साप्ताहिक संवाददाता
वैशाख २७, २०७७
सधैं सुटिङमै व्यस्त रहने कलाकारलाई लकडाउनमा के कुराको धेरै मिस भयो होला ? पक्कै पनि सुटिङ सेट । हो, अभिनेत्री सुरक्षा पन्तलाई पनि अहिले सुटिङ सेट खुुब मिस भइरहेको छ । त्यसैले त सामाजिक सञ्जालतिर सुटिङका तस्बिर सार्वजनिक गर्दै त्यो खल्लोपना मेटाउने कोसिस गर्दैछिन् ।
केही दिनअघि मात्रै सुरक्षाले आफ्नो पहिलो सिनेमा ‘अझै पनि’मा अभिनय गर्दाका तस्बिर फेसबुकमा सार्वजनिक गर्दै नोस्टाल्जिक भएर फेसबुकमा लेखेकी थिइन्, ‘पहिलो सिनेमाको पहिलो मुठभेड ! पहिलो सर्ट, जुन फिल्ममा राखिएन, सायद मलाई लाग्छ, उक्त दृश्य उपयुक्त थिएन । ‘अझै पनि’ सम्झनामा छ र अति विशेष ।’
पहिलो सिनेमाको पहिलो सर्ट राख्दै उनले यस फिल्म निर्देशक स्वर्गीय आलोक नेम्वाङलाई समेत सम्झेकी छिन् । आखिर पहिलो फिल्ममा काम गर्दाको क्षण कसरी बिर्सन सकिन्छ र !