• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
गुटबन्दी  फाइदा कि बेफाइदा  ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

यज्ञश

गुटबन्दी  फाइदा कि बेफाइदा  ?
माघ १५, २०७६

 

मुख्य कुरा त्यो सहकार्य, एकता, समूह वा गुटले सिर्जना गरेको फिल्म कत्तिको राम्रो छ भन्ने हो । नेपालमा निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडी वा दीपकराज गिरी, दीपाश्री निरौलाको जोडीलाई उदाहरणका रूपमा लिन सकिन्छ । धेरै वटा फिल्ममा काम गरिरहादा पनि यी जोडीले आफ्नो कामको स्तर कायम राख्न सकिरहेका छन् कि छैनन् ? 

फिल्म मेकिङलाई धेरैले टिमवर्कका रूपमा अथ्र्याउने गरेका छन् । हुन पनि धेरै वटा विधा र विभागमा काम भएपछि मात्रै फिल्म बन्छ । सुटिङ जानुअघि एक चरण, सुटिङमा एक चरण र पोस्ट प्रोडक्सन गरी तीन चरणमा बन्ने फिल्ममा धेरै जनशक्ति प्रयोग भएको हुन्छ । फिल्मको लेखन, पाश्र्वसंगीत, प्रोडक्सन डिजाइन, छायांकन, सम्पादन, अभिनय र निर्देशन यतिलाई मुख्य विधा मानिन्छ । यी विधामा काम गर्ने मानिसहरू एक–अर्काको खुबी र रुचिसाग परिचित भएको खण्डमा काम गर्न सजिलो हुन्छ भनिन्छ । अर्का एकथरी चाहिँ फिल्म निर्देशकको विधा हो, यसमा अरु प्राविधिक कलाकार को हुन्छन् भन्ने गौण हुन्छ, फिल्म निर्देशकले जस्तो चाह्यो त्यस्तै बन्छ भन्ने पनि छन् । 

फिल्मलाई टिमवर्क मान्ने हो भने मिल्दो टिममा काम गर्दा बेफाइदा के छ ? मन मिल्दा मानिसहरू, जसलाई एक–अर्काको शक्ति र कमजोरी थाहा छ, तिनले लामो समय सँगै काम गर्दा समूहको निर्माण हुन्छ भने त्यसले हानी के गर्छ ? बेलाबेला फिल्ममा गुटबन्दीको कुरा आउँदा यस्ता प्रश्न उठ्ने गर्छन् । 

फिल्ममा मात्र होइन, समाजका जुनसुकै क्षेत्रमा पनि कुरा मिल्ने मानिसहरू एक ठाउँमा आउनु स्वाभाविक हो । जसलाई जोसँग काम गर्न सजिलो लाग्छ, उसैलाई रोज्नु पनि सामान्य हो । समस्या चाहिँ तब सुरु हुन्छ, जब चिनेको वा सजिलोको नाममा उसलाई नआउने काम पनि लगाइन्छ वा कसैको क्षमताभन्दा बढी भूमिका दिइन्छ । र, यसकै कारण कोही साँच्चिकै क्षमतावान् मानिस पाखा परेको छ भने त्यो पनि समस्या हो । यसका अलावा उस्तै सोच भएका मानिसले समूह वा गुटै बनाउँछन् भने पनि त्यो ठूलो आपत्तिको विषय होइन । तर, कसैले गुट बनाएर अनुचित काम गर्छ वा समग्र कामको गुणस्तर नै खस्काउँछ भने चाहिँ त्यो आपत्तिको कुरा हो ।

संसारका ठूला फिल्म उद्योगहरू हलिउड–बलिउडमा पनि निर्देशक, छायाकार, सम्पादक र कलाकारहरूको यस्तो समूह बनेको देखिन्छ । र, ती समूहले साँच्चिकै शानदार काम गरेका भेटिन्छन् । बलिउडमा निर्माता विधुविनोद चोपडा, निर्देशक राजकुमार हिरानी र छायाकार विनोद प्रधानको यस्तो समूह निकै चर्चित छ । 

बलिउडमा अहिले पनि यशराज र धर्माजस्ता ठूला प्रोडक्सन हाउसहरूले केही निर्देशक, कलाकार र प्राविधिकहरूलाई आफ्नै मात्र काम गर्ने जसरी राखेका छन् । अझ अहिले त कतिजनासँग एकैचोटी पाँच सातवटा फिल्मको कन्ट्याक्ट गरिएको हुन्छ, जसको काम नसकिन्जेल ती प्राविधिकले अरूको काम गर्न पाउँदैनन् । 

हलिउडमा पनि स्टिवल स्पिलवर्गले कुनै बेला टम ह्यांक्स र पछि लियोनाड्रो डिक्याप्रियोसँग त्यस्तै समूह बनाएका थिए । मार्टिन स्कोरसेजी र रोबर्ट डि निरोको जोडी निकै चर्चित छ । क्वन्टिन टोरन्टिनो र उमा थुरम्यानको जोडी पनि यस्तै थियो । कतिपय निर्देशकहरू यस्ता हुन्छन्, जसले साधै एउटै सिनेम्याटोग्राफरसँग काम गर्छन् । यसपटक ओस्करमा उत्कृष्ट फिल्म, निर्देशक र सिनेम्याटोग्राफर आदिमा मनोनीत फिल्म १९१७ कै उदाहरण लिऊँ । यसका निर्देशक साम मेन्डिसका प्राय: सबै चर्चित फिल्मका सिनेम्याटोग्राफर एकैजना छन्, रोजर डियकिन्स । मेन्डिसका १९१७, स्काइफल र रेभुलुसनरी रोडका सिनेम्याटोग्राफर यिनै रोजर हुन् । 

प्रसिद्ध चिनियाँ निर्देशक झाङ यिमुका सातवटा फिल्ममा मुख्य भूमिकामा अभिनेत्री गोंग ली थिइन् । उनीहरूको जोडी चर्चित थियो । यसलाई गुटबन्दी भनेर खारेज किन गर्न मिल्दैन भने उनीहरू मिलेर सिनेमामा कलात्मकताको खोजी गरेका थिए । गोंग लीको अभिनय क्षमताले यिमुको फिल्मलाई थप जीवन्त बनाइदिएको थियो । पल थोमस एन्डरसनका दिअर विल बि ब्लड र फ्यान्टम थ्रेड दुई भिन्न स्वाद र शैलीका फिल्म हुन् । तर, यी दुवैलाई जीवन्त बनाउने काम अभिनेता ड्यानियल डे लुइसले गरेका छन् । यसैले यसलाई उनीहरूको गुट भन्न मिल्दैन ।

मुख्य कुरा त्यो सहकार्य, एकता, समूह वा गुटले सिर्जना गरेको फिल्म कत्तिको राम्रो छ भन्ने हो । नेपालमा निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडी वा दीपकराज गिरी, दीपाश्री निरौलाको जोडीलाई उदाहरणका रूपमा लिन सकिन्छ । धेरै वटा फिल्ममा काम गरिरहँदा पनि यी जोडीले आफ्नो कामको स्तर कायम राख्न सकिरहेका छन् कि छैनन् ? यिनीहरूको सहकार्यले फिल्मलाई फाइदा गरेको छ कि छैन ? र, साह्रै नै नसुहाउँदो भूमिकामा त उनीहरूले साथी वा समूह भएका कारण कसैलाई काम दिइरहेका छन् कि ? यो चाहिँ हेर्न सकिन्छ । बाँकी कुरामा कोसँग काम गर्न सजिलो हुन्छ वा मन लाग्छ, छान्ने अधिकार सबैसँग रहन्छ । 

बलिउडमा एक समय यस्तो थियो, सलिम खान र जावेद अख्तर दुईजना फिल्म लेखक फिल्ममा निर्देशकदेखि कलाकारसम्म छान्नसक्ने हैसियतमा थिए । फिल्मको पोस्टरमा निर्देशकभन्दा ठूलो अक्षरमा लेखकको नाम छापिन्थ्यो । यस्तो किन थियो भने, उनीहरूले लेखेका फिल्म राम्रोसँग चलिरहेका थिए । अमिताभ बच्चनदेखि अमजद खानसम्मलाई स्टार बनाएको श्रेय उनीहरूलाई दिइन्छ । उनीहरूले लेखेका करिब एक दर्जन फिल्ममा अमिताभ बच्चन हिरो थिए । त्यसबखत अन्य हिरो नभएर सबैमा बच्चनलाई लिइएको होइन । कारण, उनी ती भूमिकामा फिट हुन्थे । यदि फिट थिएनन् भने ती फिल्म फ्लप हुने थिए । 

त्यसैले सवाल कसको गुटमा को छ वा कसले कस्तो गुट बनाएको छ भन्ने होइन । सवाल त्यसले फिल्मको गुणस्तरलाई हानी गरेको छ कि फाइदा भन्ने हो । यदि फाइदा गरेको छ भने ठीक छ, हानी गरेको छ भने आलोचकहरूले त्यसलाई औंल्याइदिनु आवश्यक छ । 

फिल्म उद्योग ग्ल्यामरस भएकाले यसमा धेरैको आकर्षण हुनु स्वभाविक हो । एकातिर नेपोटिज्मको सिकार यो हुन्छ भने अर्कातिर पावर पोलिटिक्सको पनि । नेपाली फिल्मका सन्दर्भमा अहिले समीक्षा गर्नुपर्ने कुरा चाहिँ के हो भने फिल्मको निरन्तर गिर्दो सफलताको ग्राफमा यो गुटबन्दी र समूहहरूको भूमिका कति छ ? के कुनै गुट बनेका कारण वा गुटले कसैलाई च्यापेका कारण फिल्मको गुणस्तर घटिरहेको छ ? कुनै कमसल प्राविधिक वा कम क्षमता भएका कलाकारले धेरै स्थान पाएर बिगारिरहेको छ कि ? त्यस्ता उदाहरण कति छन् ? हेर्नुपर्ने चाहिँ यहाँनेर हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik