साप्ताहिक संवाददाता
साम्तेन भुटियाको निर्देशनमा निर्माण हुने चलचित्र ‘धुपौरे’ मा अनमोल केसी इन्ट्रि भएका छन् । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेनको यो प्रोजेक्टमा अनमोलले केहि दिनअघि काम गर्ने फाइनल गरेका हुन् ।
डार्क एक्सन–लभ स्टोरी जनरामा निर्माण हुने यो चलचित्र आगामी तिहार लगत्तै छायाँकनमा जाने जनाइएको छ ।
अघिल्लो बर्ष मात्रै अनमोलसँग एक प्रोजेक्टको कुरा भैरहेको बताएका निर्देशक भुटियाले अन्ततः अनमोललाई लिएर काम गर्न थालेका हुन् । यो चलचित्रका लागी अहिलेसम्म अनमोल मात्रै फाइनल भएको छ, अरु कलाकारको टुंगो लाग्न बाँकी छ ।
साम्तेनको नयाँ चलचित्र ‘च च हुई’ आगामी मङ्सिर ६ गते प्रदर्शन हुँदैछ । केहि समयअघि अनमोलले होमप्रोडक्सनबाट निर्माण हुने चलचित्र एन्टि हिरोमा काम गर्ने समाचार आएका थिए । तर, अनमोलले यो चलचित्रलाई अलिकति पछि सारेर साम्तेनको चलचित्रमा काम थालेका हुन् ।
अहिले उनी यो चलचित्रको काममा व्यस्त छन् । अनमोलले आफ्नो फेसवुकमा धुपौरेको पोस्टर सार्वजनिक गर्दै २०२० मा सार्वजनिक हुने समेत लेखेका छन् ।