
साप्ताहिक संवाददाता

गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको स्वरमा तयार भएको तामाङ सेलो ‘सोल्टिनी मैच्याङ’ ले युट्युबमा कीर्तिमान कायम गरेको दाबी गरिएको छ । गायिका बोम्जनका अनुसार राहुल बराइलीद्वारा निर्देशित उक्त गीतको भिडियो तामाङ सेलोको इतिहासमा सर्वाधिक हेरिएको भिडियो सावित भएको छ ।
अभिनेत्री मरिष्का पोखरेल, कलाकार जयनन्द लामा, अभिनेता रेशम फिरीरीसहितका कलाकारहरुले अभिनय गरेको उक्त भिडियोलाई हाइलाइट्स नेपालको युट्युबबाट अपलोड गरिएको थियो, जुन हालसम्म ४ लाखभन्दा बढी पटक हेरिएको छ ।