• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
नवदुर्गाका नौ रूप 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रत्नबहादुर बस्नेत

नवदुर्गाका नौ रूप 
आश्विन १८, २०७६

 

हिन्दूहरूका लागि दसैं विशेष महफ्वको चाड हो । आसुरी शक्तिमाथि दैवीय शक्तिको विजयका प्रतिकका रूपमा मनाइने दसैंको पहिलो दिन घटस्थापनामा घरघरमा देवीको घट स्थापना गरेर जमरा राखिन्छ । त्यसपछि हरेक दिन चण्डी पाठ गरिन्छ । दसैंको सातौं दिन घरघरमा फूलपाती भित्र्याइन्छ । आठांै दिन कालरात्रिका रूपमा महाअष्टमी, नवौं दिन महानवमीको पूजा गरेर दसौं दिन देवीको प्रसादका रूपमा जमरा तथा टिका लगाइन्छ । दस दिनसम्म मनाइने यो पर्वका अवसरमा हरेक दिन देवीको मन्दिरमा विशेष पूजाआजा हुन्छ ।

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने दसैंमा घटस्थापनादेखि नवमीसम्म शक्तिस्वरुपा देवी दुर्गाको विशेष पूजा–अर्चना गर्ने परम्परा छ । नवरात्रको नौ दिन पूजा गरिने भगवती दुर्गाका नौ रुपको समूहलाई नवदुर्गा भनिन्छ । दुर्गाका नौ रूप र तिनका विशेषता एवं पूजा विधि : 

शैलपुत्री

नवरात्रको पहिलो दिन पूजा गरिने देवीको नाम शैलपुत्री हो । हिमालय पर्वतकी पुत्रीका रुपमा जन्मिएकीले यिनको नाम शैलपुत्री रहन गएको हो । दैत्यराज शुम्भ र उसको भाइ निशुम्भले यौन हिंसा गर्न चाहेपछि यी देवीले उनीहरूको बध गरेकी थिइन् । यी देवीको पूजा गर्दा पहेंलो वस्त्र धारण गर्नुपर्ने मान्यता छ । यसका साथै यी देवीलाई पहेंलो फूल चढाउँदा शुभ फल प्राप्त हुन्छ भनिन्छ । 

ब्रह्मचारिणी

दसैंको दोस्रो दिन देवीको ब्रह्मचारिणी स्वरुपको पूजा गरिन्छ । भगवान् शिवसँग विवाह गर्नुअघि पार्वती ब्रह्मचर्यमा रहेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । ब्रह्मचारिणी देवीलाई हरियो रंग प्रिय भएकाले उनको पूजा गर्दा हरियो वस्त्र लगाएर हरियै फूलपातीले पूजा गर्नुपर्ने मान्यता छ । 

चन्द्रघण्टा

चन्द्रघण्टा नामले प्रशिद्ध देवीको यो स्वरुपबाट दैत्यहरू सबैभन्दा बढी त्रस्त भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको हो । नवरात्रको तेस्रो दिन गरिने चन्द्रघण्टा देवी सतत र निरन्तरको प्रयासपछि सफलता पाइन्छ भन्ने कुराको प्रतीक हुन् । यी देवीको पूजा गर्दा रंगीचंगी वस्त्र धारण गर्नुपर्ने तथा १ सय ८ थरीका फूल प्रयोग गर्नुपर्ने मान्यता छ ।

कुष्माण्डा

सूर्यको झैं तेज अनि आठ हात भएकी, रगतले भरिएका दुई कलश धारण गरेकी देवी कुष्माण्डा अनाहक अरूको जीवन लिनु हुन्न तर शत्रुलाई त्यसै छाड्नु हुँदैन भन्ने कुराको प्रतीक हुन् । नवरात्रको चौथो दिन पूजा गरिने यी देवीको अट्टहासमा ब्रह्माण्डको उत्पति र विनाश हुने भएकाले यी देवीलाई कुष्माण्डा भनिएको हो । देवी कुष्माण्डाको पूजा गर्दा सुन्तला रंगको वस्त्र धारण गर्नुपर्छ भने सुन्तला रंगकै फूल प्रयोग गर्नुपर्छ ।

स्कन्द माता

देवीको पाँचौ स्वरुप मानिने स्कन्द माता कुमार कार्तिकेयकी आमा हुन् । पाँचौं दिन पूजा गरिने यी देवी सन्तानलाई कसरी पालनपोषण गर्ने भन्ने कुराको प्रतीक मानिन्छिन् । यी देवीको पूजा गर्दा सेतो वस्त्र धारण गर्नुपर्छ भने फूल पनि सेतै रंगको खासगरी कमलको फूल प्रयोग गरिन्छ ।

कात्यायनी

छैटौं दिन पूजा गरिने देवीको नाम कात्यायनी हो । महर्षि कात्यायनको आग्रहमा देवीले महर्षि कात्यायनकी छोरीका रूपमा जन्म लिएकीले यी देवीको नाम कात्यायनी रहन गएको हो । महिषासुरको वध गरेकीले यिन देवीलाई महिषासुरमर्दिनी पनि भनिन्छ । यी देवीको प्रिय रंग रातो हो त्यसैले मानिसहरू यी देवीलाई बली चढाउँछन् । कात्यायनीको पूजा गर्दा पनि रातै रंग प्रयोग गर्नुपर्ने मान्यता छ ।

कालरात्रि

कालो वर्ण भएकी देवीको सर्वाधिक भयानक स्वरुप कालरात्रिको पूजा नवरात्रको सातौं दिन गरिन्छ । नकारात्मक ऊर्जा विनाश गर्ने यी देवी अन्याय विरूद्ध प्रतिकारको प्रतीक हुन् । यी देवीको पूजा गर्दा नीलो रंगको वस्त्र धारण गरेर निलै रंगको फूल प्रयोग गर्नुपर्ने मान्यता छ ।

महागौरी

देवीको आठौं स्वरुप महागौरीको पूजा महाअष्टमीका दिन गरिन्छ । भगवान् शिवकी प्रिया यी देवीको पूजा गर्दा गुलाफी रंगको वस्त्र धारण गर्नुपर्ने मान्यता छ । यी देवी अलौकिक सौन्दर्यकी स्वामिनी पनि हुन् । 

सिद्धिदात्री

नवरात्रको नवौ तथा अन्तिम दिन पूजा गरिने देवीको स्वरुपलाई सिद्धिदात्री भनिन्छ । यी देवीले भक्तजनलाई चिताएको फल दिने भएकीले उनलाई सिद्धिदात्री भनिएको हो । देवी सिद्धिदात्रीको पूजा गर्दा बैजनी रंगको वस्त्र धारण गर्नुपर्ने र बैजनी तथा निलो रंगका फूलहरू प्रयोग गर्नुपर्ने मान्यता छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik