
साप्ताहिक संवाददाता

सुशील श्रेष्ठ स्टारर चलचित्र ‘बादशाह जुट’को प्रदर्शन मिति पुनः परिवर्तन भएको छ । कार्तिक १ मा रिलिज हुने भनिएको यो चलचित्र दुई साता पछाडी धकेलिएको छ । अब यो चलचित्र आगामी कार्तिक १५ मा प्रदर्शन हुनेछ ।
जोनी सिंह राणा निर्देशित ‘बादशाह जुट’मा सुशीलसँगै रोबिन तामाङ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।
अभिषेक शशि कुमारले लेखेको सिनेमामा कृष्ण भारद्वाजरकोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको द्धन्द्व निर्देशन, राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।
एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको चलचित्रमा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठले लगानी गरेका छन् ।