• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
वर्षका सफल व्यवसायिक चलचित्र 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वर्षका सफल व्यवसायिक चलचित्र 
चैत्र ३०, २०७५

 

छक्का पञ्जा–३

यो वर्ष प्रदर्शित ९३ वटा चलचित्रमध्ये छक्कापञ्जा–३ ब्लकबस्टर हुन सफल भएको छ । दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा–३’ ले सर्वाधिक १६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । दीपाश्री निरौलाद्वारा निर्देशित उक्त चलचित्रमा अभिनेत्री दीपिका प्रसाईंको अभिनयले धेरैलाई प्रभावित बनायो । चलचित्रको सांगीतिक पक्ष पनि बेजोड रह्यो भने कलाकारहरूको अभिनयलाई दर्शकले मन पराए । सन्देशमूलक चलचित्र छक्कापञ्जा–३ मा दीपिकासहित दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नीर शाह आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको पहिलो नम्बरमा तथा पछि उमेर ढल्किन्छ गीत लोकप्रिय रहे । 

नाइँ नभन्नु ल–५

भदौ ८ गते प्रदर्शनमा आएको विकास राज आचार्यको चलचित्र ‘नाइँ नभन्नु ल–५’ ले पनि व्यवसायिक सफलता हासिल गर्‍यो । नेपालभित्रै लगानी सुरक्षित गरेर मुनाफा आर्जन गर्न सफल यो चलचित्रमा दिलीप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल आदिले अभिनय गरेका छन् । 

जय भोले 

दसैंको फूलपातीका दिन प्रदर्शित अशोक शर्माको चलचित्र ‘जय भोले’ पनि मुनाफा कमाउन सफल चलचित्र हो । यो चलचित्रलाई छक्कापञ्जा–३ सँग तुलना समेत गरियो । छक्कापञ्जाभन्दा करिब एक सातापछि प्रदर्शनमा आएको यो चलचिक्रले आत्रामक व्यापार गर्न नसके पनि यसले निर्मातालाई निराश बनाएन । चलचित्रले पहिलो साता करिब ३ करोड रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक भएको थियो । चलचित्र जयभोलेमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल आदिले अभिनय गरका छन् । 

क्याप्टेन

फागुनमा प्रदर्शित चलचित्र ‘क्याप्टेन’ लाई पनि व्यवसायिक रूपमा सफल मानिएको छ । दीवाकर भट्टराईद्वारा निर्देशित उक्त चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् । फुटबल खेलमा आधारित चलचित्र क्याप्टेनमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले नेपालबाटै लगानी सुरक्षित गरेको दावी गरिएको छ । यतिबेला भुवन तथा अनमोल उक्त चलचित्रलाई विदेशमा प्रदर्शन गराइरहेका छन् । 

साइँली

चैत १५ गते प्रदर्शनमा आएको चलचित्र ‘साइँली’ पनि व्यवसायिक रूपमा सफल मानिएको छ । रामबाबु गुरुङद्वारा निर्देशित यो चलचित्रमा दयाहाङ राई, मेनुका प्रधान, गौरव पहारी आदि कलाकारले अभिनय गरेका छन् । वैदेशिक रोजगारीको बाध्यतामा आधारित यो चलचित्रमा नेपालको ग्रामीण जनजीवनको चित्रण छ । चलचित्रले दोस्रो साता पनि सिनेमा हलमा दर्शकहरूलाई आकर्षित गरिरहेकाले यसले नेपालबाटै लगानी सुरक्षित गर्ने सम्भावना छ । 

बोबी 

मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘बोबी’ अहिले निर्माण भैरहेका नेपाली चलचित्रभन्दा पृथक् भएकै कारण दर्शकले मन पराए । नर्वेमा बसोबास गरिरहेको एक जोडी नेपालीको वास्तविक जीवन कथा समेटिएको यो चलचित्रमा तीनै वास्तविक जोडी उमेश थापा तथा कविता गुरुङले अभिनय गरेका छन् । यो चलचित्रको संगीतसमेत उक्तिकै सशत्त रह्यो । चलचित्र बोबीले नेपालमा मात्र होइन, विदेशमा बसोबास गर्ने नेपालीहरूको मन समेत जित्यो । 

प्रसाद

दिनेश राउतद्वारा निर्देशित चलचित्र ‘प्रसाद’ पनि व्यवसायिक रूपमा सफल रह्यो । चलचित्रको विषयवस्तुलाई दर्शकहरूले नौलो माने । सञ्चारकर्मी सुशील पौडेलको लेखनको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेतको अभिनयलाई दर्शकहरूले मन पराए । पृथक् शैलीको कथा भएकाले पनि चलचित्रले दर्शकलाई आकर्षित गरेको हो । 

इन्टु मिन्टु लन्डनमा 

कोरियोग्राफर रिनाशा बान्तवा राईले पहिलो पटक निर्देशन गरेको चलचित्र हो— इन्टु मिन्टु लन्डनमा । अधिकांश छायांकन लन्डनमै गरिएको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह तथा धीरज मगरले मुख्य भूमिका निर्वाह गरेका छन् । आकर्षक प्रस्तुतीकरण तथा कर्णप्रिय गीत–संगीतका कारण पनि यो चलचित्रलाई दर्शकले मन पराएका हुन् ।

 राम कहानी 

सुदर्शन थापाद्वारा निर्देशित चलचित्र राम कहानी व्यवसायिक रूपमा सफल भयो । प्रेमकथामा आधारित यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् । सांगीतिक पक्षसमेत सबल रहेको यो चलचित्रले लगानी सुरक्षित मात्र गरेन, निर्मातालाई मुनाफासमेत दिलायो ।

 लभ स्टेसन

चैतको अन्तिम साता प्रदर्शनमा आएको चलचित्र लभ स्टेसन पनि व्यवसायिक रूपमा सफल मानिएको छ । चलचित्रले अघिल्लो तीन दिनमा करिब २ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता गोविन्द शाहीको दाबी छ । उज्वल घिमिरेद्वारा निर्देशित यो चलचित्रलाई केही विदेशी चलचित्रको नक्कलको आरोपसमेत लाग्यो । यद्यपि, प्रदीप खड्का र जस्सीता गुरुङको राम्रो फ्यान फलोइङका कारण चलचित्र लभ स्टेसन दर्शकहरूलाई आकर्षित गर्न सफल भयो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik