• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
टिप्पणी : किन असफल भयो सेल्फी किङ्ग ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

टिप्पणी : किन असफल भयो सेल्फी किङ्ग ?
माघ २८, २०७६
काठमाडौं

पछिल्लो समय नेपाली चलचित्रको धार कमेडी जनराका चलचित्र निर्माणतिर बगेको छ । चलचित्रमा कमेडी घुसाएर दर्शक तान्न सकिन्छ भन्ने मानसिकताबाट निर्देशकहरु बढी नै प्रभावित हुने गरेको देखिन्छ । दिपकराज गिरीको टिमले कमेडी जनराका चलचित्र निर्माण गरेर सफलता पाएपछि अरु निर्माता निर्देशक पनि त्यस्तै किसिमका चलचित्र निर्माण गरेर सफल भइन्छ भन्ने मान्यतामा हिड्न थालेको देखिन्छ । तर, परिणाम भने सुखद छैन । कमेडीलाई आधार बनाएका धेरै चलचित्र फ्लप भएका छन् ।

पछिल्लो पटक प्रदर्शनमा आएको ‘सेल्फी किङ्ग’ ले पनि त्यही धार पछ्याएको देखिन्छ । त्यसमा पनि कमेडियन कलाकारहरूको यथार्थतालाई देखाउन खोजेको छ । चलचित्रको प्रिमियर शोमा पुगेर अधिकांश कलाकार र पाहुनाले राम्रै टिप्पणी गरेका थिए । तर, दर्शकले भने ति टिप्पणीलाई मतलबै गरेनन् ।

अमेरिकावाट चलचित्रसम्वन्धी अध्ययन गरेर आएका विशाल सापकोटाले यसको निर्देशन गरेका हुन् । आफ्नो डेब्यु निर्देशनकै क्रममा धेरै मिहेनत गर्न नसक्दा चलचित्र फ्लप हुन पुगेको उनले स्वीकार्नु हितकर देखिन्छ ।

लेखक तथा निर्देशक सापकोटाले चलचित्रमा मुल पात्रको भोगाइलाई हेलचेक्राईपूर्ण तरिकाले प्रस्तुत गरेका छन् । उनले मुल पात्रलाई जसरी संवेदनशील तरिकाले प्रस्तुत गराउनुपर्ने थियो त्यो गराउन सकेनन् । अहिलेका कलाकारहरुको अवस्थासँग मिल्दो ढंगले दर्शकलाई अनुभुति गराउन सकेनन् ।

चलचित्र प्रदर्शन भएको केही दिनमै सेल्फी किङ्ग प्रदर्शन भएका अधिकांश हल सुनसान छन् । प्रिमियरमा बाहेक अरु दिन नेपालभरका हलमा दर्शकको संख्या अति न्युन छ । 

सेल्फी किङ्ग कहाँ बिग्रीयो ? एउटै जवाफ छैन । चलचित्रमा मुख्य पात्र विपीन कार्कीको अभिनयमा दोषै दिने ठाउँ त छैन । तर उनको चरित्रमा यसअघि उनले अभिनय गरेका चरित्रको छाप प्रष्टै देखिन्छ ।

निर्देशक सापकोटाले विपिनको संवेदनालाई जसरी प्रस्तुत गराउनुपथ्र्यो, त्यो गर्न सकेनन् । हास्यकलाकार पनि मान्छे नै हो, मान्छेको रोदन र पिडा फरक होला, तर संवेदनाको प्रस्तुतीकरण हल्का भयो भने के हुन्छ ? त्यस्तै भएको छ सेल्फी किङ्गमा ।

चलचित्रमा गोपाल (विपिन कार्की) निकै लोकप्रिय हास्यकलाकार हुन्छन् । उनको लोकप्रियता शहरदेखि गाउँसम्म हुन्छ । उनको बुबा विरामी हुन्छन्, अस्पतालमा उपचारार्थ राखिएका छन् । श्रीमती, आमा र दिदी भिनाजुलाई जिम्मा लगाएर उनी सोलुको स्टेज कार्यक्रममा जानुपर्ने हुन्छ । आयोजकले हवाइ टिकटको व्यवस्था नगरिदिएपछि उनी निकै दुःख र संघर्षले स्लथ सवारीमा कार्यक्रम स्थल सोलु पुग्छन् । पुगिसकेपछि उनी आफुभन्दा कम चर्चामा आएका दीपक (अभय बराल)लाई आयोजकले प्लेन टिकटको व्यवस्था गरेको तर आफुलाई नगरेको भन्दै झगडा गर्छन् । तर सर्वाधिक चर्चित कलाकारलाई आयोजकले किन टिकटको व्यवस्था गर्न सकेन ? निर्देशक आफै अस्पष्ट छन् ।

आयोजकले हात जोडेपछि उनी अर्को दिन स्टेज चढ्न तयार हुन्छन् । त्यसैबेला घरवाट फोन आउछ, ‘तुरुन्त घर फर्किनुपर्ने भयो, बुबा बित्नुभयो ।’ जव गोपालले फोनमा यो सुन्छन्, घर फर्किन खोज्छन् । आयोजकले एकपटक स्टेजमा चढेर मात्रै फर्किनुस् भनेपनि धकेलेरै स्टेज पठाएपछि उनी दर्शकसँग हात जोड्दै माफी माग्छन् ।

निकै रुँदै माफी माग्ने गोपालको पीडा देख्दा दर्शक हाँस्छन् । किनभने दर्शकलाई गोपालले यो अभिनय गरिरहेका छन् जस्तै लाग्यो । तर गोपालको परिवारमा भएको बज्रपात वारेमा अनभिज्ञ थिए । 

दर्शकले चित्त नबुझाएको मुख्य कुरा यो चलचित्रको स्क्रिप्ट भने जसरी बग्न नसक्नु हो । निकै मिठो ढगंले प्रस्तुत गर्न सकिने चलचित्र हेरिसकेपछि दर्शकले चलचित्रका पात्रलाई आत्मसाथ गर्न सक्दैनन् । केहि स्थानमा वीपिनको दुःखले दर्शकलाई छोएपनि क्षणभरमै चलचित्रको विकासक्रम विग्रिन पुग्छ । गोपाल हिट कलाकार हुन्, कसरी यत्तिको हिट भए ? विगत देखाइएको छैन । उनका कुन–कुन प्रस्तुतीले फ्यान फलोइङ यस्तो लोभलाग्दो बन्यो ? देखाउन खोजिएको छैन । एउटा चर्चित सेलिव्रेटीले केही क्षणका लागी चार्जर माग्दा दिन्न भन्ने फ्यान सायद नेपालमा होइन संसारभर छैनन् होला ।

गोपालले बुबा अस्पतालमा भएका बेला जुन प्राथमिकताका साथ आमा, श्रीमती लगायत परिवारका सदस्यअगाडि अर्की प्रेमिकासँग बोल्छन्, त्यो निकै अमिल्दो देखिन्छ । उनले विहानैदेखि रक्सी पिउँछन् । दिन रात रक्सी पिउने कारण के थियो, देखाइएको छैन । चलचित्रमा देखाइएको सवारीको दृश्य निकै पट्यारलाग्दो छ । होटल पुगिसकेपछि रक्सी पिएको दृश्यले पनि दर्शकलाई निकै वाक्क पार्छ ।

हांस्यकलाकार जहाँ पनि तनावमा हुन्छन् ? जहाँ पनि पीडित छन् ? एउटा पानी तान्ने मेसिन समेत किन्न नसक्ने हैसियतका छन् त ? मुल पात्रलाई एकपछि अर्को तनावमा किन फसाउन खोजिरहेका छन् निर्देशक ? निर्देशकको कन्फ्युजकै कारण चलचित्र असफल हुन पुगेको हो ।

तर यति भन्दै गर्दा चलचित्रकोे सिनेम्याटोग्राफीलाई प्रशंसा गर्नैपर्छ । ड्रोनबाट खिचिएका दृश्य अझ सुन्दर छन् । ध्वनिमा राम्रो काम भएको छ । लक्ष्मी बर्देवा र अभय बरालले चरित्रमा गरेको मिहिनेत चलचित्रमा देखिन्छ । चलचित्रको ‘वान लाइन स्टोरी’ पनि सुन्दर हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik