साप्ताहिक संवाददाता
असार १, २०७६
अभिनेत्री बेनिशा हमालले भूतका रूपमा अभिनय गरेको चलचित्र ‘घर’ को पहिलो ट्रेलर हालै सार्वजनिक भएको छ । अर्पण थापाद्वारा निर्देशित उक्त चलचित्रमा बेनिशाले भूतको भूमिका निर्वाह गरेको ट्रेलरबाटै अनुमान लगाउन सकिन्छ ।
हरर चलचित्र भएपछि कुनै एक कलाकारले भूतको भूमिका निर्वाह गर्नु ठूलो कुरा पनि होइन । रोचक कुरा चाहिँ के छ भने हालसम्म शालिन छवि बनाएकी अभिनेत्री हमालले यो चलचित्रमा सेन्सर बोर्डको आँखा पर्ने शैलीको बेड सिन दिएकी छिन् ।
चलचित्रको ट्रेलरमा केही सेकेन्डका लागि मात्र देखिने उक्त दृश्यमा बेनिशाले चलचित्रका अभिनेता–निर्देशक थापासँगै उक्त दृश्य दिएको बताइन्छ । चलचित्र प्रदर्शन हुनुअघि सेन्सर गर्ने क्रममा बोर्डका पदाधिकारीले चाहिँ उक्त दृश्यप्रति बेवास्ता गर्छन् कि कैंची चलाउँछन्, हेर्न बाँकी नै छ ।