साप्ताहिक संवाददाता
असार ४, २०७६
काठमाडौं
२ बर्ष अघि प्रदर्शन भएको चलचित्र ‘लप्पन छप्पन’ को दोस्रो सिरिजको शुभ–मुर्हूत गरिएको छ । बुधबार काठमाण्डौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन २’ को मुहर्त गरिएको हो ।
मुकुन्द भट्टले निर्देशन गर्ने चलचित्र आगामी असार ११ देखि फ्लोरमा जानेछ ।
शुभ–मुर्हुतमा कार्यक्रममा निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, पुरुषोत्तम प्रधानलगायत उपस्थित थिए । नेपाल, अस्ट्रेलिया र युरोपमा छायाँकन हुने चलचित्रमा दयाहाङ राई र सौगात मल्ल, देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको पनि अभिनय रहनेछ ।
एक्सन जनरामा निर्माण हुने ‘लप्पन छप्पन २’ महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शन गरिने निर्माण टिमले जानकारी गराएको छ ।