• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
फेरियो चलचित्र हेर्ने शैली
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

स्वस्तिक श्रेष्ठ

फेरियो चलचित्र हेर्ने शैली
कार्तिक ३, २०७६

बुटवल कालिकानगरका लक्ष्मीकान्त रेग्मी हरेक शनिबार नाइट शो चलचित्र हेर्छन् । उद्योग व्यवसाय गर्ने उनी सातामा एक दिन साथीभाइसँग चलचित्र हेरेर रमाइलो गर्छन् । रेग्मी अहिले चलचित्र हेर्ने शैलीमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिन्छन् । ‘पहिले नयाँ चलचित्र हेर्न ब्ल्याकमा टिकट काट्नुपर्ने, एउटा शोमा टिकट नपाए दोस्रो शोसम्म घाम खाएर कुर्नुपर्ने बाध्यता थियो ।’ रेग्मी विगत सम्झिँदै भन्छन् । चलचित्र हेर्न त्यस्तो सास्ती खेप्नुपर्ने दिन अब छैन । अन्य क्षेत्रमा जस्तै चलचित्रमा पनि आधुनिक प्रविधि भित्रिएसंगै आम दर्शकलाई सहज भएको छ । 

सामाजिक, सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने चलचित्र हेर्ने शैलीमा अहिले प्रशस्तै परिवर्तन आएको छ । बुटवलमा २०३४ सालमा चलचित्र भित्रिएको पाइन्छ । तत्कालीन समयमा हाटबजारस्थित मजदुर भलाई कोष भवन क्षेत्रमा टेन्ट राखेर चलचित्र देखाइन्थ्यो । लक्ष्मी टुरिङ टाकिज नाममा दर्ता गरेर द्वारिका उदयले पहिलो पटक बुटवलमा आधिकारिक रूपमा चलचित्र हेर्ने अवसर जुराएका थिए । त्यतिबेला दैनिक तीन शो हुन्थ्यो भने प्रत्येक शोमा २ सय दर्शकले चलचित्र हेर्ने व्यवस्था मिलाइएको थियो । प्रत्येक ६–६ महिनामा टुरिङ टाकिजलाई नबिकरण गर्नुपथ्र्यो । त्यतिबेला अधिकांश नेपाली दर्शक भारतको नौतनहवासम्म पुगेर चलचित्र हेर्थे । २०३८ सालमा बुटवलको चलचित्र मन्दिर खुल्यो, यो बुटवलको स्थायी प्रकृतिको पहिलो हल थियो । यसलाई विस्तार गरी २०४३ सालमा १ हजार ५६ सिट क्षमताको बनाइयो । त्यतिबेला एनलक प्रविधिमा चलचित्र देखाइन्थ्यो ।

तिनै उदय परिवारको दोस्रो पुस्ताका प्रदीप उदयले अहिले बुटवलमा चलचित्र देखाउने नयाँ डिजिटल प्रविधि भित्र्याएका छन् । उनले राजमार्ग चौराहाको प्रधान हाईटको भवनमा सुविधासम्पन्न द्वारिका उदय डिजिटल हल सुरु गरेका छन् । दुई सय सिट क्षमताको उक्त हलमा डिजिटल सराउन्डिङ साउन्ड ५ दशमलव १ क्षमताको छ । टु के प्रोजेक्टर जडान भएकाले यसबाट थ्रिडी चलचित्रसमेत हेर्न सकिन्छ । उक्त हलको अर्को आकर्षण फुडकोर्ट पनि हो । ३ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको उक्त भवनको तेस्रो तलामा फुडकोर्ट र चौथो तलामा सुविधासम्पन्न हल छ । दर्शकको सुविधाका लागि अनलाइन टिकट लिन सकिने व्यवस्थासमेत मिलाइएको छ । 

उदय भन्छन्– म्यानुअलबाट डिजिटल प्रविधिमा प्रवेश गरेसँगै चलचित्र हेर्ने दर्शक पनि बढेका छन् । अबका दिनमा चलचित्र हेर्ने दर्शकको कमी नहुने दाबी उदयको छ । बक्स अफिसका कारण चलचित्र निर्माता, हलवाला तथा सरोकारवाला सबैलाई फाइदा भएको उदय बताउँछन् । बुटवलमा दुई तथा भैरहवामा दुईवटा गरी रुपन्देहीमा चारवटा पुराना एनालक हल छन् । नयाँ प्रविधिमैत्री तथा डिजिटल हलको हकमा भैरहवामा एउटा तथा बुटवलमा दुईवटासहित तीनवटा छन् । 

राजमार्ग चौराहास्थित द्वारिका हलमा  बिहान ९.१५, १२.३०, ३.४५ तथा ७.१५ गरी दैनिक चार शो देखाइन्छ । दर्शकको मागअनुसार पहिलो शोमा आदिवासी जनजातिका भाषाभाषीलाई समेट्ने चलचित्र, दोस्रो शोमा नेपाली चलचित्र, तेस्रो शोमा बलिउड चलचित्र तथा चौथो शोमा हलिउड चलचित्र देखाउने तयारी गरिरहेको उक्त हलले विविधतापूर्ण चलचित्रबाट दर्शक तान्ने बताएको छ । उता बुटवलको पहिलो डिजिटल हल भ्यू सिनेमामा दैनिक तीन शो चल्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik