• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
लास्ट नाइट अफ फ्रिडम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

लास्ट नाइट अफ फ्रिडम
भाद्र १८, २०७२

स्थान    :    सुकुटे पुलनजिकै सुनकोसीको किनार । 

समय    :    साँझ ७ बजे ।

सुनकोसी किनारमा लस्करै टेन्ट टाँगिएको छ । मधुरो अंग्रेजी गीतको धुन बजिरहेको छ । छेउमा एक हूल तन्नेरी देखिन्छन् । उनीहरूले टेन्टभित्रबाट केक ल्याएर मध्यभागमा राखिदिन्छन् । निश्चित अर्यालका निम्ति यो अप्रत्याशित नै हो र उनी ‘सरप्राइज्ड’ हुँदै साथीहरूप्रति हार्दिकता प्रकट गर्छन् । त्यसपछि सबै जना उमंगका साथ टकिला भरिएको गिलास उठाउँछन् र एकै पटकमा स्वाट्टै रित्याउँछन् । 

काठमाडौं विश्वविद्यालयबाट विटेकमा एमफिल गरिरहेका निश्चित विवाह बन्धनमा बाँधिने भएपछि उनका सहपाठीहरूले यो कार्यक्रमको मेसो मिलाएका हुन् । घरगृहस्थीमा फस्नुअघिको यो त्यस्तो रात हो, जुन अब फेरि अनुभव गर्न पाइनेछैन । त्यसैले सम्भावित दुलाहाका निम्ति यो ‘स्वतन्त्रताको अन्तिम रात’ हुनेछ । 

यदि युरोप/अमेरिकामा हुँदो हो त उनीहरू स्ट्रिप क्लब जाने थिए । स्ट्रिप डान्सरको कामुक भावभङ्गीको नृत्यसँगै मदिरामा लठ्ठिने थिए । यद्यपि नेपाली परिवेशमा त्यस्तो ट्रेन्ड भित्रिइसकेको छैन । त्यसैले उनीहरू सिन्धुपाल्चोकको सुकुटे पुगे अनि उन्मुक्त पिउँदै, नाच्दै, गाउँदै रात गुजारे । 

यो हो– ब्याचलर पार्टी, विवाह हुने पक्का भैसकेपछि आफ्ना साथीका निम्ति सहपाठीहरूले यस्तै पार्टी आयोजित गर्छन् । किनभने, विवाहपछि उसको पारिवारिक दायित्व थपिनेछ । ऊ बिस्तारै गृहस्थीमा फस्नेछ । साथीभाइको संगत र भेटघाट पातलिनेछ । साथीहरू क्रमश: मस्तिष्कबाट विस्मृत हुँदै जानेछन् । त्यसैले युवावयमा नङ र मासुजस्तै जोडिएका उनीहरू आफ्नो सम्बन्धको एउटा अध्याय पूरा भएको संकेतस्वरूप ‘स्मरणीय रात’ बिताउँछन् । यसैलाई भनिन्छ– ब्याचलर पार्टी । 

अहिले सहरी क्षेत्रमा ब्याचलर पार्टीको लहर चलेको छ । साथीको विवाह हुने कुरा टुंगो लाग्नासाथ सहपाठीहरू पैसा जम्मा गर्छन् र सम्भावित दुलाहालाई ‘सरप्राइज्ड पार्टी’ दिन्छन् । नेपालमा यो ट्रेन्ड भित्रिएको धेरै भएको छैन । जबकि विश्वमा पाँचौं शताब्दीदेखि नै ब्याचलर पार्टी प्रचलनमा आएको पाइन्छ । 

अध्ययनका सिलसिलामा अमेरिका बस्दा लोकन्थली निवासी निश्चित अर्यालले ब्याचलर पार्टीको अनुभव गरेका थिए । ‘त्यहाँ त अनिवार्य जस्तै छ,’ निश्चित भन्छन्– ‘इंगेन्जमेन्ट भैसकेपछि दुलहाका साथीहरूले भव्य रूपमा ब्याचलर पार्टी दिन्छन् ।’ त्यहाँ दिइने पार्टीको प्रकृति अलि भिन्न हुन्छ । खासगरी त्यस रात सबै जना यौनजन्य मनोरञ्जनमा लिप्त हुन्छन् । त्यसैले अमेरिकामा ब्याचलर पार्टीको उपयुक्त गन्तव्य हुने गरेको छ– स्ट्रिप क्लब । यस्ता पार्टीका लागि अमेरिकाको लासभेगास प्रख्यात छ । पार्टीमा हुनेवाला दुलाहालाई साथीहरूले कन्डोम, सेक्स टोयजस्ता उपहार प्रदान गर्छन् । कतिपय अवस्थामा त ब्याचलर पार्टीमा काटिने केकको डिजाइनमा समेत यौनाङ्गको आकृति हुन्छ । पेसेवर यौनकर्मीसँग रात बिताउने जस्ता उत्ताउला हर्कत गर्न पनि उनीहरू कञ्जुस्याइँ गर्दैनन् । नेपालमा पनि केटाहरूले ब्याचलर पार्टीमा आफ्ना केटी साथीहरू निम्त्याउने गरेको बाइक स्टन्ट राइडर दिपेश श्रेष्ठ बताउँछन् । ‘त्यसैले हाम्रो समाजले यसलाई त्यति सकारात्मक रूपले लिएजस्तो लाग्दैन,’ श्रेष्ठ भन्छन्– ‘यो पश्चिमा शैली हाम्रो परिवेशमा मिल्दैन ।’ 

अमेरिका तथा दक्षिण अफ्रिकामा यसलाई स्टेज पार्टी, स्टेज नाइट, बक् पार्टीजस्ता नामले चिनिन्छ । विश्वका थुप्रै मुलुकमा ब्याचलर पार्टी प्रचलनमा छ । यद्यपि त्यसको शैली र नाममा भने एकरूपता छैन । 

पश्चिमा मुलुकमा यस्तो पार्टी अर्गनाइज गर्ने छुट्टै ‘ब्याचलर पार्टी प्लानिङ कम्पनी’ सञ्चालनमा हुन्छन् । ती कम्पनीले सेवाग्राहीको बजेटअनुसार पार्टीको व्यवस्था गरिदिन्छन् । नेपालमा पनि एकाध यस्ता कम्पनी छन्, जसले विवाहको सम्पूर्ण योजना बनाउनेदेखि कार्यभार वहन गर्नेसम्मको काम गर्छन् । तिनै कम्पनीले ब्याचलर पार्टीको प्लानिङ गर्ने गरेको बताइन्छ । यद्यपि यस किसिमको अभ्यास त्यति चल्तीमा भने छैन । 

हुन त हामीकहाँ विवाहअघि हुनेवाला दुलाहाले नजिकका साथीभाइसँग रमाइलो जमघट गर्ने चलन धेरै अघिदेखि विद्यमान छ । विवाहको उल्लास एवं खुसी साट्न गरिने यस किसिमको जमघट कति मात्र फरक छ भने यसलाई अक्सर हुनेवाला दुलाहाले आयोजना गर्छन् । ब्याचलर पार्टीमा भने हुनेवाला दुलाहाका निम्ति साथीभाइले पार्टीको व्यवस्था मिलाउँछन्, त्यो पनि अप्रत्याशित रूपमा । 

हालसालै प्रणयसूत्रमा बाँधिएका इटहरीका निरज नेपालसँग ब्याचलर पार्टीको रोमाञ्चक अनुभव छ । वैशाखको दोस्रो साता विवाह हुने टुंगो भैसकेपछि उनलाई साथीहरूले सुकुटेमा नाइट स्टेको अफर गरे । सुकुटे पुगेपछि साथीहरूले उनको हातमा एउटा उपहार थमाए । त्यो फुटबल क्लब ‘चेल्सी’को जर्सी थियो । चेल्सीका डाइहार्ड फ्यान निरज खुसीले उद्वेलित भए । ‘त्यतिबेला म एकदमै एक्साइटेड थिएँ,’ निरज सम्झन्छन्– ‘किनभने यो सबै व्यवस्थापन नाटकीय रूपमा भैरहेको थियो ।’ त्यस रात उनीहरूले खाँदै–पिउँदै बिन्दास रूपमा रमाइलो गरे । 

खासमा ब्याचलर पार्टी सम्भावित दुलाहाका लागि अप्रत्याशित हुन्छ । उनका निकट साथीभाइले आ–आफ्ना तर्फबाट पैसा संकलन गर्छन् र थाहै नदिई यस्तो पार्टीको चाँजोपाँजो मिलाउँछन् । ‘यसमा यति नै पैसा दिनुपर्छ भनेर तोकिँदैन,’ दीपक भन्छन्– ‘आफूले सकेजति दिने हो ।’ पैसा संकलन गरेपछि कुन ठाउँ जाने र कस्तो किसिमको पार्टी दिने भन्ने कुराको टुंगो हुन्छ । ब्याचलर पार्टीका निम्ति तन्नेरीहरू सिन्धुपाल्चोक, नगरकोट, धुलिखेलदेखि पोखराको लेकसाइडसम्म पुग्ने गरेका छन् । त्यस्तै, ठमेल र झम्सीखेलका पव तथा बार पनि उनीहरूको रोज्जा गन्तव्य हुन् । 

यो पार्टीलाई स्मरणीय बनाउन अनेकौं तौरतरिका अपनाइन्छ । हुनेवाला दुलाहालाई अपहरण गरेर कुनै एकान्त ठाउँमा पुर्‍याइन्छ । अनि अनपेक्षित रूपमा साथीभाइ भेला भएर उपहारसहित पार्टी दिइन्छ । यद्यपि सबैको हकमा यस्तो सम्भव हँुदैन । त्यसैले ठाउँ र परिस्थितिअनुसार आ–आफ्नै ढंगले ब्याचलर पार्टी दिइएको पाइन्छ । रात्रिकालीन समय, रक्सी र संगीतचाहिँ ब्याचलर पार्टीका साझा विशेषता हुन् । ब्याचलर/ब्याचलरेट पार्टीको रूपरेखा दुलाहा वा दुलहीको रुचि, सौख, प्रवृत्तिअनुसार तयार हुने विश्वव्यापी चलन छ ।

 यस किसिमको पार्टी दिने चलन हलिउड/वलिउड सेलिब्रेटीमा पनि निकै छ । हालसालै विवाह बन्धनमा बाँधिएका बलिउड स्टार शाहिद कपुरको ब्याचलर पार्टीको समाचार मिडियाका निम्ति राम्रै मसला बन्यो । दिल्लीवाली मीरा राजपूतलाई भित्र्याउनुअघि ग्रिसमा ब्याचलर पार्टी आयोजना गर्ने र त्यसमा शाहिद स्वयंले डिजेइङ गर्ने कुरा चर्चाको विषय बने पनि पछि उक्त पार्टी स्थगित भएको समाचार आयो । 

हलिउड सेलिब्रेटीहरू ब्याचलर/ब्याचलरेट पार्टीलाई आफ्नो स्टाइलिस एवं विन्दास जीवनशैलीलाई बिदाइ गरेको संकेतका रूपमा सेलिब्रेट गर्छन् । रमाइलो त के छ भने हलिउड सेलिब्रेटीले आफ्नो प्रेम जीवन एवं दाम्पत्य जीवन टुटेपछि पनि ‘स्वतन्त्रताको रात’ मनाउने गरेका छन् । 

हेन नाइट 

नेपालमा हेन नाइटको दुरुस्तै अर्थ हुन्छ— कुखुरी रात । सुन्दै रमाइलो लाग्ने यही रातलाई स्वतन्त्रताको अन्तिम रातका रूपमा केटीहरूले सेलिब्रेट गर्छन् । केटाहरूले ‘ब्याचलर पार्टी’ मनाएझैं, केटीहरूले ‘ब्याचलरेट पार्टी’ मनाउँछन् । यद्यपि ब्याचलरेट पार्टी हेन पार्टी तथा हेन नाइटका रूपमा बढी चल्तीमा छ । 

‘नेपालमा पनि हेन नाइटको चलन प्रारम्भ भैसकेको छ,’ बाइक स्टन्ट राइडर दिपेश श्रेष्ठ भन्छन्– ‘केटीहरू विवाहअघि आफ्ना नजिकका साथीसँग यस्तो पार्टी आयोजित गर्छन् ।’ विवाहपछि केटीहरू त्यति स्वतन्त्र हँुदैनन्, जति विवाहअघि हुन्छन् । उनीहरूले पराई घरमा जानुपर्छ । भिन्न परिवेश, भिन्न चलनमा आफूलाई अभ्यस्त गराउनुपर्छ । पारिवारिक बन्धनमा बाँधिनुपर्छ । त्यसैले विवाहअघिको भरपुर आनन्द उठाउन सहरिया युवतीहरूले ब्याचलरेट पार्टी मनाएको पाइन्छ । यसका निम्ति उनीहरू कुनै पव, बार वा रेस्टुराँ पुग्छन् । यतिबेला उनीहरूले विगतका प्रेम प्रसंगको चर्चा गर्दै रमाइलो गरेको पाइन्छ । 

पश्चिमा मुलुकमा हेन नाइट अलि अश्लील हर्कतका साथ मनाइन्छ । यस्ता पार्टीमा पुरुषको प्रवेश निषेध हुन्छ । अनौठो सजावट, त्यस्तै किसिमको पहिरन, पुरुष यौनाङ्को आकृतिको केक र पुरुष स्ट्रिपरका साथमा युवतीहरू हेन पार्टी मनाउँछन् । पार्टीमा जुन युवतीको विवाह हँुदैछ, उनलाई विशेष किसिमले ड्रेसअप गराइन्छ । हेन पार्टीमा मस्तीको कुनै सीमा हँुदैन । 

मदिरा, म्युजिक र मस्तीको रात 

प्रचलित मान्यता के छ भने विवाह भनेको बन्धन हो । विवाहपछि मानिस घर–गृहस्थीमा फस्छ । यसले उसको स्वतन्त्र जीवशैली पूरै प्रभावित हुन्छ । सम्भवत: यही मान्यताबाट प्रेरित भएर विवाहअघि ‘स्वतन्त्रताको रात’ मनाइएको हो । 

डिजे शिशिर भन्छन्– ‘ब्याचलर पार्टी भनेकै रक्सी, संगीत र मस्तीको रात हो ।’ यो रात हुनेवाला दुलाहा/दुलहीका निम्ति स्वतन्त्रताको अन्तिम रात हो र यसलाई उनीहरूले सक्दो उपभोग गर्छन् । ‘रक्सीबिनाको ब्याचलर पार्टी हुँदैन,’ दीपक ठट्यौली शैलीमा भन्छन् । ब्याचलर पार्टीकै बहानामा युवाहरू नयाँ–नयाँ स्वाद चाख्न, अनुभव लिन चाहन्छन्, – दीपकले बताए । 

पश्चिमा मुलुकमा जसको विवाह हुँदैछ, उसलाई पेसेवर यौनकर्मीको साथमा छाडिदिनेसम्मको चलन छ । नेपालमा यस्तो सम्भव नभए पनि पब वा बारमा केटीसाथी पनि सहभागी हुन सक्ने दीपकले बताए । विवाहपछि आफ्ना साथीभाइसँग रमाइलो जमघट गर्ने अवसर नजुर्न सक्छ । पति/पत्नीले एक–अर्काको नियन्त्रणमा रहनुपर्ने हुन्छ । उनीहरूले खुलेर आफ्नो स्वतन्त्रता भोग गर्न पाउँदैनन् । त्यसैले यतिबेला उनीहरू सबै कुरा स्वीकार गर्न तयार हुन्छन्, रक्सीदेखि तरुनीसम्म ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik