साप्ताहिक संवाददाता
अक्सर फिल्म अभिनेत्रीहरू मेकअपमै हुने गर्छन् । अभिनय गर्दा होस् या कतै कार्यक्रममा हुँदा उनीहरू चिटिक्क परेरै हिँड्छन् । फ्यानले कतै भेटिहाले सेल्फी खिच्नै पर्यो । त्यसैले उनीहरूका लागि मेकअप अपरिहार्य नै हुन्छ । अहिले कोरोना भाइरसका कारण देश लकडाउनमा छ । अभिनेत्रीहरू पनि घरभित्रै छन् । करिब एक महिनासम्म यसरी बस्दा मेकअप मिस त हुने नै भयो ।
त्यसैले होला क्वारेन्टाइनको खाली समयलाई अभिनेत्री परमिता राज्य लक्ष्मी शाहले ‘सेल्फ मेकअप’ गरेर सदुपयोग गरेकी छिन् । यतिखेर भनेको समयमा मेकअप आर्टिस्ट उपलब्ध हुने कुरै भएन । त्यसैले उनी अहिले आफैंले मेकअप गरेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा राखिरहेकी छिन् ।
दर्शकहरू टिप्पणी गरिरहेका छन्, जे होस् लकडाउनले परमितालाई मेकअप आर्टिस्ट पनि बनाइदियो । अब आफैं मेकअप आर्टिस्ट भएपछि इन्स्टामा त चिटिक्क परेको धेरैभन्दा धेरै तस्बिर देख्न पाइने नै भयो †