साप्ताहिक संवाददाता
बैशाख ४ गते बुधवार प्रदर्शन हुन लागेको बलिउड चलचित्र ‘कलंक’ प्रदर्शनमा बिकास वोर्डका अध्यक्षले केशव भट्टराइले रोकिदिए । भट्टराई माथि चौतर्फी चर्चासँगै चुनौती थपियो । अबका चलचित्र पनि रोकिन्छन् त ? धेरैको प्रश्न थियो । केहि हप्ताअघि सलमान खानको भारत प्रदर्शनको समय बुधवारै थियो, तर यो चलचित्र चल्यो । वोर्ड अध्यक्षले रोक्न सकेनन् ।
जिल्ला अदालतमा परेको मुद्धाकै पक्षमा अदालतले बुधवारनै उक्त चलचित्र प्रदर्शन गर्न आदेश दियो । यो चलचित्र प्रदर्शन भएपछि एकाएक भट्टराईको आलोचना भयो ।
चलचित्र प्रदर्शन भएपछि वोर्डले अदालतमा स्पष्टिकरण दियो, सोहि आधारमा काठमाडौँ जिल्ला अदालतले उक्त स्टे अर्डर खारेज गरिदिएको छ । भारत रिलिज गर्न स्टे अर्डर दिएको अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतीका मुद्धाहरु अबदेखि अदालतमा नजाने बोर्डले जनाएको छ ।
शुरुमा ब्याङ्केट्स ईन्टरटेन्मेन्टले आफ्नो स्वार्थका आधारमा एक पक्षिय तरिकाले काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाति राख्दै स्टे अर्डर दिएको थियो ।
वोर्डका अनुसार अब बलिउड र हलिउडका चलचित्रले समेत शुक्रवार मात्रै चलचित्र प्रदर्शन गर्न पाउनेछन् ।