साप्ताहिक संवाददाता
कार्तिक १८, २०७६
काठमाडौं
लामो समयदेखि काठमाडौँस्थित कमलपोखरीमा संचालन भैरहेको ‘कुमारी हल’ बन्द भएको छ । यो हल करिब एक महिनाका लागि बन्द हुने भएको हो ।
क्युएफएक्सका अन्य हलभन्दा बढि दर्शक आउने यो हललाई बन्द गरेरै केहि समय मर्मत गर्नुपरेको कुमारी हलले जनाएको छ ।
हलभित्र रहेका ट्वाइटेल र सिटहरु पुराना भएको र टुटफुट सिटको मर्मत गर्ने काम सुरु भएको छ । आजका दिनदेखि एक महिनासम्म यो हलमा कुनै पनि चलचित्र प्रदर्शन हुनेछैन ।