• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
मारुनी : पृथक् कथामा राम्रो प्रस्तुति
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मारुनी : पृथक् कथामा राम्रो प्रस्तुति
भाद्र २०, २०७६

मारुनी एउटा परम्परागत नृत्यको स्वरूप हो । नेपालमा मारुनी नाच विभिन्न चाडपर्वको अवसर पारेर लामो समयदेखि नाचिदै आएको छ । कलिला किशोरहरूलाई किशोरीका पहिरन लगाएर मारुनी बनाई मादलको तालमा पौराणिक कथामा आधारित गीतहरूमा नाचिने नृत्यलाई नै मारुनी नाच भनिन्छ । मगर, गुरुङ, तामाङ, लिम्बु, कुमाल जातिमा विशेष महत्व राख्ने यो नाच प्रायः दसैं–तिहारताका नाचिन्छ । 

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ को शीर्षकमा मात्र ध्यान दिने हो भने यो चलचित्र नृत्यमा आधारित भएको अनुमान गर्न सकिन्छ । यद्यपि, चलचित्रका निर्देशक नवल नेपालले ‘मारुनी’ मा नृत्य त के, शब्दको समेत उच्चारण गराएका छैनन् । त्यसो भए चलचित्रको शीर्षक मारुनी किन राखियो त ? किशोरलाई किशोरीका परिहन लगाइदिएर नचाइने नाच मारुनी भए जस्तै यो चलचित्रमा एकजना त्यस्ता पात्र छन्, जो जन्मिँदा बालक थिए । युवावस्थासम्म पनि उनी पुरुष नै थिए, तर समय र परिस्थितिले उनलाई कसरी महिला बनाउँछ भन्ने कुरामा चलचित्र मारुनी केन्द्रित छ । चलचित्रमा मारुनी शब्दलाई परिभाषित गर्न भने निर्देशक चुकेका देखिन्छन्, मारुनीलाई उनले बिम्बका रूपमा मात्र प्रस्तुत गरेका छन् । 

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा दुई युवकको मित्रताबाट प्रारम्भ हुन्छ । धनाढ्य परिवारका राज (आयुष प्रधान) आफ्ना साथी यश (पुष्प खड्का) भने पछि हुरुक्कै हुन्छन् । उनीहरू ६ वर्षको उमेरदेखिकै साथी हुन् । सानैदेखि राजले यशलाई सहयोग, माया एवं केयर गर्दै आएका छन् । अर्को शब्दमा भन्नुपर्दा राज यशलाई आफ्नै परिवारको सदस्यभन्दा बढी माया गर्छन् तर, कलेज पुगेपछि उनीहरूको मित्रताको बीचमा मधु (रेबिका गुरुङ) को आगमन हुन्छ । यश र राजले मधुलाई पनि आफ्नै समुहमा सहभागि गराउँछन्, मधु भने यशप्रति अति नै आकर्षित हुन्छिन् । मधुले यशलाई मन पराएको राजलाई मन पर्दैन । 

आफूहरूबीचको मित्रता एउटी युवतीका कारण नटुटोस् भन्ने उनको चाहना हुन्छ । मधुको बर्थडे पार्टिमा भएको सानो असमझदारीपछि राज गायब हुन्छन् । उनी कहाँ जान्छन्, के गर्छन् सबै अन्यौलमा छन् । त्यसको केही वर्षपछि यश इन्टेरियर डिजाइन गर्ने कम्पनीको मालिक भैसकेका हुन्छन्, तर उनको व्यवसाय बिग्रिरहेको हुन्छ । त्यही बेला यशको कम्पनी तथा जीवनमा एउटी सुन्दर युवती सुमन (साम्राज्ञी राज्यलक्ष्मी शाह) को आगमन हुन्छ । पहिलो भेटदेखि नै सुमन यशलाई मन पराउन थाल्छिन् । यशले मधुसँग वैवाहिक जीवन प्रारम्भ गरिसकेको थाहा पाएपछि भने सुमन उग्र हुन्छिन् । मधु गर्भवती भएको थाहा पाएपछि सुमनले आत्महत्याको प्रयास गर्छिन् । आत्महत्याको प्रयासकै क्रममा दर्शकले मधुको वास्तविकता थाहा पाउँछन् । 

के सुमनले आत्महत्या गरेर आफ्नो जीवन सिध्याउँछिन् ? के दुई वर्षअघि हराएका राज नै सुमन हुन् ? यदि हुन भने बाल्यकालदेखि नै बालिका जस्तो व्यवहार देखाउने राज कसरी सुमन बने ? यी सबै कुरालाई चलचित्रको उत्तरार्द्धमा निकै रोचक शैलीमा प्रस्तुत गरिएको छ । 

सोझै भन्ने हो भने यो चलचित्रले तेस्रो लिंगीको कथालाई समेटेको छ । सानैदेखि बालिका झैं सिंगारिन मन पराउने, विद्यालयमा समेत बालिकाकै भेषमा नृत्य गर्ने, ठूलो भएपछि ब्यागमा महिलाका भित्री वस्त्र राख्ने, महिलाहरूले प्रयोग गर्ने परफ्यूम प्रयोग गर्ने राज शारीरिक रूपमा पुरुष भए पनि उनको हृदय भने महिलाको छ । कथाको यही नयाँपनलाई दर्शकले मन पराएका छन् । 

यसअघिका केही चलचित्रमा तेस्रो लिंगीलाई हाँसो र ठट्टाको पात्र बनाइए पनि मारुनीमा निर्देशक नेपालले उनीहरूको भावना एवं पीडालाई गम्भीर रूपमा चित्रण गरेका छन्, उनीहरूलाई सम्मान गरेका छन् । निर्देशकले उनीहरूका भावना, व्यवहार एवं भोगाइको सूक्ष्म अध्ययन गरेर चलचित्रमा समावेश गरेको अनुमान गर्न सकिन्छ । मध्यान्तरअघिका केही दृश्रू आवश्यकताभन्दा बढी लामा लागे पनि मध्यान्तरपछि भने चलचित्रले गति लिएको छ । 

अभिनयका दृष्टिकोणले पुष्प खड्का औसत छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विगतका चलचित्रको तुलनामा बढी मेहनत गरेकी छिन् । नयाँ अनुहारहरू आयुष प्रधान र रेबिका गुरुङले राम्रो सम्भावना देखाएका छन् । 

यसबीच, निर्मात्री पूनम गौतमले बुधवार साँझसम्ममा चलचित्रले १ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको बताएकी छिन् । तीजको अवसर पारेर प्रदर्शन गरिएकाले चलचित्रले अझ बढी व्यवसाय गर्ने अपेक्षा गरिएको थियो, तर बलिउडको ठूलो बजेटको चलचित्र साहोले अधिकांश सिनेमा हल कब्जा गरेपछि मारुनीमाथि त्यसको नकारात्मक प्रभाव परेको छ । यो चलचित्रमा १ करोड ७० लाख रुपैयाँ लगानी भएको बताइन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik