साप्ताहिक संवाददाता
चैत्र २९, २०७५
स्वस्थ जीवनका लागि निद्रा निकै महत्वपूर्ण मानिन्छ । त्यसमा पनि हरेक मानिसको आ–आफ्नै सुत्ने तरिका हुन्छ । यो नितान्त निजी कुरा हो ।
फुर्सद कटाउन कतिपयले साथीहरूसँग हरेक कुराकानी गर्छन् । यसैक्रममा एकदिन अभिनेत्री बेनिशा हमालले आफ्नो सुताइको तौरतरिकाका सम्बन्धमा साथीहरूलाई जानकारी दिइन् ।
बेनिशाको बायाँ फर्केर सुत्ने बानी छ । बेनिशाका अनुसार बायाँ फर्केर सुत्दा मीठो निन्द्रा लाग्ने भएकाले उनी सानैदेखि बायाँ फर्केर सुत्छिन् ।