साप्ताहिक संवाददाता
आश्विन १६, २०७६
नेपाली कथानक चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी, सस्पेन्स र प्रेमिल ट्रेलरमा चलचित्रका शिर्ष कलाकार देखिएका छन् । सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकार ट्रेलरमा देखिएका छन् ।
शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् ।
यो चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने छ ।
चलचित्रको ट्रेलर :