• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
बीच्च–बीच्चमा !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नेमिष गौतम

बीच्च–बीच्चमा !
भाद्र १४, २०७६

तीजलाई हिन्दू नारीको पर्व मानिन्छ । यो पर्वमा विवाहित नारीहरू श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् भने अविवाहित नारीहरू असल श्रीमान् पाउने कामना गर्दै ब्रत बस्छन् । तीजको अवसरमा असंख्य मात्रामा तीज गीतका भिडियो पनि बजारमा आउँछन् । यी तीज गीतको भिडियो निर्माणमा महिला भन्दा पुरुषको भूमिका महत्वपूर्ण हुन्छ । भिडियोको निर्देशक, छायांकन, श्रृंगार, कोरियोग्राफीलगायतका महत्वपूर्ण विधामा पुरुष बाहुल्यता पाइन्छ । त्यसैले त गायक दुर्गेश थापाले आफ्नो तीज गीतमा ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ भनेका छन् । 

अर्को वर्ष तीज गीत गाउँछु 

मैले अहिलेसम्म तीज गीत गाएको छैन, तर तीज गीत नगाउँदा धेरै कुरा मिस हुँदो रहेछ । तीज गीत नगाउँदा धेरै कार्यक्रममा जान पाइएन । जसले पनि तीज गीत छ दाई झनेर सोध्छन् । मसँग त्यस्तो गीत छैन । तीजको कार्यक्रमले गर्दा गायिकाहरू बाँडिएका छन् । को कता, को कता छन् । यस्तो अवस्थामा कार्यत्रमहरूका लागि गायकको खोजी सुरु भैसकेको छ । यही कुरालाई मध्यनजर गर्दै आगामी वर्षचाहिँ तीज गीत गाउने योजना बनाइसकेको छु । मेरो तीज गीत सन्देशमूलक नै हुनेछ ।

हेमन्त शर्मा, गायक

बीच्च–बीच्चमा रिस्कमा गाएको हुँ

मैले यसपटक मात्र युवापुस्तालाई लक्षित गर्दै ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ तीजगीत ल्याएको हुँ । तीज गीतमा महिलाहरू मात्र धेरै नाचे । यो अवस्थामा हामी पुरुष किन ननाच्ने भनेर यो गीत तयार पारेको हुँ । मलाई यो गीत लेख्न एक हप्ता समय लाग्यो । पुरुषकै लागि लेखिएको गीत भएकाले भिडियोमा महिला पात्र राखेनौं । ‘बीच्च–बीच्च’मा मैले रिस्कमै गाएको हुँ । फरक किसिमको गीत भएकाले यसलाई युवा जमातले मन परायो । गीतमा शब्दहरू पनि बूढापाकाले बोल्ने खालको राखेकाले पनि केही फरकपन देखियो । यो गीतलाई टिकटकले भाइरल बनाइदियो । 

 दुर्गेश थापा, गायक/मोडल

निर्देशकलाई गाह्रो हुन्छ

यसपटक मैले झन्डै ६ वटा मात्र तीज गीतको भिडियो खिचें । मलाई अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन । कोरसको लाइन, मुभमेन्टले गर्दा छायांकनमा कुनै गाह्रो पर्दैन । मेरो विचारमा भिडियो बनाउँदा निर्देशकलाई गाह्रो हुन्छ । किनभने निर्देशकले कोरियोग्राफी र निर्देशन दुवैको जिम्मा लिएको हुन्छ । निर्देशनपछि छायांकन महत्वपूर्ण पाटो हो । यसपटक तीज गीतको संख्या धेरै घट्यो । अघिल्लो पटकको तीजमा मैले झन्डै १५ वटा गीत खिचेको थिएँ । 

प्रकाश खड्का, छायाँकार

पुरुष नभएको तीज भिडियो बन्न छोड्यो

मैले परारको साल ६८ वटा, पोहोर ३६ वटा तथा यसपटक २२ वटाजति तीज भिडियोमा अभिनय गरें । सुरु–सुरुमा तीज गीतमा अभिनय गर्न निकै अप्ठ्यारो लाग्थ्यो । अहिलेचाहिँ त्यस्तो अप्ठ्यारोपन हटिसकेको छ । तीज गीतमा पहिले जुन किसिमको स्वाद थियो, त्यो फ््लेभर अहिले पाउन छोडियो । अहिलेका तीज गीत दोहोरी शैलीका छन् । पहिले महिलाले मात्र गाउँथे, अहिले पुरुषले पनि गाउन थालेका छन् । तीज गीतमा परिवर्तन हुँदै गएको छ । अहिले विशेषतः पुरुष कमेडी कलाकारले राम्रो स्थान पाएका छन् । हिजोआजका तीज गीत ठट्यौली पाराका छन् । त्यसको फाइदा हामीलाई भएको छ । अहिले पुरुष नभै तीज गीतको भिडियो नै नबन्ने अवस्था आइसकेको छ ।

यादव देवकोटा ‘सरापे’, कलाकार

उत्ताउला गीत आउन थाले

तीज गीत पनि आधुनिक बन्न थालिसकेको छ । तीज गीत पहिलेको जस्तो रहेन । यसपटक मैले झन्डै ७ वटा तीज गीत रेकर्ड गरें । जसमा हरिदेवी कोइरालाको गीत मात्र मनछुने किसिमको थियो । अन्य गीत अलिक उत्ताउला किसिमका थिए । गायिकाहरू तीजको गीत भनेर रेकर्ड गराउनुहुन्छ, तर गाउँदा–गाउँदै गीतका शब्दले अर्कै अर्थ दिन्छन् । 

प्रकाश खरेल, रेकर्डिस्ट, म्युजिक नेपाल

महिलाहरूको जोक सुन्दा लाज लाग्छ

मैले हालसम्म झन्डै २२ वटा तीज गीतको भिडियोमा मेकअप आर्टिस्टका रूपमा काम गरेको छु । यसपटक चारवटा जति भिडियोमा काम गरियो । यस्तो भिडियोमा काम गर्दा निकै गाह्रो हुन्छ किनभने भिडियोमा कोरस नै बढी हुन्छन् । कोरसहरू बढी हल्ला गर्छन् । खास गरी कलाकारको पहिरनका कारण मेकअप गर्न पनि गाह्रो हुन्छ । तीजको जस्तै सिंगारपटार गरिदिनु भन्छन् । अहिले बूढापाका ल्याएर नचाउने चलन सुरु भएको छ । त्यसको रौनक पनि छुट्टै छ । तीजको भिडियोका लागि मान्छे जुटाउन गाह्रो हुन्छ । एकछिनका लागि भनेर भीड जम्मा गरिन्छ, तर दिनभरी समय लाग्ने भएपछि त्यो भिड घट्दै जान्छ । मेकअपको समयमा महिलाहरूको जोक सुनेर लाज लाग्ने स्थिति उत्पन्न हुन्छ । उनीहरूको गीतले पनि अप्ठ्यारो अनुभव गराउँछ । 

अमृत मरहठ्ठा, मेकअप आर्टिस्ट

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik