साप्ताहिक संवाददाता
कार्तिक २१, २०७६
अभिनेत्री नीता ढुंगानाले हालसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन्, तर उनले अभिनय गरेका एक–दुईबाहेक प्राय: सबै चलचित्र व्यवसायिक रूपमा असफल सावित भएका छन् । ‘६ एकान ६’ बाहेक नीताका अन्य चलचित्रले उत्कृष्ट व्यवसाय गर्न सकेका छैनन् ।
पछिल्लो पटक नीताले अभिनय गरेका दुई चलचित्र छोटो समयको अन्तरमा प्रदर्शनमा आए । साइनो तथा रातो टीका निधारमा करिव एक महिनाको अन्तरमै प्रदर्शन भए पनि दुवै चलचित्रले व्यवसायिक रूपमा असफलता प्राप्त गरे । नीताले साइनोबाट ठूलो आशा राखेकी थिइन्, तर हात लाग्यो निराशा ।
अहिले आएर नीता आफैंले चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन्, जसमा उनी आफैं मुख्य भूमिकामा प्रस्तुत हुनेछिन् । ‘माया’ शीर्षकको उक्त चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्ने पक्का भएको छ ।