• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
सुन्दर मनिता 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

सुन्दर मनिता 
आश्विन २०, २०७६

सुन्दरी मनिता देवकोटा बाहिरबाट झट्ट हेर्दा मात्र सुन्दर छैनन्, उनकै शब्दमा उनी भित्रबाट पनि उत्तिकै सुन्दर छिन् । ‘मैले गर्ने काम, क्रियाकलाप तथा गतिविधि आदिका कारण भने मलाई सुन्दर भन्न सक्नु हुनेछ,’ २३ वर्षीया मनिता भन्दै थिइन्— ‘बाहिरबाट हेर्दा त म औसत नेपाली नारीजत्तिकै छु, ममा त्यस्तो प्रशंसा नै गर्नुपर्ने सुन्दरता छैन ।’ बाहिरबाट सुन्दर देखिए पनि नदेखिए पनि आफू ‘डाउन टु अर्थ’ स्वभावको भएकी मनिताको भनाइ छ । ‘म निकै हम्बल छु, मलाई लाग्छ यही नै मेरो सौन्दर्य हो,’ मनिता भन्छिन् । 

५ फिट ८ इन्च अग्ली मनिता देवकोटाका अनुसार— ‘म सुन्दरभन्दा पनि मेरो व्यक्तित्वचाहिँ आकर्षक छ भन्न सक्छु ।’ मनितालाई बाहिरी सौन्दर्यप्रति खासै रुचि छैन, न त उनी राम्री भएर हिँड्नुपर्छ भन्ने कुरामा विश्वास गर्छिन् । यद्यपि मनितालाई बिछट्टै राम्री मान्नेहरूको कमी छैन । अग्लो कद मात्र होइन, मिलेको अनुहार, चम्किला आँखा अनि गोरो छालाले नै उनको बाह्य आवरणलाई सुन्दर बनाएको छ । 

सुन्दरता मात्र मनिताको परिचय होइन । उनी सन् २०१८ को मिस नेपालबाट मिस नेपाल यूनिभर्स–२०१८ को उपाधि जित्न सफल सुन्दरी समेत हुन् । उक्त उपाधिसँगै मनिताले अघिल्लो वर्ष थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स–२०१८ मा आफूलाई उत्कृष्ट १० मा उभ्याइन् । उक्त सफलतासँगै मनिता नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावकारी प्रतिनिधित्व गर्न सफल भइन् । मिस नेपालको उपाधि विजेता भएपछि उनी नेपालका ग्रामीण क्षेत्रमा महिनावारी तथा स्यानिटरी हेल्थसम्बन्धी स्वास्थ जनचेतना फैलाउने कार्यमा सक्रिय छिन् । 

मनिताको सौन्दर्यको रहस्य के होला ? साप्ताहिकको एउटा जिज्ञासामा उनले भनिन्— ‘म अमेरिकामा हुर्किएकी नेपाली चेली भए पनि मेरो जीवन शैली अत्यन्त सरल छ । त्यही सरल जीवनशैलीका कारण म यहाँसम्म आइपुगेकी छु ।’ 

जनावरप्रेमी मनिता आफूलाई स्वस्थ, फिट तथा सुन्दर राख्न खानपिनमा अलि बढी नै ध्यान दिन्छिन् । उनी बिहान उठेर ब्रेकफास्टमा ओटमिल अथवा सातु खान्छिन् । दिउँसो लञ्चमा क्वाँटीको झोल पिउँछिन् । राति उनी हरियो सागसब्जीसँग रोटी खान्छिन् । ‘म भात निकै कम खान्छु,’ मनिताका अनुसार उनी हप्तामा तीन छाकमात्र भात खान्छिन् । ‘हरेक छाक भात खाँदा तौल बढ्छ,’ मनिता भन्छिन्— हरेक व्यक्तिले आफूलाई स्वस्थ राख्ने हो भने भात कम खाएकै राम्रो । भातको साटो खानामा तरकारी तथा दालमा जोड दिनुपर्ने मनिताको सुझाव छ । मनिता घरबाट हिँड्ने बेलामा आफ्नो ब्यागमा दुई प्रकारका खानेकुरा कहिल्यै छुटाउँदिनन्—चुकन्दर र गाजर । दिउँसो भोक लागेका बेला त्यही कुरा खाएर भोक मेटाउँछिन् । 

मनिता आफ्नो सौन्दर्य सुरक्षाको प्रसंगमा पनि निकै सचेत छिन् । ‘म नियमित रूपले स्किन केयर गर्छु,’ देवकोटाका अनुसार उनी महिनामा दुई पटक स्किन केयरका लागि विशेषज्ञकहाँ पुगिरहन्छिन् । ‘काठमाडौंको धूवाँ, धूलो तथा वातावरणले हाम्रो अनुहारको छालालाई बिगारिरहेको हुन्छ, त्यसैले पनि छालाको हेरचाहका लागि नियमित रुपमा विशेषज्ञमार्फत आफ्नो छालाको स्याहार गर्नैपर्छ,’ मनिता भन्छिन् ।

पहिरनको प्रसंगमा पनि मनिता खासै चुजी छैनन् । उनलाई क्याजुअल वेयर मनपर्छ । त्यसैले उनी प्राय: जिन्स तथा टिसर्टमै हिंड्न रुचाउँछिन् । औपचारिक समारोहहरूमा भने उनी स्मार्ट क्याजुअल वेयर लगाउँछिन् । बाहिर निस्कनुअघि करिब १५ मिनेटमात्र मेकअपलाई छुट्याउँछिन् । मेकअपमा पनि उनी निकै कम सौन्दर्य प्रशाधन प्रयोग गर्छिन् । ‘मोइश्चराइजर, सन्स क्रिम, मस्करा तथा लिपस्टिकमात्र लगाउँछु,’ मनिताले भनिन् । 

यसबाहेक उनी हरेक दिन बिहान करिब आधा घण्टा योग गर्छिन् । हप्ताको पाँच दिन जिम पनि जान्छिन् । मनिता आठ वर्षकै उमेरमा १५ वर्षअघि अमेरिका पुगेकी थिइन् । डेढ वर्षअघि गोरखामा बसोबास गर्ने हजुर बुवा–हजुर आमालाई भेट्न नेपाल आएकी बेला उनले मिस नेपालको अडिसन खुलेको जानकारी पाइन् । एकपटक प्रयास गरौं न त भन्ने उद्देश्यले उनले मिस नेपालको अडिसनमा सहभागिता जनाइन् । छोटो समयका लागि नेपाल आएकी मनितालाई उक्त प्रतियोगिताको सफलताले लामो समयका लागि नेपालमै रोकेर राखेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik