• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
सामाजिक सञ्जालका हिरोहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

सामाजिक सञ्जालका हिरोहरू
चैत्र १४, २०७५

फेसबुक अहिले संसारकै सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल मानिन्छ । फेसबुकका प्रयोगकर्ताहरू संसारभर छरिइसकेका छन् । यसका प्रयोगकर्ताहरू दैनिक लगभग १ अर्ब ५० करोड भएको एक तथ्यांकले देखाएको छ । द सोसलमिडिया टुडे डट्कमका अनुसार नेपालमा भने सन् २०१८ सम्म ९५ लाख मानिस फेसबुकसँग जोडिइसकेका छन् । 

 

सन् २००४ को फेबुअरीमा सामाजिक सञ्जाल फेसबुक प्रारम्भ गर्दा मार्क जुकरबर्गले यसको लोकप्रियताबारे सायदै सोचेका थिए । सन् २००३ को जुलाईमा सार्वजनिक गरिएको फेसमासलाई नै जुकरबर्गले पछि फेसबुकमा परिणत गरेका थिए । फेसबुक अहिले संसारकै सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल मानिन्छ । फेसबुकका प्रयोगकर्ताहरू संसारभर छरिइसकेका छन् । यसका प्रयोगकर्ताहरू दैनिक लगभग १ अर्ब ५० करोड भएको एक तथ्यांकले देखाएको छ । द सोसलमिडिया टुडे डट्कमका अनुसार नेपालमा भने सन् २०१८ सम्म ९५ लाख मानिस फेसबुकसँग जोडिइसकेका छन् । 

अभिनेत्री रेखा थापा फेसबुकमा सबैभन्दा बढी लाइक्स भएकी नेपाली सेलिब्रिटी हुन् । ३३ लाख ५ हजारभन्दा बढीले उनको पेजमा लाइक्स गरेका छन् । राजनैतिक, सामाजिक, चलचित्रसँग सम्बन्धित विषयवस्तुमा उनले स्टाटसहरू लेख्दै आएकी छिन् । रेखा आफ्ना तस्बिर र मिडियामा प्रकाशित समाचार, लेखहरू सेयर गर्न पनि फेसबुक नै प्रयोग गर्छिन् । समसामयिक विषयमा तिखो टिप्पणी गरेर चर्चामा आइरहने अभिनेत्री रेखा सामाजिक जनचेतना जगाउने कार्यक्रममा पनि फेसबुकमार्फत नै सक्रिय हुन्छिन् । पछिल्लो समय तराईमा बेटी पढाऔं, बेटी बचाऔं नारा दिएर बालविवाह अन्त्यका लागि सुरु भएको अभियानमा उनको सक्रियतालाई फेसबुकले नै सहज बनाइदिएको हो ।

फेसबुकमा सबैभन्दा बढी लाइक्स हुनेहरूमा पूर्वर् प्रधानमन्क्री एवं नयाँ शत्तिका संयोजक डाक्टर बाबुराम भट्टराई, गायिका मुना थापामगर, सुनिता दुलाल, अन्जु पन्त, पूर्वमिस नेपाल माल्भिका सुब्बा, हास्यकलाकार हरिवंश आचार्यजस्ता हस्तीहरू छन् । 

गायिका मुना थापामगरको फेसबुक पेजमा २० लाख ४५ हजारभन्दा बढी लाइक्स छ । सांगीतिक कार्यक्रमका लागि देश, विदेश तथा विभिन्न स्थानमा पुग्दा खिचिएका भिडियो र तस्बिरहरू उनले आफ्नो पेजमा पोस्ट गर्दै आएकी छिन् । सांगीतिक जीवनलाई अझ सफल बनाउन उनलाई फेसबुकले सघाएको कुरालाई उनी स्वीकार गर्छिन् । मुना भन्छिन्— सामाजिक सञ्जाल नभएको भए ठूलो संख्यामा पुग्न सकिदैनथ्यो । 

पूर्वमिस नेपाल माल्भिका सुब्बाको पेजलाई ९ लाख २५ हजारभन्दा बढीले लाइक्स गरेका छन्, माल्भिकाले आफ्नो पेजलाई सामाजिक कामका लागि सदुपयोग गरिरहेकी छिन् । उनको व्यवसायिक कामका लागि फेसबुक पेजले निकै सघाइरहेको छ । आफ्ना टेलिभिजन कार्यक्रम, आफूले खेलेका विज्ञापन र आफ्ना बारेमा प्रकाशित समाचारलाई नछुटाइ उनले फेसबुकमा सेयर गर्दै आएकी छिन् । 

टिकटकको क्रेज

पहिले म्युजिकल्ली नाममा लन्च गरिएको सामाजिक सञ्जाल नै अहिले टिकटकका रूपमा लोकप्रिय छ । अहिले टिकटकका प्रयोगकर्ताहरू पनि बढिरहेका छन् । विशेष गरी टिनएज र युवा पुस्तामाझ टिकटक लोकप्रिय बन्दै गएको छ । यसमा १५ सेकेन्डको भिडियो सेयर गर्न मिल्ने र लाइभ ब्रोडकास्ट गर्न सकिने सुविधा छ । १५ सेकेन्डमा डान्स, कमेडी, अभिनय, लिप्सिंक वा अरू खाले रचनात्मक भिडियोहरू बनाउन सकिन्छ । 

नेपाली टिकटक प्रयोगकर्ता विज्जु३२१० (विजय बानियाँ) छोटो अवधिमै चर्चा कमाउन सफल व्यक्ति हुन् । उनले हिन्दी चलचित्रका गीतमा अरू साथीसँग मिलेर भिडियो बनाउँथे । उनले नियमित रूपमा भिडियो बनाउन थाले । उनको अभिनय र डान्सलाई धेरैले रुचाए । उनी द नेक्स्ट डान्सिङ ग्रुपमा सदस्यका रूपमा पनि सक्रिय छन् । अचेल उनका हरेक भिडियोहरूले १ लाखभन्दा बढी हार्टस् पाउँछन् । उनले ट्रेन्डिङमा आएका गीतहरूलाई आधार बनाएर भिडियो बनाइरहेका छन् । भारत, पाकिस्तान, अस्ट्रेलिया, अमेरिकाजस्ता मुलुकबाट उनका भिडियोहरूमा कमेन्ट आउँछ । 

युनि आले टिकटककी अर्की चर्चित प्रयोगकर्ता हुन् । नेपाली सामाजिक सञ्जालमा व्यापक रूपमा हेरिने, खोजिने आले आफ्नो अभिनय क्षमताका कारण अहिले चर्चामा छिन् । अभिनय, नृत्य, लिप्सिक गरेर भिडियो बनाउने आलेलाई १ लाख ६८ हजारभन्दा बढीले टिकटकमा फलो गरेका छन् । उनलाई ४७ हजारभन्दा बढीले इन्स्टाग्राममा फलो गरेका छन् । तिमी नै छौं गीतको म्युजिक भिडियोमार्फत पहिलो पटक अभिनय क्षेत्रमा प्रवेश गरेकी आलेलाई अन्य म्युजिक भिडियोमा पनि देख्न सकिन्छ । पेसाले नर्स उनले धेरैको मन जितिसकेकी छिन् । आलेले लघु चलचित्रहरूमा पनि अभिनय गरेकी छिन् । 

६ महिनाअघि टिकटकमा भिडियो बनाउन थालेका ट्विन सिस्टर प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा छोटो समयमै लोकप्रिय भएका छन् । थोरै भिडियो राखेर धेरै चर्चा बटुलेका यी ट्विन सिस्टरलाई टिकटक भिडियोको लोकप्रियताकै आधारमा चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्ने प्रस्ताव आइरहन्छ । प्रस्ताव आएजति सबै स्वीकार गर्दैनन् । छानेर, राम्रो लागेमा मात्र काम गर्ने उनीहरूको सोच छ । ‘बिस्तारै आउँछौं तर हामी सेलाउँदैनौं,’ उनीहरूले एक स्वरमा भने । सुरुमा रमाइलोका लागि भिडियो बनाउने ट्विन सिस्टरको आम्दानीको बाटो पनि अहिले यही बनिसकेको छ । ‘बाटैमा भेट भयो रै’छौं काले–काले’ गीतबाट टिकटक भिडियो बनाएर आफ्नो यात्रा सुरु गरेका ट्विन सिस्टरले बनाएको मेरे सरकार भिडियो त भारतमा समेत भाइरल भएको थियो । त्यसपछि उनीहरूको फलोअर्सको संख्या बढ्दै गयो । ‘मन पर्छ । धेरै राम्रो लाग्छ भनेर म्यासेज आउन थाल्यो ।’ गत साता भेटिएका प्रिज्मा र प्रिन्सीले एकै स्वरमा भने । ‘थोरै समयमा धेरैले हामीलाई रुचाइदिनुभयो ।’ पहिले भिडियो बनाउन उनीहरूलाई ७/८ टेक लिनुपर्थ्यो, तर अहिले ३ टेक लिए पुग्छ । 

 

इन्टरनेटको पहुँच बढेसँगै नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या दिनहुँ बढ्दो छ । सहरी क्षेत्र मात्र होइन, गाउँका कुनाकन्दरामा समेत सामाजिक सञ्जालमा जोडिनेहरू बढ्दैछन् । सर्वसाधारणदेखि उच्च ओहदामा रहनेहरू अधिकांश सामाजिक सञ्जालबाट टाढा छैनन् । सामाजिक सञ्जालको प्रयोगले चर्चामा आएर सेलिब्रिटी हुनेहरू थुप्रै छन् । 

 

ट्विन सिस्टर हप्तामा दुइवटा मात्र भिडियो पोस्ट गर्छन् । उनीहरूलाई पछ्याउनेहरू धेरै समयदेखि भिडियोको पर्खाइमा हुन्छन् । वेटिङमा थियौं भनेर प्रतिक्रिया आउँदा साँच्चिकै मन पराउनुहुँदो रहेछ भन्ने लाग्यो । मेधावी कलेजमा अध्ययनरत प्रिज्मा र ह्वाइट हाउसमा पढ्ने प्रिन्सी कलेजमा नृत्यका कार्यक्रममा भाग लिन हुरुक्कै हुन्थे । अहिले त टिकटक भिडियोकै कारण विभिन्न चलचित्रको प्रचार–प्रसारका लागि समेत उनीहरूलाई अफर आउँछ । सामसङले हालै एम सिरिज मोबाइल सार्वजनिक गरेपछि ट्विन सिस्टरलाई इन्फ्लुयन्सरको जिम्मेवारी दियो । पढाइलाई निरन्तरता दिँदै टिकटक यात्रामा अघि बढेका ट्विन सिस्टरलाई यो एप्स वरदान नै भैदियो । 

सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटक संसारभर यति लोकप्रिय भयो कि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई यसले तान्यो । गुगलले यो एप तीन वर्ष उमेरभन्दा माथिकाले मात्र चलाउन पाउने नियम ल्याए पनि लागू भएको पाइँदैन । एक पटक सन् २०१८ को जुलाईमा इन्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । केही प्रयोगकर्ताले अश्लील भिडियो अपलोड गर्न थालेपछि सरकारले प्रतिबन्ध लगाएको थियो । पछि केही सर्त पालना गर्नुपर्ने बताउँदै उक्त प्रतिबन्ध फुकुवा गरियो ।

ट्विटरको कुरा

पछिल्लो समय ट्विटरमा सक्रिय हुने राजनैतिककर्मीहरूको सूची लामै छ । जसमध्ये डाक्टर बाबुराम भट्टराई, गगन थापा, रवीन्द्र मिश्र, योगेश भट्टराई, कमल थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ आदि विशेष लोकप्रिय छन् । तुलनात्मक रूपमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईका ट्विटहरूले बढी आलोचना कमाउँछन् । डा. भट्टराईलाई १० लाख ७३ हजार भन्दा बढीले ट्विटरमा पछ्याएका छन् । डा. भट्टराई हरेक विषयमा टिप्पणी गर्छन् । उनका हरेक ट्विट तथा स्टाटसहरूमा प्रतिक्रिया दिनेहरूको ओइरो लाग्छ । उनी नकारात्मक प्रतिक्रियाप्रति त्यति वास्ता गर्दैनन् । 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्री छँदा आफ्ना कामको प्रचार–प्रसार गर्ने क्रममा सामाजिक सञ्जालको सदुपयोग गरे । ८ लाख ७१ हजारभन्दा बढीले उनलाई ट्विटरमा पछ्याएका छन् । ट्विटरबाटै उनले प्रतिपक्षको भूमिका निर्वाह गरेका छन् । 

पूर्व पत्रकार रवीन्द्र मिश्रले राजनैतिक दल खोल्न र संगठन विस्तार गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गरे । ८ लाख ४५ हजारले मिश्रलाई ट्विटर फलो गरेका छन् । पहिला मिडिया र परोफकारी काममा सक्रिय मिश्र यतिबेला राजनैतिक कार्यत्रमकै बारेमा सामाजिक सञ्जालमा सामग्रीहरू पोस्ट गर्दै आएका छन् । आममानिससम्म पहुँच बनाउन उनलाई सामाजिक सञ्जालले नै सघाइरहेको मिश्र बताउँछन् । 

पत्रकार नारायण श्रेष्ठ पनि ट्विटरमा बढी फलोअर्स भएका व्यक्तित्व हुन् । उनलाई ३ लाख २ हजारले ट्विटरमा फलो गरेका छन् । लेखक मञ्जुश्री थापा, बुद्धिसागर, सुबिन भट्टराई पनि ट्विटरमा बढी फलोअर्स हुनेहरूमै पर्छन् । 

बिपुल क्षेत्री, स्वप्न सुमन, नितेशजंग कुवर, बर्तिका इयाम राई, सुशान्त केसी, सज्जनराज वैद्य, सिसन बानियाँ, अशोक दर्जी सबै युट्युबकै कारण चर्चामा आएका हुन् । कमेडियन रूपसी बस्नेत, विनायक कुइँकेल, गणेश जिडी, मिङ सेराप, एलिस राई नृत्यांगना आश्मा विश्वकर्मा, सरोज विश्वकर्मा, सबिन कार्की बिस्ट पनि युट्युबकै कारण चिनिएका हुन् । एलिना डन रमाइलो भिडियोका लागि चर्चित छिन्, उनलाई लिभन र टुबोर्ग जस्ता ब्रान्डले इन्फ्ल्युयन्सरका रूपमा लिएको छ । सुरुमै ठूला मिडियाहरूले स्थान नदिए पनि आफ्नै युट्युबमा भिडियो राखेकै कारण चर्चामा आउनेहरूको संख्या ठूलै छ । अन्तर्वार्ता, प्रांक भिडियो, कमेडी, घुमघाम, मेकअप, पाककलाजस्ता क्षेत्रमा भिडियो बनाएर सेलिब्रिटी बन्ने नेपालीहरू पनि धेरै छन् । 

इन्स्टाग्रामबाट चिनिएकाहरू

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएकी नेपाली सेलिब्रिटी हुन्— प्रोमिस तामाङ । १३ लाख ४७ हजारभन्दा बढी फलोअर्स भएकी मेकअप आर्टिस्ट प्रोमिसका युट्युब भिडियोहरू पनि धेरै भ्युज पाउने भिडियोमा पर्छन् । अमेरिकाको क्यालिफोर्नियालाई कर्मथलो बनाइरहेकी प्रोमिस मेकअप सिकाउने भिडियो बनाउँछिन् । इन्स्टाग्राममा भने उनले विभिन्न पोजका तस्बिरहरू पोस्ट गर्छिन् । उनका तस्बिरहरू अरूभन्दा कलात्मक लाग्छन् । उनका तस्बिरहरू हेर्दा मुहारमा कुनै चित्र कुँदेझैं लाग्छ । 

प्रबल गुरुङ विश्वकै चर्चित फेसन डिजाइनरका रूपमा परिचित छन् । ६ लाख ५१ हजारले उनलाई इन्स्टाग्राममा फलो गरेका छन् । अमेरिकन फर्स्ट लेडी मिसेल ओबामाले प्रबलले डिजाइन गरेको ड्रेस लगाएपछि उनको चर्चा चुलिएको थियो । बलिउड हस्ती सोनम कपुर, दीपिका पादुकोण, अमेरिकी गायक बेयोन्सलगायत चर्चित सेलिब्रिटीहरू पनि प्रबलले डिजाइन गरेका ड्रेसमा सजिइसकेका छन् । 

चार वर्षअघि लेमी तामाङ इन्स्टाग्राममा रमाइलोका लागि मात्र आफ्ना तस्बिरहरू पोस्ट गर्थिन् । उनले पोस्ट गरेका तस्बिरले धेरैको ध्यान खिच्दै गयो । नसोचेकै प्रतिक्रिया आउन थालेपछि उनले आफ्नो यो रुचिलाई करिअरमै परिणत गरिन् । मेकअप आर्टिस्ट लेमीलाई इन्स्टाग्राममा अहिले २ लाख ७७ हजारले फलो गर्छन् । मेकअप आर्टिस्टका रूपमा विभिन्न ब्रान्डलाई प्रमोशन गर्न उनले जति अवसर पाइन् त्यसको श्रेय उनी सामाजिक सञ्जाललाई नै दिन्छिन् । 

अभिनेत्री अदिति बुढाथोकी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, परमिता राणा, मलिना जोशी, सिपोरा गुरुङ र अभिनेता आयुष्मान देशराज श्रेष्ठ इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका नेपाली सेलिब्रिटी हुन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik