साप्ताहिक संवाददाता
वैशाख ३०, २०७७
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीचको प्रेम सम्बन्ध फिल्मवृत्तमा ओपनसेक्रेट जस्तै हो । केही समयअघि त यी दुुईबीच गुपचुपमै कानुनी बिहे भइसकेको हल्लासमेत खुुब चल्यो । यद्यपि दुवैले यसलाई खुलेर स्वीकार भने गरेका छैनन् ।
जसरी लकडाउनले धेरै प्रेम जोडीलाई दूरी राख्न बाध्य बनाइदिएको छ, त्यसैगरी सविन–अनुुको प्रेम पनि अहिले भिडियो च्याटमा सीमित भइरहेको छ । लकडाउनका कारण दुवै एक–अर्कालाई भेट्न पाएका छैनन् । दुवै आ–आफ्नै घरमा छन् । सायद सविनलाई भेट्न नपाएर अनुु आत्तिएकी छिन् ।
त्यसैले त सामाजिक सञ्जालमा सविनसँग भिडियो च्याट गरेको तस्बिर राख्दै उनले सोसियल मिडियामा लेखेकी छिन्, ‘आई मिस यूू’ । अनुुको स्टोरी हेर्दा लाग्छ, लकडाउन खुुल्नासाथ सायद उनी सबैभन्दा सुरुमा सविनलाई नै भेट्न पुग्छिन् होला !