• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
कति वर्षमा विवाह गर्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

कति वर्षमा विवाह गर्ने ?
मंसिर १२, २०७६

३० वर्षको उमेरसम्म विवाह गर्ने व्यक्ति आफ्नो विवाहका विषयमा बढी गम्भीर हुने गर्छन् र यिनलाई आफ्नो वैवाहिक जीवन सफल बनाउन धेरै बोझ महसुस हुँदैन । यसकारण यिनी सुखी रहन्छन् र यिनको वैवाहिक जीवन पनि सुखमय रहन्छ । 

 

काठमाडौं, ठूलो भर्‍याङका मंगलनारायण महर्जनको बिहे भएको ४६ वर्ष बितिसक्यो । उनका छोरा नै ४१ वर्षका भइसके । ‘उ बेला २० वर्ष पुग्दा नपुग्दै बिहे भइसक्थ्यो’, उनी सम्झिन्छन्, ‘म २० कै थिएँ । दुलही १८ वर्षकी थिइन् ।’

उनको पुस्ताबाट छोराको पुस्तामा आइपुग्दा बिहेको उमेरमा निकै फेरबदल आइसकेको छ । उनका छोरा जितनारायणको बिहे ३२ वर्षको उमेरमा भएको थियो । ‘मेरो बुवा १७ वर्षको हुँदा बिहे भयो, आमा १४ कै मात्र हुनुहुन्थ्यो’, भन्छन्– ‘अहिले समय फेरिएको छ । पाको भएपछि मात्रै बिहे गर्ने प्रचलन बढेको छ ।’

मंगलनारायणको परिवार एउटा प्रतिनिधि उदाहरण मात्रै हो । पुस्तान्तर हुँदै जाँदा बिहे गर्ने उमेरको सीमा पनि अहिले उक्लिँदै गएको छ । त्यसो त बिहे दुई मनको मिलन हो । बालविवाह, बहु–विवाहलाई कानुनले वर्जित गरेको छ । त्योबाहेक दुलाहा–दुलही र सम्बन्धित परिवारमा आपसी सहमति बनेपछि दुई बालिगबीच विवाह हुने गर्छ । 

आमरूपमा चाहिँ विवाहको उमेरलाई लिएर प्रश्न उठिरहन्छन्, कति वर्षमा बिहे गर्ने ? मुलुकी ऐनलाई विस्थापित गरी बनेको देवानी संहिताका अनुसार, २० वर्ष पुगेका केटाकेटी बिहे गर्न योग्य मानिन्छन् । तर, नेपाली समाजमा बिहे गर्न केटाकेटी परिपक्व हुनुपर्ने मान्यता प्रबल हँुदै गएको छ । उमेर नै नपुगी वा २०/२२ को हाराहारीमै प्रेमविवाह हुने गरेका घटना पनि नभेटिने होइन । यद्यपि धेरैजसो सन्दर्भमा २५ वर्ष पुगेपछि मात्रै बिहेका बारेमा सोच्ने प्रवृत्ति अहिले बढेको पाइन्छ । 

त्रिचन्द्र कलेजमा समाजशास्त्र पढाउने लेक्चरर निर्मला ढकालका अनुसार, बदलिँदो परिवेशमा विवाह व्यक्तिगत निर्णय र परिवेशले निर्धारण गर्न थालेको छ । ‘पहिले उमेर पुगेपछि विवाह गरिदिने मान्यता थियो । शारीरिक रुपमा छोराछोरी बढेपछि विवाहका लागि धेरैजसो सन्दर्भमा परिवारले निर्णय गर्ने चलन थियो’, उनी भन्छिन्, ‘आज त्यो सोचमा बदलाव आइरहेछ । विवाहलाई व्यक्तिगत स्वतन्त्रता र निर्णयका रुपमा लिन थालिएको छ ।’

यसो हुँदा वैवाहिक जीवन सहज हुन पुगेको उनको बुझाइ छ । ‘स्वेच्छा भनेपछि त्यसका मापदण्ड स्वयंले तोक्ने कुरा भयो’, उनले थपिन्, ‘यौन र विवाह जोडिएका विषयवस्तु हुन् तर यौनकै लागि मात्रै विवाह गर्नुपर्छ भन्ने बाध्यता छैन । यो महत्वपूर्ण हो तर मुख्य प्राथमिकता होइन ।’ उनको सुझाव छ, व्यक्ति आर्थिक, सामाजिक, मनोवैज्ञानिक, मानसिक तथा शारीरिक रुपले परिपक्व र जिम्मेवार भइसकेपछि मात्रै बिहे गर्नुपर्छ र त्यो भनेको २५ वर्ष पुगेपछिको अवस्था हो । 

‘युनिभर्सिटी अफ उताह’का प्रोफेसर निकोलस एच. वोल्फिङ्गरको एक अध्ययनअनुसार, २८ देखि ३२ वर्ष उमेरभित्र वैवाहिक जीवनमा प्रवेश गर्दा सम्बन्ध–विच्छेदको सम्भावना कम हुने गर्छ । त्यसकारण यो उमेर सीमा उचित छ, विवाहका लागि । किनभने, अध्ययन अनुसार, २८ वर्षपछि र ३० वर्षको सुरुतिर व्यक्तिमा सम्बन्ध–विच्छेद गर्ने सम्भावना अधिक पाइयो । 

त्यस्तै ३२ वर्षको उमेरभन्दा माथि विवाह गर्ने र ४० वर्ष उमेरको प्रारम्भतिर विवाह गर्नेमा सम्बन्ध विच्छेदको जोखिम धेरै भएको पनि अध्ययनले देखायो । ३२ वर्ष उमेरपछि विवाह गर्नेमा सम्बन्ध–विच्छेदको जोखिम हरेक वर्ष ५ प्रतिशतले बढ्ने गर्छ । 

३० वर्षको उमेरसम्म विवाह गर्ने व्यक्ति आफ्नो विवाहका विषयमा बढी गम्भीर हुने गर्छन् र यिनलाई आफ्नो वैवाहिक जीवन सफल बनाउन धेरै बोझ महसुस हुँदैन । यसकारण यिनी सुखी रहन्छन् र यिनको वैवाहिक जीवन पनि सुखमय रहन्छ । अध्ययनअनुसार, ३० वर्ष उमेरका जोडी आर्थिक रूपमा बलिया र बढी समझदार हुन्छन् । 

हिन्दू धर्मशास्त्रको प्रमुख १६ संस्कारमध्ये विवाह एउटा हो । शास्त्रअनुसार, व्यक्तिले सन्यास ग्रहण गर्दैन भने विवाह गर्नु आवश्यक छ । विवाहपश्चात् मात्रै पितृऋण तिर्न सकिन्छ । विवाह भनेको जिम्मेवारी थपिनु पनि हो, नेपाली सन्दर्भमा । विशेष रूपबाट उत्तरदायित्वलाई वहन गर्नु । विवाहलाई पाणिग्रहण भनिने गरिन्छ ।

करिअरमा स्थापित भएर मात्रै बिहे गर्ने सोच धेरैमा छ । तिनैमध्येकी एक निहारिका श्रेष्ठ हुन् । एयर होस्टेजको तालिम लिँदै गरेकी उनी २८ वर्ष पुगेपछि मात्रै बिहे गर्ने सोचाइमा छिन् । भन्छिन्, ‘भर्खर प्ल टु सकियो । तालिम सकौं । आफैं कमाउने, रमाउने अनि मात्रै बिहेबारे सोच्ने ।’

हिन्दू धर्मशास्त्रको प्रमुख १६ संस्कारमध्ये विवाह एउटा हो । शास्त्रअनुसार, व्यक्तिले सन्यास ग्रहण गर्दैन भने विवाह गर्नु आवश्यक छ । विवाहपश्चात् मात्रै पितृऋण तिर्न सकिन्छ । विवाह भनेको जिम्मेवारी थपिनु पनि हो, नेपाली सन्दर्भमा । विशेष रूपबाट उत्तरदायित्वलाई बहन गर्नु । विवाहलाई पाणिग्रहण भनिने गरिन्छ ।

हिन्दू दर्शनका अनुसार, आश्रम प्रणालीमा विवाहका लागि व्यक्तिको उमेर २५ वर्ष पुग्नुपर्छ । विज्ञानका अनुसार पनि उमेरको २५ वर्षसम्ममा व्यक्तिको शरीरमा वीर्य, विद्या, शक्ति र भक्तिको पर्याप्त सञ्चय हुने गर्दछ । यो सञ्चयका आधारमा नै व्यक्ति गृहस्थाश्रमको सबै साना–ठूला जिम्मेवारी निर्वाह गर्न सक्षम हुने गर्छ । 

ब्रह्मचार्य आश्रममा आफ्नो पढाइ पूरा गरेपछि मात्र व्यक्तिले विवाह गर्न सक्थ्यो । आश्रममा पढाइ गर्ने व्यक्ति संस्कारयुक्त मानिन्थ्यो । आश्रममा युवा–युवती दुवैका लागि शिक्षाको व्यवस्था हुने गथ्र्यो । आश्रममा भर्ना हुन उमेर अधिकभन्दा अधिक ७ देखि ८ वर्ष हुनुपथ्र्याे । आश्रमबाहेक युवतीका लागि घर वा त्यसको आसपास नै शिक्षा व्यवस्था हुने गथ्र्याे । 

विवाह संस्कार हिन्दू धर्म संस्कारमा त्रयोदश संस्कार हो । श्रुति वाचनअनुसार, दुई शरीर, दुई मन र बुद्धि, दुई ह्दय, दुई प्राण र दुई आत्माको समन्वय गरी अगाध प्रेमको व्रतको पालना गर्ने दम्पतीले नै उमा महेश्वरको प्रेमादर्शनलाई धारण गर्ने गर्छ । यही नै विवाहको स्वरूप हो । हिन्दू संस्कृतिमा विवाह कहिल्यै नटुट्ने एक परम पवित्र धार्मिक संस्कार हो, यज्ञ हो । वरवधूको जीवन सुखी बनिरहोस् भन्नका लागि विवाहपूर्व युवायुवतीको जन्म कुण्डलीको पनि मिलान गर्ने गरिन्छ । वेदअनुसार, स्त्रीलाई पुरुषको सहचरणी, अर्धाङ्गिनी र मित्र मानिएको पाइन्छ । यस आधारमा उमेरको अन्तर सन्तुलन आवश्यक छ ।

साधारणतया विवाह गर्ने केटा–केटीमा ३ देखि ५ वर्ष उमेर भिन्नता हुनुलाई राम्रो मान्ने गरिएको पाइन्छ । वैवाहिक जोडीमा महिलाको उमेर पुरुषको भन्दा कम हुनु राम्रो मानिन्छ । यद्यपि यो मान्यतामा पनि समयअनुसार परिवर्तन आएको पाइन्छ । 

एकथरी भन्छन्, पुरुषको उमेर बढी हुँदा महिलाको सहयोगी हुन सक्छ । महिलाहरू तुलनात्मक रूपले बढी भावुक हुन्छन् । पुरुषले महिलालाई भावनात्मक रुपमा सहारा दिन सक्छन् । तर, महिलाले पनि पुरुषलाई भावनात्मक र अरू सहारा दिन नसक्ने होइन । त्यसकारण यी तर्क र रायहरू प्रमाणिक होइनन । 

विज्ञानका अनुसार, व्यक्तिमा १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा रहने गर्छ । यसै कारणले गर्दा यो उमेर अवस्थामा व्यक्तिमा सबैभन्दा बढी शारीरिक परिवर्तन देख्न पाइन्छ । २१ देखि २८ वर्षसम्मको उमेर अवस्थामा व्यक्तिमा यौन क्षमता र चाहना उच्च बिन्दुमा पाइने गर्छ । २८ देखि ३५ वर्षको उमेर अवस्थालाई यौनका लागि उत्कृष्ट समय मानिएको छ । अध्ययनअनुसार, यो उमेरको अवस्थामा प्राय: जोडीले यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन् । ३५ देखि ४१ वर्षको उमेरसम्ममा प्राय: व्यक्तिमा शारीरिक तौल र स्वास्थ्यसम्बन्धी अनेकन् समस्या देखा पर्ने भएकाले तिनको यौनप्रतिको रुचिमा कमी आउन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरसम्म पुग्दा अधिकांश व्यक्तिमा यौनप्रति इच्छा कम हुन जाने गर्छ । महिलाहरूमा यौन अनिच्छा र पुरुषको यौन सक्रियताको स्तरमा कमी देखिने गर्छ । 

यौनविद्का अनुसार वैवाहिक जोडीमा दुई–तीन वर्षको उमेर भिन्नता हुनु राम्रो हुन्छ । योभन्दा बढी उमेर भिन्नताले तिनको यौन जीवनमा प्रभाव पर्ने सम्भावना रहन्छ । ४० वर्षको उमेरको अवस्थासम्म पुग्दा अधिकांश पुरुषमा यौन सक्रियता तुलनात्मक रूपले कम रहने गरिएको विभिन्न शोधले देखाएको पाइन्छ । यदि पुरुष ४० र महिला ३० वर्षको उमेरको अवस्थामा छ भने पुरुषमा यौन सक्रियता कम र महिलामा बढी हुने अवस्था रहने भएकाले विवाहको सुरुवाती समयमा यौन जीवनका समस्या नदेखिए पनि बिस्तारै यो बढ्दै जाने यौनविद्हरू औंल्याउँछन् । 

तर, विज्ञहरूचाहिँ विवाह उमेर फरक ५/७ वर्ष हुनुलाई पनि स्वाभाविक मान्छन् । रिलेसनसिप काउन्सिलिङमा सक्रिय रेजिना तुलाधर पनि अहिलेको अवस्थामा महिलाले २८ देखि ३२ वर्षको उमेरमा र पुरुषले ३५ देखि ३८ वर्षको उमेरमा विवाह गर्नु उपयुक्त भएको बताउँछिन् । उनका अनुसार, यो उमेरसम्म पुग्दा व्यक्ति आफ्नो व्यावसायिक जीवनमा स्थापित भइसकेको हुन्छ । जीवनका महत्वपूर्ण परिस्थितिलाई उसले बुझेको हुन्छ । व्यावसायिक र व्यक्तिगत जीवन व्यवस्थापन गर्न सक्ने खुबीले जीवन सहज बनाउँछ । 

जोडीमा उमेर भिन्नताले पनि वैवाहिक जीवनको सफलता/असफलतामा भूमिका खेल्छ । रेजिनाको विचारमा, पुरुष र महिलाबीच पाँच वर्षको फरक राम्रो हुन्छ । उमेर, अनुभव, पृष्ठभूमि समानताले इगो बढ्ने, अनिर्णयको सिकार हुने, एकले अर्काको निर्णय स्वीकार नगर्ने परिस्थिति आउन सक्ने उनको तर्क छ । उनी थप्छिन्, ‘तर, यहींनेर दुईमध्ये एक परिपक्व र लिड गर्न सक्ने भएचाहिँ जीवन सहज हुन सक्छ ।’ 

लेक्चरर ढकाल वैवाहिक जोडीमा उमेर भिन्नताको विषय त्यति महत्त्वपूर्ण ठान्दिनन् । उमेर भिन्नताले वैवाहिक जिम्मेवारी बहनमा ठूलो प्रभाव पार्ने कुरा उनी देख्दिनन् । हिजोको परिवेशमा महिला घर गृहस्थी व्यवस्थापनमा बढी केन्द्रित भएका कारण उमेर भिन्नताको औचित्य खोजिएको हुन सक्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘तर आज कामकाजी महिलाको व्यावसायिक पाटो, आर्थिक स्वतन्त्रताले थपिदिएको निर्णय गर्ने क्षमताको विकास र परिपक्वताले उमेर कसको बढी र घटी भन्ने बहस निरर्थक भएको छ ।’ 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik