• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
हिमानी हाँसो 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सुजाता मुखिया

हिमानी हाँसो 
मंसिर ९, २०७६

हिमानी पारससँग निकट नदेखिए पनि ससुरा र परिवारसँग घनिष्ठ सम्बन्ध कायम राखेकी छिन् । त्यसैले त कहिले छोराछोरीलाई डोर्‍याएर राहत बाँड्न पुग्छिन्, कहिले त्रिसरालगायतका रेस्टुराँमा पारिवारिक जमघटमा रमाइरहेकी हुन्छिन् । 

हिमानी जहाँ–जहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण झुम्मिन्छन् । मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छ । यद्यपि हिमानीले मिडियामा खुलेर कुराकानी गरेकी छैनन् । आफ्नो निजी जीवन वा श्रीमान् पारससँगको सम्बन्धलाई सकेसम्म गोप्य नै राख्ने गरेकी छिन् । 

 

जतिबेला नेपाली समाजसँग ‘पूर्वराज–घराना’को दूरी बढ्दै थियो, त्यही समय पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन् । एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान् पारस शाहसँगको बिग्रँदो सम्बन्ध । यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्, जसले उनको छवी आकर्षक बनाइदियो । 

ससुरा ज्ञानेन्द्रले राजगद्दी त्यागेको दुई वर्ष नपुग्दै २०६७ सालमा ‘हिमानी कोष’ स्थापना गरेर उनी सर्वसाधारणसँग घुलमिल हुन थालिन् । कहिले दोलखाको विद्यालयमा पुस्तक–कपी बोकेर पुगिन्, कहिले सुर्खेत–कैलालीका बाढीपीडितको सहयोगमा खटिइन् । पूर्वराजपरिवारप्रति समाज त्यति उदार नभइसकेको अवस्थामा पनि हिमानीले भने सबैको मन जित्दै गइन् । तामाकोसी नदीको पुलमा तार–जाली लगाइदिन पुगेकी हिमानीलाई माओवादीले रोकेपछि तामाकोसी बजारवासी प्रतिकारमा उत्रिएर साथ दिनु त्यसैको नतिजा थियो । 

पूर्वयुवराज्ञी हिमानी राज–घरानाकी यस्ता पात्र हुन्, जसको छुट्टै ग्ल्यामर छ । तीन सन्तान हुर्काइसकेकी हिमानी ४३ वर्षको उमेरमा पनि उत्तिकै जवान अनि रुपवती देखिन्छिन् । मन्द मुस्कानका साथ सधैंजसो साडीमा ठाँटिएर हिँड्ने उनी कहिले पारिवारिक जमघटमा त कहिले मठ–मन्दिरमा देखा पर्छिन् । 

हिमानी जहाँ–जहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण झुम्मिन्छन् । मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छ । यद्यपि हिमानीले मिडियामा खुलेर कुराकानी गरेकी छैनन् । आफ्नो निजी जीवन वा श्रीमान् पारससँगको सम्बन्धलाई सकेसम्म गोप्य नै राख्ने गरेकी छिन् । व्यक्तिगत जीवन कसरी बितिरहेको छ, परिवारसँगको सम्बन्ध कस्तो छ, आफ्ना रुचि र चाहना के हुन्, के मन पर्छ, के मन पर्दैन भन्ने जस्ता निजी कुरालाई अहिलेसम्म उनले खुलस्त गरेकी छैनन् । एक अन्तर्वार्तामा चाहिँ उनले घोडा चढ्ने, संगीत सुन्ने र किताब पढ्ने आफ्नो सोख रहेको बताएकी छिन् । 

पारससँग निकट नदेखिए पनि ससुरा र परिवारसँग घनिष्ठ सम्बन्ध कायम राखेकी छिन् । त्यसैले त कहिले छोराछोरीलाई डोर्‍याएर राहत बाँड्न पुग्छिन्, कहिले त्रिसरालगायतका रेस्टुराँमा पारिवारिक जमघटमा रमाइरहेकी हुन्छिन् । 

धर्मकर्ममा हिमानीको बढी नै लगाव देखिन्छ । कुनै पनि विशेष तिथी–पर्वमा उनी मठ–मन्दिर पुगिरहेकी हुन्छिन् । पूजाआजाकै लागि पशुपतिनाथदेखि गोरखा, स्याङ्जा, तनहुँ, पोखरासम्मको मठ–मन्दिर धाउने गरेकी छिन् । पुराण, भजन कीर्तनजस्ता धार्मिक अनुष्ठानमा छोराछोरीसहित सहभागी हुन्छिन् । 

चाहे साउने सोमबारका दिन पशुपतिको दर्शन गर्न हिँड्दा होस् वा कुलपूजाका लागि गोरखा, स्याङ्जालगायतका मठमन्दिर धाउँदा होस्, हिमानीले छोरीहरू पूर्णिका, कीर्तिका र छोरा ह्दयेन्द्रलाई साथमा लाने गर्छिन् । हिमानी शाहको नाममा खुलेको एक फेसबुक पेजमा लेखिने स्टाटसले पनि बेलाबखत उनको चर्चा हुने गर्छ । १ लाख ७३ हजार लाइक भएको उक्त फेसबुक पेजमा नारीको गुणगान, सामाजिक मूल्य, जीवन दर्शनबारे केही न केही लेखिएको हुन्छ । जस्तो कि एक ठाउँ लेखिएको छ, ‘जाऊ, आर्यघाटमा गई नियालेर हेर, रुँदैनन् कहिले जल्नेहरू, रुन्छन् त केवल जलाउनेहरू ।’ 

यस्तै अर्को स्टासस लेखिएको छ, ‘नारीको जिन्दगी महान्को जल नदीको पानी हो, यदि तपाईंले फोहोर मिलाउनुभयो भने नालाको पानी भएर जान्छ । सुगन्ध मिसाउनुभयो भने पवित्र गंगाजल बन्छ ।’

आफ्नै नाममा एक कल्याणकारी कोष स्थापना गरेर हिमानी आपत्–विपत्मा परेकाहरूमाझ पुग्ने गरेकी छिन् । ‘हिमानी कोष’ स्थापनालगत्तै उनको पहिलो रोजाइमा पर्‍यो दोलखाको नाम्दु गाउँ । त्यहाँ शिक्षा, खानेपानी र सिंचाइको काममा उनले हात हालिन् ।

यसरी दोलखाको नाम्दुबाट सुरु भएको उनको समाजसेवा देशव्यापी बन्दै गएको छ । हिमानीले आफ्नै ट्रस्टमार्फत गोरखाको पालुङटारमा भवानी माध्यमिक विद्यालयको भवना निर्माण गरिन् । उक्त विद्यालयको भवन भूकम्पले ध्वस्त बनाएको थियो । सुनसरीको ग्रामीण क्षेत्रको एक स्वास्थ्यचौकीलाई एम्बुलेन्स दिइन् । पछिल्लो समय हिमानी कोषअन्तर्गत एक पत्रकार सम्मेलन गर्दै हिमानीले ‘दैवी उद्धार कोष’ खडा गरेकी छिन् । उक्त कोषमा ससुरा एवं पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’को बिक्रीबाट प्राप्त रकम जम्मा गरिने बताइएको थियो । 

हिमानी शाहले नाइटोमा पियरसिङ गरेको तस्बिर बाहिरिएसँगै उनीमाथि अनेकन् टीकाटिप्पणी भयो । दोलखाको नाम्दु गाउँमा सामाजिक कार्य गर्न पुगेकी उनको तस्बिर सार्वजनिक भएको थियो, जसमा उनको नाइटोमा पियरसिङ गरिएको स्पष्ट देखिन्थ्यो । त्यसपछि विभिन्न मिडियामा हिमानी गसिपकी पात्र बनेकी थिइन् । त्यस विषयमा हिमानीले कुनै प्रतिक्रिया नदिए पनि पछिल्ला समयमा भने उनको नाइटोको पियरसिङ हटाइएको छ । 

भर्खरै मात्र ससुरा ज्ञानेन्द्रसँगै राजधानीको एक रात्रि क्लबमा पुगेपछि हिमानीका बारेमा चर्चा–परिचर्चा भयो । क्लबमा उनी उमंगित भावमा नाच्दै गरेको भिडियो बाहिरिएको थियो । 

यस्तै हिमानी कोषमाथि पनि बेलाबखत प्रश्न उठाउने गरिएको छ । कोषमार्फत उनले राजनीतिक सक्रियता बढाएको आरोप लाग्ने गरेको छ । हिमानी कोषको काममा विभिन्न ठाउँमा पुग्दा उनी राजनीतिक भेटघाटमा पनि व्यस्त रहने गर्छिन् । केही वर्षअघि हिमानी कोषको नाममा भएको ठगी काण्ड पनि मिडियामा आएको थियो । कोषमा जागिर लगाइदिने भन्दै १ सय ५४ जना सर्वसाधारणलाई ठगी गरेपछि उक्त घटना प्रहरीसम्म पुगेको थियो । 

यद्यपि हिमानीले भने आफ्नो नाममा खुलेको कोष नि:स्वार्थ भावले सेवा गर्नका लागि हो भनेर स्पष्ट पार्दै आएकी छिन् । एक अन्तर्वार्तामा उनले कोषको आर्थिक व्यवस्थापनबारे सोधिएको प्रश्नमा भनेकी छिन्, ‘हामी आफ्नै परिवारका सदस्यबाट उठाएको रकमले कोष सञ्चालन गर्छौं । साथै देश–विदेशमा रहेका शुभेच्छुकबाट पनि सहयोग प्राप्त भइरहेको छ ।’

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik