साप्ताहिक संवाददाता
कहि समय अघि गाजलु निर्माता रोहित अधिकारी र दीपकराज गिरीबीच चलचित्र बनाउने सम्झौता भएको थियो । निर्देशक समेत पक्का भैसकेको उक्त चलचित्रको नाम पनि सार्वजनिक भएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ ।
चलचित्र विकास बोर्डमा नाम दर्ता गराए लगत्तै उनीहरुले चलचित्रको नाम सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । चलचित्र ‘छ माया छपक्कै’ आगामी बैशाखबाट छायांकनमा जाने बताईएको छ ।
चलचित्र ‘छ माया छपक्कै’लाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रका लागि अहिलेसम्म कलाकारको रुपमा कलाकार दिपकराज गिरी र केदार घिमिरे मात्र फाइनल गरिएको छ । यो चलचित्रमा एक मात्रै अभिनेत्री रहने बताइएको छ । तर, कुन अभिनेत्रीले यो चलचित्रमा अभिनय गर्ने हुन त्यो भने सार्वजनिक गरिएको छैन् ।
यो चलचित्रमा रोहित अधिकारीले मात्र लगानी गर्नेछन् । तर, नाफाको ५० प्रतिशत भने दिपकराज गिरी र उनको टिमलाई जाने बताइएको छ । यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुनेछ ।