साप्ताहिक संवाददाता
फाल्गुन १८, २०७६
नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन’को नयाँ पोस्टर सार्वजनिक भएको छ । आगामी बैशाख १२ गतेलाई रिलिज डेट लक गरेर प्रचारमा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा दुई नव–नायक सुपर गुरुङ र शक्ति श्रेष्ठ फिचर्ड छन् ।
मुकुन्द भट्टले निर्देशन गरेको यो चलचित्रबाट अभिनेता शिव श्रेष्ठका छोराले सिने नगरीमा डेब्यू गर्न लागेका हुन् । शक्ति शिवका छोरा हुन् ।
एक्सन ड्रामा चलचित्रमा सुपर र शक्तिसँगै शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर लगायत कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।