• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
नेपाली हलमा विदेशी चलचित्रको रजाईँ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

नेपाली हलमा विदेशी चलचित्रको रजाईँ
पुस २५, २०७६
काठमाडौं

घरेलु हलमा नेपाली चलचित्रको प्रदर्शन दयनिय देखिएको धेरै भैसक्यो । लामो समयदेखि नेपाली चलचित्रले बलिउड र हलिउडको झापड खाइरहेका छन् ।

हालखबर पुष महिनाको हो । जाडो मौसम, खासै चलचित्र चल्दैनन् भन्दै नेपाली चलचित्रकर्मी चलचित्र प्रदर्शन गर्न डराउँछन् । तर, यहि महिना नेपाली बजारमा बलिउड र हलिउड चलचित्रले आक्रामक ब्यापार गरिरहेका छन् । नेपाली दर्शक जाडोको कारण घरमा आगो तापेर बसेका छैनन्, हलिउड र बलिउड चलचित्र हेर्न थामिनसक्नु भिड छ ।

बलिउड–हलिउडको डरले नेपाली चलचित्र यो महिना हल छिर्न डराए । पुषको अन्तिमसम्म आइपुग्दा आफ्नै हलमा नेपाली स्वाद घुलिएका चलचित्र दर्शकले हेर्न पाएका छैनन् । यो एक महिना बलिउड र हलिउड चलचित्रको दबदबा देखिएको छ ।

मंसिरको अन्तिम साता प्रदर्शन भएको नेपाली चलचित्र ‘प्रेम संसार’पछि हलमा नेपाली चलचित्र छिरेका छैनन् । पुषको १८ मा चलचित्र सुस्केरा आउने भनिएको थियो, तर यो चलचित्र समेत प्रदर्शन मिति पछि सारियो । त्यसो त यो चलचित्र निर्माण भएको धेरै बर्ष भयो ।

आउँदो शुक्रबार नेपाली चलचित्र ‘१२ सत्ताइस’ प्रदर्शन हुनेवाला छ । यो चलचित्रको स्थिती कस्तो हुने हो ? दर्शकले कत्तिको पत्याउँछन् ? त्यो केहि दिनमै थाहा हुनेछ । तर डर कहाँनिर छ भने, आज शुक्रवारदेखि बलिउड चलचित्र ‘छपाक’ प्रदर्शन भएको छ । यसले दर्शक तानिरहेको छ । समिक्षकहरुले यो चलचित्रलाई उत्कृष्ट विषयमा निर्माण भएको उत्कृष्ट चलचित्र भनिरहेका छन् । हलमा दर्शकको ओइरो लागिरहेको छ । र, अघिल्लो हप्तादेखि प्रदर्शन भैरहेको अर्को हिट चलचित्र ‘गुड न्युज’ हलमा केहि दिन टिक्न सक्ने सम्भावना छ । सोहि कारण यी दुई चलचित्रको चपेटामा नेपाली चलचित्र ‘बाह्र सत्ताइस’को च्यापिने सम्भावना रहेको नेपाली चलचित्रका जानकारहरु बताउँछन् ।

यो महिना बहुप्रतिक्षित बलिउड चलचित्र दबंग ३ र गुड न्युजले तहल्का पिटे । महिनाको अन्तिममा प्रदर्शनमा आएको छ, छपाक । बलिउडका पावरफुल समिक्षक मानिएका तरण आदर्शले त यो चलचित्र बर्षकै उत्कृष्ट भन्दै प्रशंसा गरेका छन् । उनी मात्रै होइन, अरु धेरै चलचित्रकर्मी र समिक्षकले यो चलचित्रको निकै राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । त्यस्तै, बलिउडको अर्को प्रतिक्षित चलचित्र ‘तानाजी’ समेत प्रदर्शनमा आएको छ । छपाक र तानाजीले मल्टीप्लेक्समा उच्च सोज पाएका छन् । त्यस्तै, दुई हलिउड चलचित्र ‘अन्डरवाटर’ र ‘डूलिटिल’ पनि प्रदर्शनमा आएका छन् । मल्टिप्लेक्समा धमाधम चलचित्र आइरहेका बेला सिंगल थिएटर भने चलचित्रविहिन हुन पुगेका छन् ।

८ महिना पनि विदेशी चलचित्रकै कब्जा !

त्यसो त पछिल्लो ९ महिना पनि नेपाली चलचित्र हल विदेशी चलचित्रकै कब्जामा रह्यो । बैशाखदेखि कात्तिकसम्म हलमा नेपाली चलचित्र धमाधम आए, तर अधिकांश चलचित्रका निर्माताको लगानीको ब्याज समेत उठ्न सकेन । अहिलेसम्म आइपुग्दा ५० को हाराहारीमा नेपाली चलचित्र प्रदर्शन भएको देखिन्छ । तर, जात्रै जात्रा, कबड्डी ३ र छ माया छपक्कै हिट चलचित्रको सुचीमा देखिए । दाल भात तरकारी र अरु केहि थोरै चलचित्रले पनि लगानी उठाउन सके । अघिल्लो बर्ष धमाधम चलचित्र फ्लप भएपछि यो बर्ष नेपाली चलचित्रको दौडानमा निकै थोरै चलचित्र निर्माण भएका छन् । असाध्यै थारै चलचित्र प्रदर्शन भएका हुन् ।

यो बर्ष को अन्तिम सम्म आशा राखिएका केहि अरु चलचित्र समेत प्रदर्शन हुँदैछन् । चलचित्र निर्माणमा गम्भिर हुन नसक्दा नेपालका चलचित्रले लोप्पा खाइरहेका छन् । मिहेनत कम गर्ने, अर्को चलचित्रसँग भिडाउने र विषयवस्तुमा ध्यान समेत नदिएर चलचित्र प्रदर्शन गर्दा नेपालका धेरै निर्माता घरवार विहिन समेत हुन पुगेका छन् । तर, हल्लाको भरमा धेरैले यो पिडा न देख्न सकेका छन् । न सुन्न खोजेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik