• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
लुकिछिपी ट्रान्स पार्टी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

लुकिछिपी ट्रान्स पार्टी
चैत्र २०, २०७५

 

लागूऔषध तथा अल्कोहलको नशामा लट्ठहरूलाई चर्को संगीतको धुनले मस्त बनाइदिन्छ अनि सहभागीहरू एकोहोरो हुन्छन् । त्यहाँ उनीहरूलाई एक–अर्काको मतलब हुँदैन । उनीहरू हातमा पेय पदार्थ अथवा लागूऔषध लिँदै नाच्न थाल्छन् अनि एक–अर्कासँग नजिकिन्छन् । विस्तारै अश्लील हर्कत हुन थाल्छ । ट्रान्स पार्टीको विशेषता हो यो । ट्रान्स पार्टी हिम्पीहरूको सर्कलमा बढी लोकप्रिय छ । ट्रान्सपार्टी एकले अर्गनाइज गर्छन् अनि ग्रुपमार्फत आफ्नो सर्कलका व्यक्तिहरूलाई खबर गरिन्छ । यस्तो पार्टी विश्वभर प्रतिबन्धित छ तर पनि यसको आयोजना हुन छोडेको छैन । यस्ता पार्टीमा सहभागी हुन वेबसाइट तथा गुप्रमार्फत जानकारी दिइन्छ । ट्रान्स पार्टी सहर बाहिर प्रायःगरी शान्त ठाउँमा हुन्छ, तर गएको आइतबार भने पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको खहरेमै एउटा ट्रान्स पार्टी सम्पन्न भयो । 

आइतबार खहरेको दि अफिस पब रेस्टुरेन्ट एन्ड बारमा ट्रान्सपार्टी भैरहेको खबर वडा प्रहरी कार्यालय बैदाममा आयो अनि राति साढे ९ बजे वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा प्रहरी टोली त्यतातिर हान्नियो । ‘हामीलाई सूचना आएपछि हाम्रो टोली त्यहाँ गएको हो । हामिले ४४ जना विदेशी तथा १४ जना नेपालीलाई पक्राउ गर्‍यौं जसमा सबै एडल्ट थिए ।’ डिएसपी शाहले भने ।

यो नर्मल ट्रान्स पार्टी हो । उनीहरूले ड्रग्स युज गरेका थिए । प्रहरीले पहिल्यै ‘रेकी’ गरेको थियो । रेड हान्दा उनीहरू संगीतको तालमा रमाइरहेका थिए भने कसै–कसैसँग लागूऔषध थियो । केहीले भने प्रहरी देख्नासाथ साथमा भएको लागूऔषध फालिसकेका थिए । पार्टीका बारेमा जानकारी नभइ त्यहाँ पुगेका केहीसमेत पक्राउ परेको बताइन्छ । ‘ट्रान्स पार्टी फरक–फरक लेभलको हुन्छ यो नर्मल ट्रान्स पार्टी हो’ डिएसपी शाहले भने । 

ट्रान्स पार्टीबाट पक्राउ परेका ५८ जना मध्ये २८ जनालाई आइतबार राती नै छोडियो । भोलिपल्ट २१ जनालाई छोडियो । बाँकी मध्ये ६ जना विदेशी तथा १ जना नेपाली मंगलबार रिहा भए । रेस्टुराँका दुई जना सञ्चालक उपर सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूबाट २ सय ६० ग्राम लागूऔषध समेत बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट २ सय ग्राम चरेस जस्तो कालो पदार्थका एम्फेटामाइन जस्तो सेतो पदार्थ ६० ग्राम बरामद गरेको जनाएको छ । उक्त ट्रान्स पार्टीका लागि विदेशबाटै मगाइएका जर्मन डिजेसमेत पक्राउ परेका थिए । 

सुरुमा बजिरहेको म्युजिक स्टप गरेर प्रहरीले त्यहाँ उपस्थिति सबैको शरीर जाँच गर्‍यो । केहीबाट गाँजा–चरेस आदि भेटियो । केहीले फाल्न र लुकाउन समेत भ्याए ।

त्यहाँ यौनजन्य क्रियाकलाप भने नभएको प्रहरी श्रोतको दाबी छ । प्रहरीका अनुसार उनीहरू डान्स गरिरहेका थिए । कार्यक्रमका बारेमा बार सञ्चालकले आफूलाई ट्रान्स पार्टीको जानकारी नभएको बताएका छन् । ‘थाहा छैन भनेर उम्कन मिल्दैन, कानुन उल्लघन गरेको हो, कारवाही हुन्छ’ डीएसपी शाहले भने । अहिले दुई जना सञ्चालक उपर म्याद थप गरी सार्वजनिक मुद्दाको अनुसन्धान अघि बढाइएको छ । बरामद गरिएको परिमाण निकै कम भएकाले कसैविरुद्ध पनि लागूऔषध मुद्दा नचलाएको प्रहरी स्रोतले जनायो । 

एक महिनाअघि वडा प्रहरी कार्यालय बैदामको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका डिएसपी शाहले आफू आउनासाथ पोखरा लेकसाइडको खहरेलाई निगरानीमा राखेको जानकारी दिए । ट्रान्स पार्टी मात्र नभएर लेकसाइडको खहरेमा विभिन्न किसिमबाट ड्रग्सको कारोबारसमेत भैरहेको पाइएको उनले बताए । त्यहाँ केही व्यक्तिबाट ब्राउन सुगरसमेत बरामद गरिएको उनको भनाइ छ । ‘म आइसकेपछि केहीलाई पक्राउ गर्‍यौ’ शाहले झने । लागूऔषध सेवन र बिक्रीमा युवतीहरूसमेत सत्रिय छन् । पक्राउ पर्नेहरूबाट सानो परिमाणमा लागूऔषध बरामद गरिएको उनले जनाए । त्यस क्रममा केही युजर तथा डिलर फेला परेका छन् । यस्ता गतिविधि खहरेको माथिल्लो भेगमा हुने प्रहरीको भनाइ छ । लागूऔषध बिक्रीमा युवतीहरूसमेत सरिक हुने गरेका छन् भने केही युवती युजरसमेत छन् । कति आय आर्जनको हिसाबमा यसमा लागेका छन् भने केही मस्तीका लागि मात्र । कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले ट्रान्स पार्टीबाट पक्राउ परेका उपर थप अनुसन्धान जारी रहेको बताए । 

के हो त ट्रान्स पार्टी ?

चर्को संगीतको धुनबीच ‘ड्रक्स, सेक्स र अल्कोहल’ को मज्जा लिँदै लगातार ७२ घण्टासम्म चल्ने डान्स पार्टी नै ट्रान्स पार्टी हो । ट्रान्स पार्टी लागूऔषधको सेवन बिना सम्भव हुँदैन । लागू औषधको प्रयोग हुने हुनाले नै यस्तो पार्टीलाई विश्वभर निषेध गरिन्छ । सहभागीहरू संगीतको तालमा लगातार नाच्छन् । यस्ता पार्टीमा कसले के गरिरहेको छ भन्ने मतलब गरिँदैन । पार्टीमा सहभागीहरू निर्वाध रूपमा रमाउन पाउँछन् । यसमा पेय पदार्थ र लागूऔषधको प्रयोगसँगै शारीरिक सम्बन्धसमेत सामान्य मानिन्छ । 

यस्ता ट्रान्स पार्टीमा प्रयोग हुने लागू औषधलाई पार्टी ड्रग्स भनिन्छ । ट्रान्स पार्टीमा प्रायःगरी एक्सटेसी लागू पदार्थ प्रयोग गरिन्छ जुन ट्याबलेटमा उपलब्ध हुन्छ । यसको असर २४ देखि ३२ घण्टासम्म रहन्छ । एलएसडी अर्को पार्टी ड्रग्स हो । यो शरीरमा टाँसिने लागूपदार्थ हो । यसको प्रयोगले मानिसको सोचमा परिवर्तन मात्र नल्याई आनन्द समेत महसुस गराउँछ । ट्रान्स पार्टीमा प्रयोग हुने अर्को ड्रग्स केटामाइन हो । केटामाइनको प्रयोगपछि रिँगटा लाग्नुका साथै बान्तासमेत हुन्छ । कोकिन पनि ट्रान्स पार्टीमा प्रयोग हुन्छ । कोकिन नाकले सुघ्ने लागूऔषध हो जसको प्रयोगले मानिसको मुडमा तत्काल परिवर्तन आउँछ । स्पीड अर्को पार्टी ड्रग्स हो, जसलाई सुँघेर वा इन्जेक्सनद्वारा प्रयोग गरिन्छ । यस्तै गाँजासमेत पार्टी ड्रग्सका रुपमा प्रयोग हुन्छ । यस्ता पार्टीमा धनाढ्य वर्गको सहभागिता बढी पाइन्छ । 

बेला–बेलामा भैरहन्छ ट्रान्स पार्टी

यसअघि २०६९ सालको मंसिरमा पोखराको फूलबारी रिसोर्टमा ट्रान्स पार्टी भएको थियो । त्यतिबेला अवैध लागूऔषध सेवन सहितको ट्रान्स पार्टी प्रहरीकै अनुमतिमा प्रहरीकै सुरक्षाबीच भएको आरोपसमेत लागेको थियो । यस्तै २०७० मा तनहुँको बन्दिपुरमा पनि ट्रान्स पार्टी भएको थियो । उक्त पार्टीमा लागूऔषध प्रयोग गरिरहेको अवस्थामा फेला परेका केहीलाई प्रहरीले पक्राउ गरेको थियो । २०७१ मा नुवाकोटमा ७२ घण्टा लामो ट्रान्स पार्टी सम्पन्न भयो । उक्त पार्टी प्रहरी मिलेमतोमा गर्न दिइएको दाबीसमेत गरियो । २०७४ मा संखुवासभाको गुफापोखरीको एकान्त जंगलमा ट्रान्स पार्टी भएको बताइन्छ । सोही वर्षको माघमा गल्छीबाट १५ किलो मिटर टाढा नुवाकोट जाने बाटोमा अवस्थित एक रिसोर्टमा समेत यस्तो पार्टी भएको दावी गरिएको थियो । केही महिना अघि काठमाडौं, काभ्रे तथा भक्तपुरको सिमाना नाल्दुमा ट्रान्स पार्टी आयोजित गरियो ।  गत कातिकमा अर्घाखाँचीस्थित बुङ्ची खोलाको बगरमा समेत ट्रान्स पार्टी सम्पन्न भयो । २५ देशका ४० भन्दा बढी नागरिक नग्न अवस्थामा नुहाइरहेको खबर आएपछि प्रहरी त्यहाँ पुगेर आयोजकहरूलाई पक्राउ गरेको थियो । यसैगरी केही वर्षपहिले सिन्धुपाल्चोकमा समेत ट्रान्स पार्टी सञ्चालन गरिएको थियो । ट्रान्स पार्टी नेपालका लागि नौलो विषय होइन । ट्रान्स पार्टीको नाम नदिई विभिन्न बहानामा यस्ता पार्टीको आयोजना लुकीछिपी हुने गरेका छन् । कतिपय अवस्थामा यस्ता पार्टीका बारेमा प्रहरी, प्रशासनलाई मात्र नभएर कार्यक्रम आयोजना हुने स्थलका सञ्चालकले समेत पत्तो पाउँदैनन् । यस्ता पार्टीमा विदेशी युवायुवतीहरूको सहभागिता हुन्छ ।

ट्रान्स पार्टी कानुन विपरित हो

उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी

ट्रान्स पार्टी भनेको ड्रग्स युजरहरूको पार्टी हो, त्यहाँ ड्रग्सको डिलिङ समेत हुन्छ । उनीहरूले स्थानीय तहका मानिस तथा राजनीतिकर्मीहरूलाई समेत प्रभावित गरेर ग्रामीण क्षेत्र एवं रिमोट एरियामा यस्तो पार्टी गर्न खोज्छन् । प्रहरीबाहेक सबैलाई प्रभावित गरेका हुन्छन्, प्रहरीलाई पनि प्रभावमा पार्ने प्रयास गर्छन् । 

म स्याङ्जामा डिएसपी हुँदा त्यहाँको ग्रामीण क्षेत्रमा एउटा यस्तै ट्रान्स पार्टीको आयोजना गरिएका रहेछ । कतिसम्म भने ट्रान्स पार्टी भन्दैं वेबसाइटबाट प्रचार र बुकिङ समेत गरिसकेका रहेछन् । मलाई शंका लाग्यो । मैले जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर त्यो ट्रान्स पार्टी रोके । ट्रान्स पार्टीमा सहभागी हुन विदेशीहरू पनि आउँछन् । मैले त्यहाँ ट्रान्स पार्टी गर्न आउनेलाई पोखरा बसपार्कबाटै नियन्त्रणमा लिन लगाए । तीमध्ये केहीलाई सार्वजनिक अपराधमा मुद्दा पनि चलाइयो । 

ट्रान्स पार्टी कुनै पनि हालतमा गर्न दिनु हुँदैन्, यो समाजका लागि विकृति हो । ट्रान्स पार्टीका लागि विदेशीहरू उत्तैबाट बुक गरेर आउँछन् । ड्रग्स युजरहरू कानुनविपरीत यस्तो पार्टीमा नशामा चुर भएर चर्को संगीतमा नाच्छन् अनि अश्लीलता प्रदर्शन गर्छन् । ड्रग्स खाएर चर्को संगीतमा नाच्ने भएकाले केटाकेटी कसले के गरिरहेको छ थाहै नपाउने खालको वातावरण हुँदोरहेछ । समाजमा छाडा र अश्लीलता फैलाउने, कानुनविपरीत ड्रग प्रयोग गर्ने, लागू औषधको डिल हुने ट्रान्स रोक्नुपर्छ । प्रहरीले थाहा पाउने बित्तिकै यसलाई रोक्छ । यस्ता पार्टी गर्नेहरूलाई, अश्लीलता फैलाउनेहरूलाई सार्वजनिक अपराध र ड्रग्स प्रयोग गर्नेहरूलाई लागू औषध मुद्दामा कारबाही हुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik