साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ रिलिज भएको दोस्रो दिन पुरा भएको छ । गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले यस अघि रिलिज भएर रेकर्ड बनाउन सफल चलचित्रका विभिन्न रेहर्डहरु ब्रेक गरिरहेको छ । हिन्दी चलचित्रले नेपाली चलचित्रहरुलाई विस्थापित गरिरहेको यो समय चलचि ‘छ माया छपक्कै’ले भने हिन्दी चलचित्रलाई विस्थापित गरेको छ ।
बलिउडको सफल चलचित्र ‘वार’ नेपालगन्जको बागेश्वरी क्युएफएक्समा ‘छ माया छपक्कै’को अत्याधिक मागपछि हटाइएको हो । यो चलचित्रले देशैभरी हाउसफुल व्यापार गरिरहेको छ ।
रोहित अधिकारी फिल्मस र आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, केदार घिमिरे, शिशिर बाङ्देल, जितु नेपाल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शक र समिक्षक दुबैले राम्रो प्रतिकृया दिएका छन् । चलचित्र छ माया छपक्कै समाजसँग नजिक रहेको प्रतिकृया दर्शक तथा समिक्षकहरुले बताएका छन् ।