• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
राष्ट्रिय चलचित्र दिवस मनाईंदै
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

राष्ट्रिय चलचित्र दिवस मनाईंदै
आश्विन १, २०७६

आज असोज १ गते नेपालका चलचित्रकर्मीहरूले ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउँदैछन् । नेपाल चलचित्र विकास बोर्डको पहलमा २०६८ साल असोज १ गतेबाट मनाउन थालिएको यो दिवसले त्यसयताका प्रत्येक असोज १ मा निरन्तरता पाइरहेको छ । बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीको नेतृत्वले नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को २०२२ असोज २२ गते रिलिज मितिको सन्दर्भलाई जोड्दै असोज १ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउन सुरु गरेको थियो । 

वि.सं. २००७ सालमा डीबी परियारको निर्देशनमा चलचित्र ‘सत्य हरिश्चन्द्र’ निर्माण भएको थियो । भारतको कलकत्तामा यो चलचित्र निर्माण भए पनि नेपालमै निर्माण भएको चलचित्र ‘आमा’लाई नेपालको पहिलो चलचित्र मानिदै आएको छ । 

माइलस्टोन चलचित्र

आमा

नेपाली चलचित्र ‘आमा’लाई नेपालमा निर्माण भएको पहिलो चलचित्र मानिन्छ । हिरासिंह खत्रीले निर्देशन गरेको चलचित्रमा शिवशंकर, भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिरासिंह खत्री र हरिप्रसाद रिमालले अभिनय गरेका थिए । 

कुमारी

चलचित्र ‘कुमारी’ नेपालमा निर्माण भएको पहिलो रंगीन चलचित्र हो । प्रेमबहादुर बस्नेतको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विश्व बस्नेत, चैत्यदेवी सिंहलगायतको अभिनय थियो ।

कुसुमे रुमाल

सन् १९८५ मा निर्माण भएको यो चलचित्रले चलचित्र घरमा रजत जयन्ती मनाएको थियो । रजत जयन्ती भन्नाले चलचित्र प्रदर्शनको सय दिनलाई मानिन्छ । तुलसी घिमिरेको निर्देशन, उद्धव पौड्याल प्रस्तुतकर्ता र सुमित्रा पौडेल निर्माता रहेको यो चलचित्रमार्फत गायक उदितनारायण झाले अभिनयमा ‘डेब्यू’ गरेका थिए । नेपाली चलचित्रको इतिहासमा यो चलचित्रलाई पहिलो ब्लकब्लस्टर चलचित्र मानिन्छ । चलचित्रमा भुवन केसी, तृप्ति नाडकरको पनि अभिनय थियो ।

युगदेखि युगसम्म

सन् १९८८ मा बनेको यो चलचित्रमार्फत निर्माता छविराज ओझाले निर्माणमा, अभिनेता राजेश हमालले अभिनयमा, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले द्वन्द्वमा ‘डेब्यू’ गरेका हुन् । दीपक रायमाझीले निर्देशन गरेको यो चलचित्रलाई नेपालकै पहिलो व्यावसायिक चलचित्रमा मानिन्छ । चलचित्रमा कृष्टि मैनाली, सुशिला रायमाझी, टिका पहाडी, गोपालराज मैनालीलगायतले अभिनय गरेका थिए । 

राँको

किशोर रानाको निर्देशन रहेको यो चलचित्रलाई नेपालको पहिलो सिनेमास्कोप चलचित्र मानिन्छ । २०५० सालमा प्रदर्शनमा आएको चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, विजय लामा, गौरी मल्ल, कृष्टि मैनाली, मिथिला शर्मा, सुनिल थापालगायतका कलाकारको अभिनय थियो ।

दर्पणछायाँ

सन् २००१ मा निर्माण भएको चलचित्र ‘दर्पणछायाँ’लाई पनि माइलस्टोन चलचित्र मानिन्छ । त्रिकोणात्मक प्रेमकथाको यो चलचित्रमा तुलसी घिमिरेको निर्देशन र श्रवण घिमिरेको निर्माण छ । दिलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंहको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्रले तुलसीले नै निर्देशन गरेको ‘कुसुमेरुमाल’को बक्स अफिस कलेक्सनको रेकर्ड तोडेको थियो । त्यो बेला झन्डै ७ करोड बढी ग्रस कलेक्सन गरेको यो चलचित्रले उक्त समयमा सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड राखेको थियो ।

कागबेनी

सन् २००८ मा बनेको यो चलचित्रलाई नेपालको पहिलो डिजिटल चलचित्र मानिन्छ । सञ्चारकर्मी भुषण दाहालको डेब्यू निर्देशन रहेको चलचित्रमा निमा रुम्बा, सौगात मल्ल, दिया मास्केलगायतका कलाकारको अभिनय छ । मुस्ताङको सेरोफेरोमा छायांकन गरेको यो चलचित्र पछि मात्र नेपालमा डिजिटल फम्र्याटमा चलचित्र निर्माणको क्रम बढेको हो । अमेरिकन कम्पनी सिलिकन इमेजिङबाट उच्च गुणस्तरीय डिजिटल क्यामरा ल्याई यो चलचित्र निर्माण गरिएको थियो ।

लुट

बनिरहेका चलचित्रको व्यापार अत्यन्त निराशाजनक रहेको अवस्थामा निर्माण भएको यो चलचित्रले चलचित्र क्षेत्रमा एउटा तरंग नै ल्याईदियो । माधव वाग्ले र नरेन्द्र महर्जनको जोडीले सन् २०१२ मा निर्माण गरेको यो चलचित्रमा निश्चल बस्नेतको ‘डेब्यू’ निर्देशन थियो । सौगात मल्ल, दयाहाङ राई, कर्मा, सुशील पाण्डे, प्रतिकराज न्यौपाने, सिर्जना सुब्बा, ऋचा शर्मा र प्रविण खतिवडाको अभिनय रहेको चलचित्रले शुरुवाती साता उत्साहजनक व्यापार नगरे पनि दोस्रो सातापछि भने यसले आक्रामक व्यापार गरेको थियो । व्यापारको आकडामा यो चलचित्रले ‘दर्पण छायाँ’ को रेकर्डलाई तोडेको थियो ।

भिजिलान्ते

सन् २०१३ मा निर्माण भएको थ्रिलर चलचित्र ‘भिजिलान्ते’ले नेपाली चलचित्रको इतिहासमै पहिलोपटक ‘थ्रीडी’ फम्र्याटलाई अंगाल्यो । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान र शिखा शाहीको अभिनय थियो ।

कोहिनूर

अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कोहिनूर’ले व्यापारको तथ्यांकमा नयाँ रेकर्ड नै कायम गर्‍यो । जसै चलचित्र रिलिज भयो, चलचित्रका प्रमुख कलाकार श्रीकृष्णको पनि निधन हुन पुग्यो । संयोग कस्तो रह्यो भने, रिलिजको दुई दिन उत्साहजनक व्यापार गर्न नसकेको यो चलचित्रले श्रीकृष्णको निधन पछि भने आक्रामक नै व्यापार गर्‍यो । आकाश अधिकारीको निर्देशन रहेको चलचित्रमा श्रीकृष्णसँगै स्वेता खड्का, रमेश अधिकारी, मिथिला शर्मा, सम्राट सापकोटालगायतका कलाकारले अभिनय थियो ।

छक्का पन्जा सिरिज

टेलिभिजनमा टेलिशृंखलामार्फत दर्शकलाई हसाइरहेका कमेडियनको समूहले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा’का तीन संस्करण नेपाली चलचित्र क्षेत्रमा एउटा माइलस्टोन नै मानिन्छ । कमेडी र सस्पेन्स कथालाई प्रस्तुत गरेर अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्रले समीक्षात्मक भन्दा पनि व्यापारिक हिसाबले कलेक्सनको रेकर्ड नै तोडेको थियो । यो चलचित्रको तीन सिरिज नै निर्देशन गरेर कलाकार तथा निर्देशक दीपाश्री निरौलाले एउटा नयाँ रेकर्ड बनाइन् ।

जालो

२०७४ सालमा रिलिज भएको चलचित्र ‘जालो’ एकै सटमा खिचिएको पहिलो चलचित्र हो । अराज केशवले निर्देशन गरेको यो चलचित्रमा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराज प्रधान, मुना गौचन, निर शाह, लक्ष्मी गिरीको अभिनय थियो । निर्माण पक्षले यो चलचित्रलाई एकै सटमा खिचिएको सम्भवत संसारकै पहिलो चलचित्र भनी दाबी गरेका छन् । यसको दोस्रो सिरिज ‘जालो रिटर्नस्’ पनि निर्माण गरिएको थियो ।

नेपाली चलचित्रमा पहिलो

शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र ‘मनको बाँध’ हो । नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र ’सिन्दुर’ हो। यसका निर्देशक प्रकाश थापा हुन् । नेपालमै पोस्टर छापिएको पहिलो नेपाली चलचित्र ‘चोखोमाया’ हो । यसका निर्देशक रविविक्रम शाह हुन् । नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र ‘प्रतिक्षा’ हो । यसका निर्देशक राजविक्रम शाह हुन् । नेपालमै प्रशोधन भएको पहिलो नेपाली चलचित्र ‘रक्षा’ हो । यसका निर्माता र निर्देशक प्रेम बानियाँ हुन् । काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र ‘सिन्दुर’ हो । यसका निर्देशक प्रकाश थापा हुन् । 

नेपाल भाषा (नेवार जातिको भाषा)मा बनेको पहिलो चलचित्र ‘सिलु’ हो । यसका निर्देशक प्रदीप रिमाल हुन् । पहिलो नेपाली गीति–चलचित्र ‘गौथली’ हो । यसका निर्देशक वसन्त श्रेष्ठ हुन् । पहिलो नेपाली महिला निर्देशक सुचिता श्रेष्ठले निर्देशन गरको चलचित्र ’प्रेमयुद्ध’ हो । बाादरको अभिनय रहेको पहिलो चलचित्र ‘गोपीकृष्ण’ हो । यसका निर्देशक उद्धव पौडेल हुन् । कुकुरको अभिनय रहेको पहिलो चलचित्र ‘भाउजू’ हो । यसका निर्देशक राजेन्ऽ शलभ हुन् । हात्तीले अभिनय गरेको पहिलो चलचित्र ‘माउते दाई’ हो । यस चलचित्रका निर्देशक युवराज लामा हुन् । बालकृष्ण समको कृतिमा आधारित पहिलो ऐतिहासिक चलचित्र ’प्रेमपिण्ड’ हो । यसका निर्देशक यादव खरेल हुन् । पहिलो नेपाली गीति–चलचित्र ‘गौथली’ हो । यसका निर्देशक वसन्त श्रेष्ठ हुन् । आदिकवि भानुभक्तको जीवनीमा आधारित पहिलो नेपाली गीति चलचित्र ‘आदिकवि भानुभक्त’ हो । यसका निर्देशक यादव खरेल हुन् ।

लिम्बु संस्कृतिमा आधारित पहिलो चलचित्र ‘नुमाफुङ हो । यसका निर्देशक नविन सुब्बा हुन् । हाँस्य अभिनेताको दोहोरो भूमिका भएको पहिलो चलचित्र ‘जीवन रेखा’ हो । यो चलचित्रमा हास्य कलाकार गोपालराज मैनाली दोहोरो भूमिकामा थिए । नेपालमै बनेको पहिलो पौराणिक चलचित्र ‘श्री स्वस्थानी’ हो । यसको निर्देशन यादव खरेलले गरेका हुन् । 

अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र ‘गोपी कृष्ण’ हो । यसमा राजेश हमाल नायक थिए । निजी क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ हो । चलचित्रका निर्देशक बीएस थापा हुन् । नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार शान्ति ठटाल हुन् । उनले चलचित्र ‘परालको आगो’मा संगीत दिएकी थिइन् । नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला नृत्य निर्देशक शान्ता नेपाली हुन् । उनले चलचित्र ‘बासुरी’मा नृत्य निर्देशन गरेकी थिइन् । नेपालको महिलो महिला छायाकार सवनम मुखिया हुन् । नेपालमा स्थापना भएको पहिलो चलचित्र हल जनसेवा हल, विशालबजार हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik