• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
गोल्डस्टारको चमक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

गोल्डस्टारको चमक
जेष्ठ ११, २०७५

गोल्डस्टार जुत्ता नेपालको लोकप्रिय ब्रान्ड हो । नेपालका दर्जनौं जुत्ता उद्योगमध्ये किरण सुजले उत्पादन गर्ने जुत्ता २०४३ सालदेखि नेपाली बजारमा आएको हो । यद्यपि यो कम्पनीले सुरुवातमै गोल्डस्टार जुत्ताको उत्पादन थालेको भने होइन, किरण सुजका सञ्चालक अमिर राणा भन्छन्, ‘अहिले गोल्डस्टारलाई जतिले मन पराउनुभएको छ, यो सफलताका पछाडि धेरै संघर्ष लुकेको छ ।’

तीन जनाको ६ करोडको लगानीमा सुरु भएको यो उद्योगमा अहिले त्यतिबेलाका सञ्चालकमध्ये दुई जना मात्र छन् । यो उद्योगले प्रारम्भिक २०३४ मा हेटौंडामा हात्तीछाप चप्पलको उत्पादन थालेको थियो । झन्डै १ वर्ष योजना बनाएर सुरु भएको यो उद्योगले जब चप्पल उत्पादन थाल्यो, केही समयपछि नै सञ्चालकहरूलाई लाग्यो— हामीले गलत ठाउँमा हात हाल्यौं ! ‘जति प्रयास गरे पनि भनेजस्तो उत्पादन नभएपछि भारतबाट एक जना टेक्निसियन बोलायौं,’ सञ्चालक राणा भन्छन्— ती टेक्निसियनले सुरुमा उद्योगलाई डोर्‍याउने काम गरेपछि उद्योगका ब्रान्ड निरन्तर उत्पादन थालेका हुन ।

भारतबाट ल्याइएको मेसिनबाट सुरु भएको चप्पल उत्पादनको सफलतापछि हौसला मिलेको उद्योगलाई त्यसपछि जुत्ता उत्पादन गर्ने सोच आयो । यद्यपि जुत्ता उत्पादन गर्न केही चुनौती थियो । जुत्ता उत्पादनका लागि मेसिन न भारतमा भेटियो, न चीनमा । किरण सुजले इटलीबाट एउटा मेसिन भित्र्याएसँगै जुत्ता पनि उत्पादन सुरु भयो । सुरुवातमा जुत्ताको नाम राखियो— स्पार्क । स्पार्क सुज केही समय चलेपछि कम्पनीले नयाँ जुत्ता बनाउने सोच बनायो, तर कस्तो खालको उत्पादन बजारमा पठाउने भन्ने विषयमा अलमल भयो । यसबीच उद्योगले गोल्डस्टार जुत्ता उत्पादन गर्ने निर्णय गर्‍यो ।

‘गोल्डस्टार जुत्ता बजारमा गएको केही समयमै यति धेरै बिक्री भयो कि ग्राहकले ब्ल्याकमा समेत किनें,’ सञ्चालक राणा भन्छन्— ‘गोल्डस्टार जुत्ता ब्ल्याकमा समेत बिक्री हुन थालेपछि हामीले त्यसको उत्पादन थप बढायौं र गोल्डस्टारका विभिन्न जुत्ता बजारमा पठायौं ।’ उत्पादन थालेको यतिका वर्षसम्म पनि ग्राहकले मन पराइरहनुभएको छ, यो खुसीको कुरा हो, –राणा भन्छन् ।

किरण सुजले हाल दैनिक ८० हजार जोर गोल्ड स्टार जुत्ता उत्पादन गर्छ । तीमध्ये नेपालबाहेक भारतमा सबैभन्दा बढी निकासी हुन्छ यो जुत्ता । गोल्डस्टार जुत्ताको उत्पादक किरण सुजका उत्पादन दक्षिण एसियाभर नै लोकप्रिय छन् । गोल्डस्टार जुत्ता विश्वप्रसिद्ध चिनियाँ अनलाइन रिटेल कम्पनी अलिबाबामा समेत किन्न पाइन्छ । यति मात्र होइन, गोल्डस्टार दुबई, कतार, मलेसिया, थाइल्यान्ड आदि एसियाली मुलुकसम्म पनि पुगिसकेको छ भने किरण सुजले अब चाँडै आफ्ना उत्पादन अस्ट्ेरलियासमेत पठाउने योजना बनाएको छ ।

यो कम्पनीले प्रत्यक्ष रूपमा ३ हजारलाई रोजगारी दिएको छ त्यसमध्ये ६५ प्रतिशत महिला छन् । यो कम्पनी सबैभन्दा बढी रोजगारी दिने नेपालका टप ५ कम्पनीमध्ये एक हो । नेपालमा एक वर्षमा ४ करोड जोर जुत्ता आयात हुन्छ । नेपाली ब्रान्डबाट मात्र २ करोड ५० लाख जुत्ता उत्पादन हुने अनुमान गरिन्छ । किरण सुजका उत्पादनले नेपाली बजारको ५० प्रतिशत माग पूरा गरेको छ । ६ करोडमा उत्पादन सुरु भएको उद्योगको पुँजी अहिले ८ अर्बभन्दा माथि छ । नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका नक्कली जुत्ता छ्यापछ्याप्ती पाइने भएकाले भन्सारमा कडाइ गरी नेपाली उत्पादनलाई नै प्राथमिकता दिनुपर्ने सञ्चालक राणा बताउँछन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik