• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
आस्था अब किङफिसर गर्ल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई/रोजिन शाक्य

आस्था अब किङफिसर गर्ल
पुस १८, २०७१
सिनामंगल, काठमाडौंमा स्थायी बसोबास गर्ने २२ वर्षीया आस्था पोखरेल पुस ७ गते सोमबार साँझ मुम्बईमा सम्पन्न एउटा प्रतियोगितामा विजयी भएपछि अचानक अन्तर्राष्ट्रिय स्तरमै चर्चित भएकी छिन् । भारतीय टेलिभिजन च्यानल एनडिटिभी गुड टाइम्सले विगत १३ सातादेखि आफ्नै च्यानलमा सञ्चालन गरिएको मोडलहरूको रियालिटी शो 'किङफिसर सुपरमोडल्स-२' मा विजयी भएपछि आस्था अन्तर्राष्ट्रिय मोडल बन्न सफल भएकी हुन् । करिब तीन महिना लामो रियालिटी शोका क्रममा फेसन तथा मोडलिङ सम्बन्धि चुनौतीपूर्ण, रोमाञ्चक एवं अप्ठ्यारो प्रतिस्पर्धामा अब्बल हुँदै आस्थाले नौ जना मोडललाई पाखा लगाउन सफल भएकी हुन् । 'किङफिसर सुपरमोडल्स-२' मा प्रतिस्पर्धी नम्बर एकका रूपमा सहभागी आस्थाले उक्त उपाधिसँगै किङफिसरको वर्ष २०१५ को क्यालेन्डरमा समेत छाउने अवसर पाएकी छिन् । क्यालेन्डरको फोटोसेसनका लागि यतिबेला टर्कीमा रहेकी आस्थालाई आगामी दिनमा 'किङफिसर गर्ल' का रूपमा चिनिनेछ । वर्ष २०१५ को उक्त क्यालेन्डरमा आस्थासहित अन्य चार अन्तर्राष्ट्रिय मोडल साराह जेन डियाज, डायना एराप्पा, एलेना फर्नान्डेज तथा केइसा लालपनि प्रस्तुत हुनेछन् ।

आस्थाले अचानक यो सफलता हासिल गरेकी भने होइनन् । वर्ष २०१४ को मिस नेपालमा समेत प्रतिस्पर्धा गरेकी आस्थाले उक्त प्रतियोगिताको निर्णायक चरणसम्म पुगेर थर्ड रनर्स अपको उपाधि जितेकी थिइन् । संगीत, चित्रकला तथा नृत्यमा रुचि राख्ने आस्था मिस नेपालमा सहभागिता जनाउनुअघि सन् २०१२ मा सिंगापुरमा सम्पन्न 'एसियाज नेक्स्ट टप मोडल' को उत्कृष्ट ५ सम्म पुग्न सफल भएकी थिइन् । त्यसपछि उनी सन् २०१३ मा बैंककमा सम्पन्न सुपर मोडल इन्टरनेसनलको उत्कृष्ट १० सम्म पुग्न सफल भएकी थिइन् । आस्थाले उक्त प्रतियोगितामा सुपर मोडल इन्टरनेसनल नेपालका रूपमा आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन् ।

विगत केही वर्षयता नेपालमा उनलाई 'सुपरमोडल' का रूपमा चिनिन्थ्यो । आस्था क्लासिक डायमण्ड ज्वलेरीद्वारा आयोजित 'फेस अफ क्लासिक डायमण्ड ज्वेलरी'को पहिलो संस्करणकी फस्ट रनर्स अप पनि हुन् । आस्थाले नेपाल फेसन सप्ताह, ट्रेन्डसेटरलगायत नेपालमा आयोजित उत्कृष्ट फेसन शोहरूमा क्याटवाक गरिसकेकी छिन् । सुपरमोडलका लागि शारीरिक उचाइ सबैभन्दा महत्वपूर्ण पक्ष हो । आस्थाको उचाइ औसत नेपाली युवतीहरूको भन्दा धेरै बढी अर्थात् ५ फिट साढे ९ इन्च छ । मिस नेपाल-२०१९ का १९ प्रतिस्पर्धीमध्ये उनी सबैभन्दा अग्ली थिइन् । शान्तिनगरस्थित बेबीलोन नेसनल स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि नर्सिङको अध्ययन प्रारम्भ गरेकी आस्था विद्यालयमा छँदा लजालु स्वभावकी छात्राका रूपमा चिनिने विद्यालयका पि्रन्सिपल राजु राईले स्मरण गरेका छन् । 'उनको पछिल्लो सफलताले हामीलाई गौरवान्वित बनाएको छ, -राईले बताए । बेबिलोनमा कक्षा ८ देखि अध्ययन गर्न थालेकी आस्थाले नर्सिङमा स्नातक गरे पनि उनी पेसागत रूपमा उक्त क्षेत्रमा सक्रिय छैनन् ।

किङफिसर सुपरमोडल्स-२ मा सहभागिता जनाउन आस्था बितेका चार महिनादेखि मुम्बईमा थिइन् । एनडिटिभीबाट कात्तिक २२ गते प्रसारण प्रारम्भ भएको उक्त रियालिटी शोको निर्णायक प्रतियोगिता पुस ७ गते सम्पन्न भएको हो । प्रतियोगितामा आस्थासहित ९ जना भारतीय मोडल प्रतिस्पर्धामा थिए । बलिउड नायिका नेहा धुपियाद्वारा सञ्चालित उक्त प्रतियोगितामा विजयी भएपछि आस्थाले टि्वटर तथा फेसबुक फ्यान पेजमार्फत आफ्नो विजयको खुसीयाली बाँडेकी थिइन् । रियालिटी शोका क्रममा अन्य प्रतियोगीझैं आस्थाले पनि द इन्डियन राइड, रेकिङ बल, पेटा गो भेगान, टाइपोग्राफी, एरियलजस्ता थिममा विभिन्न क्रियाकलाप तथा फोटोसेसनमा सहभागिता जनाउनुपरेको थियो । रियालिटी शोका लागि अतुल कस्बेकर तथा कोल्सटन जुलियनजस्ता नाम चलेका फोटोग्राफरले उनको फोटोसेसन गरेका थिए । रियालिटी शोको निर्णायकमा फेसन तथा मोडलिङ क्षेत्रका स्थापित नामहरू निखिल थाम्पी तथा अमित साढ थिए भने नायिका नेहा धुपियाले मेन्टरका रूपमा निर्णायकहरूलाई साथ दिएकी थिइन् ।

किङफिसर क्यालेन्डर भारतको युनाइटेड ब्रुअरी ग्रुप (यूबी ग्रुप) ले सन् २००३ देखि प्रत्येक वर्ष प्रकाशन गर्दै आएको छ । उक्त क्यालेन्डरमा मोडलहरूलाई स्वीमसुटमा प्रस्तुत गरिन्छ । किङफिसर क्यालेन्डरमा तस्बिर प्रकाशित हुनु भारतीय मोडलिङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठाको विषय मानिन्छ । चर्चित फेसन फोटोग्राफर अतुल कस्बेकरको फोटोग्राफी तथा विश्वका विभिन्न रमणीय स्थल (यसपटक टर्की) मा खिचिने ग्ल्यामरस तस्बिर किङफिसर क्यालेन्डरको सबैभन्दा ठूलो आकर्षक हो । विश्वमै चर्चित उक्त क्यालेन्डरमा सहभागी हुन पाउनु हरेक मोडलको सपना हुन्छ । त्यसमा सहभागी हुनका लागि आयोजना हुने प्रतिस्पर्धामा विभिन्न देशका मोडलले भाग लिन्छन् । विगत १३ वर्षदेखि प्रकाशन भैरहेको किङ फिसर क्यालेन्डर प्रतिभाशाली तथा सुन्दर मोडलहरूलाई मोडलिङ हुँदै बलिउडसम्म स्थापित गर्ने माध्यमका रूपमा स्थापित छ । बलिउडका नायिकाहरू कटरिना कैफ, दिपिका पादुकोण, याना गुप्ता, नरगीस फाकरी, लिजा हेडन, करिश्मा कोटक आदि किङफिसर गर्लबाटै बलिउडसम्म आएका हुन् । विगतको परम्परा हेर्ने हो भने आस्था पोखरेलका लागि बलिउडको ढोका खुला भएको मान्न सकिन्छ ।

आस्थाले सुपर मोडल्स-२ को उपाधि जित्नुका पछाडिको सम्भावित कारण खोतल्दै रियालिटी शोकी मेन्टर तथा बलिउड अभिनेत्री नेहा धुपियाले भनेकी छिन्— 'आस्थाको अग्लो कद तथा ताजा अनुहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसबाहेक उनले प्रस्तुत गरेको ठूलो उत्साह महत्वपूर्ण कारण हो । वास्तवमै आस्थाले फेसन उद्योगमा असाधारण करिअरको थालनी गरेकी छिन्,' एनडिटिभी गुडटाइम्सकी प्रमुख आरती सिंहले पनि आस्थाको प्रसंसा गर्दै भनेकी छिन्— 'आस्था सबै काममा वास्तविक विजेताका रुपमा देखा परेकी छिन् । उनी किङफिसर सुपरमोडल-टुको विजेता बन्न योग्य छिन् ।'

फेसन तथा मोडलिङको क्षेत्रमा आस्थाले हासिल गरेको यो उपलब्धि नेपाली मोडलिङ कै लागि लोभलाग्दो एवं उदाहरणीयछ । आस्था 'किङफिसर सुपरमोडल टु' को विजेताका साथै किङफिसरको विश्वप्रसिद्ध क्यालेन्डरमा आफूलाई सहभागी गराउने पहिलो नेपाली मोडल बन्न सफल भएकी हुन् । विजयी भएपछि आस्थाले भारतीय सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै भनेकी छिन्— 'यो प्रतिस्पर्धामा विजेता बन्नु मेरा लागि जीवनकै अविस्मरणीय क्षण भएको छ । म यो क्षणलाई आफ्नो सपना साकार भएको अवस्थाका रूपमा लिन्छु ।'

मिस नेपाल-२०१४ को प्रशिक्षणका क्रममा साप्ताहिक संवाददातासँगको भेटमा आस्थाले सन् २०१० देखि मोडलिङ क्षेत्रमा पाइला चालेको कुरा उल्लेख गरेकी थिइन् । एसियाली खेलकुदमा पदक विजेता बक्सिङका राष्ट्रिय खेलाडी बुवा सुशील पोखरेल तथा आमा सारा वान्तवाकी पहिलो सन्तान हुन् आस्था पोखरेल । करिब ९ महिनाअघिको कुराकानीका क्रममा आस्थाले 'मिस नेपाल-२०१४' को प्रतिस्पर्धा टफ भएको उल्लेख गरेकी थिइन् । कुराकानीका क्रममा आस्थाले नेपाली मोडलिङ सकारात्मक दिशातर्फ अघि बढेको प्रतिक्रिया दिँदै भनेकी थिइन्— 'नेपालको फेसन उद्योग विकसित हुने क्रममा छ । फेसन शो तथा मोडल प्रतियोगिताहरूको बढ्दो संख्या पनि एउटा उपलब्धि नै हो ।' आस्थाले अन्य क्षेत्रमा झैं फेसन तथा मोडलिङमा समेत सरकारी चासोको आवश्यकता रहेको उल्लेख गरेकी थिइन् ।

उनले भनेकी थिइन्— 'भर्खरै विकसित हुने क्रममा रहेको फेसन उद्योगलाई सरकारले समयमै बुझेर विकास तथा प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ,' आस्थाले एउटा सफल मोडल बन्न राम्री देखिनुका साथै उनको बोली, हिंडाइ, आफूलाई प्रस्तुत गर्ने शैली पनि आकर्षक हुनुपर्ने धारणा व्यक्त गरेकी थिइन् । फेसनको परिभाषाका सम्बन्धमा राखिएको एउटा जिज्ञासामा आस्थाले भनेकी थिइन् — 'फेसन भनेको आफूलाई प्रस्तुत गर्ने एउटा कला हो । व्यक्तित्वअनुरूपको पहिरन तथा बोली-व्यवहार पनि फेसन नै हो ।'

नाम    :    आस्था पोखरेल

उचाइ    :    ५ फिट ९.५ इन्च

शिक्षा    :    नर्सिङमा स्नातक

अनुभव    :    मिस नेपाल-२०१४ मा टप फाइभ, एसियाज नेक्स्ट टप मोडलमा टप फाइभ तथा सुपरमोडल इन्टरनेसनलमा टप टेन ।

रुचि    :    फोटोग्राफी, चित्रकला एवं नृत्य

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik