साप्ताहिक संवाददाता
जेष्ठ १, २०७६
मिस नेपाल–२०१७ हुन्– निकिता चाण्डक । चलचित्रमा अभिनेत्रीका रूपमा पदार्पण गरिरहेकी यी सुन्दरीको पहिलो चलचित्र रानीमहलको निर्माण छायांकनको त्रममै रोकियो । यतिबेला उनी दोस्रो चलचित्र ‘साङ्लो’ मा अनुबन्ध भएकी छिन् ।
विराज भट्टसँग अनस्क्रिन रोमान्स गर्दै उनी यही सातादेखि छायांकनमा सक्रिय हुँदैछिन् । साङ्लोलाई आफ्नो डेब्यू चलचित्रका रूपमा लिएको उनको भनाइ छ । नीकिताले यो चलचित्रको स्त्रिप्ट मन परेकाले अभिनयका लागि तयार भएको बताइन् ।
‘पहिले मैले यो चलचित्रमा काम नगर्ने बताएकी थिएँ, निकिताको भनाइ छ– ‘तर जब विराज भट्टको मुखबाट चलचित्रको पूरै स्क्रिप्ट सुनें, मैले आफूलाई सम्हाल्नै सकिन, आँखाबाट आँशुका धारा बग्न थाले ।’ चलचित्रमा आफूले निर्वाह गर्नुपर्ने भूमिका र कथा मन परेको उनको भनाइ छ ।