साप्ताहिक संवाददाता
हालै विवाह गरेका अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी दुुईपटक इन्गेजमेन्ट गरेको कारण चर्चामा आए । बिहेअघि दुवैले उस्तै शैलीमा गरेको ब्याचलर पार्टीले पनि सोसियल मिडियामा स्पेस पायो । गत फागुुन १५ मा धुुमधाम तरिकाले बिहे गरेको यो जोडी कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण हनिमुुन जान पाएको छैन । हरेक पललाई विशेष बनाउँदै आएको यो जोडी बिहेपछि विशेष हनिमुुनको तयारीमा थियो । तर, त्यो सम्भव भएन ।
अहिले होम क्वारेन्टाइनमा परिवारबाट अलग्गै बसिरहेको छ यो जोडी । आयुष र प्रियंकाले आफ्ना परिवार भेट्न पाएका छैनन् । अरू बेला घुमघामका लागि विभिन्न देश पुगिरहने यो जोडीको हनिमुन पनि अन्योलमा छ । तर, हनिमुन जान नपाएर के भो, उनीहरू घरभित्रैबाट लकडाउनका रोमान्टिक तस्बिरहरू बाहिर सार्वजनिक गरिरहेका छन् । फरक यति हो, यसलाई हनिमुुन तस्बिर भन्न मिलेन ।