साप्ताहिक संवाददाता
माघ २८, २०७६
अभिनेत्री रिस्ता बस्नेत एक हिन्दी गीतको म्यूजिक भिडियोमा देखिने भएकी छिन् । रिस्ताले भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा अभिनय गर्ने पक्का भएको छ ।
अभिनेत्री बस्नेतलेसिर्जना सुत्रबाट उक्त काम पाएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छिन् । उनले नेहाको गीतमा अभिनय गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकी छिन् ।
रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग स्क्रिन सेयर गर्ने छिन् । पुनित अवस्थीले संगीत गरेको गीतको म्यूजिक भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दै छन ।
भिडियोमा पुरुसोत्तम प्रधानको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने छ । भिडियोका निर्माता टिकुम शर्मा हुन् ।