीमा अवस्थित भ्याली पब्लिक स्कुलअगाडिको चोकबाट दायाँतर्फको बाटो जाने क्रममा एउटा घर आइपुग्छ । ठूलो कम्पाउन्ड घेरिएको उक्त घरको संरचना राजधानीका अन्य घरको तुलनामा फरक देखिन्थ्यो । आइतबारको दिन घडीमा साँझको ५:३० बजेको थियो । उक्त घरअगाडि एउटा माइक्रो बस र मोटरसाइकल अनि स्कुटर रोकिएको थियो अनि भित्र मानिसहरूको भीडभाड थियो । 

त्यही भीडभाडका बीच नेपाली चलचित्रका केही कलाकारको पनि उपस्थित थियो, जसले गर्दा जो–कोहीलाई उक्त घरमा सुटिङ भैरहेको छ भन्ने अनुमान लगाउन खासै गाह्रो पर्ने अवस्था थिएन । उक्त घरमा चलचित्र ‘घर’ को छायांकन भैरहेको थियो जहाँ चलचित्रका निर्मातामध्येका एक दीपेन्द्र के खनाल, निर्देशक अर्पण थापा, छायाँकार नीरज कँडेल आदि गफिएर बसिरहेका थिए । यही क्रममा हामी उक्त घरको दोस्रो तलामा उक्लियौं । दोस्रो तलाको दायाँ कोठामा मेकअप आर्टिस्ट सिमा गुरुङले चलचित्रकी अभिनेत्री सुरक्षा पन्तको मेकअप गरिदिँदै थिइन् । यो चलचित्रमा बेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनाल तथा अर्पण थापाको मुख्य भूमिका छ । 

उक्त दिन बेनिशा र सुरक्षाको मात्र छायांकन हुँदै थियो, तर बेनिशा त्यतिबेलासम्म आइपुगेकी थिइनन् । यही क्रममा अर्पण मेकअप रुममा आए । सुटिङ सुरु भएको छैटौं दिन भएको थियो । अर्पणले करिव २५ दिनमा चलचित्रलाई प्याकअप गर्ने लक्ष्य राखेका छन् । छैटौं दिनसम्म आइपुग्दा चलचित्रको ३० प्रतिशत छायांकन सम्पन्न भएको थापाले जानकारी दिए । यो चलचित्रको ६९ वटा सिन खिचिसकिएको छ । एक दिनमा स–साना छन् भने ४/५ वटा सिन लिइन्छ । अर्पण भन्छन्, ‘यदि ठूलो सिन छ भने एउटै सिनका लागि रात जान्छ ।’ अर्पणसँग कुराकानी भैरहेको थियो यहिक्रममा ५:२६ जाँदा अभिनेत्री बेनिशा हमाल हेल्लो.... भन्दै मेकअप रूममा प्रवेश गरिन् । हमाल यो चलचित्रमा माया पात्रको भूमिका निर्वाह गर्दैछिन् । यही क्रममा सुरक्षाको मेकअप सकियो अनि बेनिशाको मेकअप सुरु भयो । 

घर हरर चलचित्र हो । यो चलचित्रको छायांकन एउटै घरमा गरिँदैछ, त्यो पनि रातको समयमा । कथाको मागअनुसार चलचित्रलाई एउटै घरमा रातको समयमा सुटिङ गर्नुपरेको निर्देशक थापा बताउँछन् । मेकअप सकिएपछि सुरक्षा चेन्जिङ रुममा ड्रेस चेन्जका लागि जान्छिन् । करिब १० मिनेटपछि सुरक्षा म्याक्सी र आउटर लगाएर निस्कन्छिन् । उता छायांकनको टिम लाइटिङ, क्यामेरा देखि सबै कुराको बन्दोबस्तमा जुटिरहेको थियो । यही क्रममा सबै तयार भएको सुचना टिमबाट आउँछ । त्यसपछि साँझ ६:३५ देखि चलचित्रको सुटिङ सुरु हुन्छ । सुरुमा सुरक्षाले अभिनय गरिन् । सुरक्षा एउटी श्रीमतीको भूमिकामा छिन् । पहिलो तलाको एउटा कोठाको खाट खाटमाथि यत्रतत्र छरिएका कपडा अनि छेउमा २ वटा ल्याम्प राखिएको थियो । सुरक्षाले कथाअनुसार अभिनय सुरु गरिन् । 

करिब ७ टेकमा एउटा सिन ओके भयो । त्यो नै छैटौं दिनको पहिलो सिन थियो । त्यही बेला टिमका एक सदस्यले काँचो नरिवल फुटाएर क्यामेरामा नरिवलको जल चढाए अनि सबैलाई प्रसादस्वरुप बाँडे । सुटिङ चलिरहेकै थियो । उता बेनिशा मेकअपमा व्यस्त थिइन् । बेनिशा र सुरक्षा दुवैका लागि यो फरक धारको चलचित्र हो, तैपनि एकदमै रमाइलोसँग काम गरिरहेको बेनिशाले बताइन् । यो चलचित्रमा मैले अहिलेसम्म नगरेको भूमिका निर्वाह गरिरहेकी छु, बेनिशा भन्छिन्– त्यसैले बिल्कुलै फरक अनुभव भैरहेको छ । यस्तै, सुरक्षाका लागि पनि यो फरक किसिमको चलचित्र हो । त्यसैले फरक अनुभव भैरहेको सुरक्षा बताउँछिन् । पन्त भन्छिन्– अहिलेसम्म गरेका चलचित्रमा प्रस्तुतिमा मात्र ध्यान दिइन्थ्यो, तर यो चलचित्रमा आफ्नो प्रस्तूतिसँगै टेक्निकल कुरालाई पनि ध्यानमा राखेर अभिनय गर्नुपर्छ ।

रात छिप्पिँदै थियो । सुटिङको काम पनि अघि बढिरहेको थियो । यही क्रममा राति करिव ११:३० बजे खाना खाने समय भयो । सबैले खाना खाइसकेको एकछिनपछि फेरि सुटिङ सुरु भयो । रातको समय भए पनि सुटिङ युनिट निकै सक्रिय थियो । अर्पण रमाइलो गर्दै चलचित्र निर्देशन गरिरहेका थिए । दीपेन्द्र के खनाल पनि रातभरि सुटिङ युनिटमै जागा थिए । बेनिशा र सुरक्षाको सुटिङ भैरहेको थियो । रातीको समय भएकाले दुवै जनाको आँखा लोलाउन थालिसकेका थिए । तैपनि उनीहरूको अभिनयमा भने निन्द्राले कुनै प्रभाव पारेको थिएन । यही क्रममा सुरक्षाले अभिनय गर्ने पालो आयो । त्यसपछि बेनिशा सुटुक्क सुटिङ रुमबाट निस्किइन् । 

उनी माथिल्लो तलामा पुगेर केही समय आराम गरेपछि सुटिङ रुममा आइपुगिन्, जति बेला रातको २ बजिसकेको थियो । यही क्रममा बेनिशाको काम सुरु भयो अनि बेनिशाकै शैलीमा सुरक्षा माथिल्लो तलामा उक्लिइन् । अर्पण चलचित्र निर्देशनमा तल्लीन थिए । बिस्तारै रातले कोल्टो फेर्दै थियो । बिहानको करिब ४ बजे रातभरि काममा खटेका टेक्निसियनदेखि सुटिङ युनिटका सबै थकित मुद्रामा देखिन्थे । यससँगै सुटिङ चल्दै गयो । आइतबार साँझ ६:३५ बजे सुरु भएको सुटिङ सोमबार बिहान ६:३० बजेसम्म चल्यो । यससँगै आइतबारको सुटिङ सकिएको निर्देशक थापाले जानकारी दिए भने सोमबार बेलुकाको योजना बनाएर सुटिङ युनिट त्यहाँबाट बिदा भयो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik