• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
खेल महाकुम्भ : आफैँलाई चिनाउने अवसर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मुकुन्द बोगटी

हिमेश बज्राचार्य

खेल महाकुम्भ : आफैँलाई चिनाउने अवसर
मंसिर १३, २०७६

अलिकति अन्योलता, केही उत्साह र उत्तिकै अपेक्षासहित १३ औं दक्षिण एसियाली खेलकुद आइतबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ । ठ्याक्कै दुई दशकपछि दक्षिण एसियाली देशको सबैभन्दा ठूलो खेल महोत्सव नेपालमा हुन लागेको हो । सन् १९९९ मा नेपालले आठौं दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो । त्यसअगाडि सन् १९८४ मै पहिलो संस्करणको प्रतियोगिता नेपालमा भएको थियो ।

दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो विशेषता यसको सोचको विकासमा नेपालको योगदान रहनु हो । आयोजना सम्भव हुन नसकिरहेको स्थितिमा नेपालले अगाडि सरेर त्यसको पहिलोपल्ट आयोजना गरेको थियो, ३५ वर्ष अगाडि । सुरुवाती दुवै अवसरमा प्रतियोगिता काठमाडौंमा मात्र भएको थियो, अहिले भने काठमाडौंसँगै पोखरा र जनकपुरमा हुँदैछ ।

औपचारिक रूपमा पहिलोपल्ट दक्षिण एसियाली देशबीच क्षेत्रीय खेलकुद हुनुपर्छ भन्ने कुराकानी सन् १९८१ मा भयो, जति बेला जर्मनीमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को कंग्रेस भएको थियो । त्यतिबेला प्रारम्भिक छलफलमा भाग लिने देश थिए, नेपालसँगै श्रीलंका, भारत र पाकिस्तान । यो सोचलाई बढाउने तथा संयोजनकारी भूमिका निर्वाह गर्ने काम नेपालले गरेको थियो । सन् १९७८ मै वर्णानुक्रमअनुसार बंगलादेशले पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय भयो ।

तर बंगलादेशले आयोजना गर्न सकेन । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा नवौं एसियाली खेलकुद हुँदा फेरि एकपल्ट दक्षिण एसियाली खेलकुदको आयोजनालाई लिएर गम्भीर छलफल भयो । त्यही वर्षको नोभेम्बर २६ मा दक्षिण एसियाली खेलकुद महासंघको पनि गठन भयो । त्यसमा सुरुवाती सदस्य थिए, नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका । त्यसको एक वर्षपछि त्यसमा भुटान र माल्दिभ्स पनि सहभागी भए ।

महासंघले सन् १९८३ मा बंगलादेशमै पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गर्‍यो । बंगलादेशले दोस्रोपल्ट पनि आफूले पाएको जिम्मेवारी पूरा गर्न सकेन् । डर थियो, कतै प्रतियोगिताको आयोजना सोचमै मात्र सीमित हुने त होइन ? यस्तोमा नेपाल अगाडि सर्‍यो र काठमाडौंले आयोजना गर्‍यो, पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद । त्यति बेला यही नामले प्रतियोगता हुन्थ्यो । दक्षिण एसियाका चार देश घुमेर फेरि एकपल्ट प्रतियोगिता नेपाल आइपुगेको छ ।

आयोजना गर्नै गाह्रो

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अवधारणा जसरी आयो त्यसलाई यसका सदस्य राष्ट्रहरूले आत्मसात् नै गर्न सकेका छैनन् । स्थापनाकालका केही प्रतियोगितामा सहभागी राष्ट्रहरूमा यो हाम्रो खेलकुद प्रतियोगिता हो भनेर जसरी उत्साह, समर्पण देखाए त्यो कुरा पछिल्ला केही संस्करणका खेललाई हेर्दै जाने हो भने त्यो देखिन छोड्यो ।

सन् १९८४ मा प्रत्येक एक वर्षको अन्तरमा आयोजना हुने लक्ष्यका साथ सुरु भएको साफ दोस्रो संस्करणपछि नै दुई वर्षको अन्तरालमा हुन थाल्यो । सन् १९९५ मा मद्रासमा सातौं साफ प्रतियोगिता आयोजना भएपछि त यो प्रतियोगिता कति वर्षको अन्तरालमा आयोजना हुने हो ? त्यो नै थाहा नहुने अवस्था आएको छ । विगत ३५ वर्षको अन्तरालमा केवल १३ औं पटक मात्र प्रतियोगिता आयोजना हुन सकेको छ ।

प्रतियोगिता रोकिनुको राजनीतिक घटना वा अरू कारणभन्दा आर्थिक अभाव देखिएको छ । एसियामा आर्थिक रूपमा सबैभन्दा कमजोर अवस्था रहेका राष्ट्रहरूबीच हुने यो खेलकुद प्रतियोगिता आयोजना गर्न लाग्ने खर्चमा सरकारको सधैं उदासीनता देखिने गरेको छ । यो क्षेत्रको सरकारले समाधान गर्नुपर्ने समस्याहरू अरू क्षेत्र धेरै नै भएको अवस्थामा खेलकुद प्रतियोगिताको आयोजना गर्नु वा सहभागिता जनाउनुलाई विलासिता सम्झने प्रवृत्ति रहेको देखिन्छ । सायद यही कारणले हुनुपर्छ, सागका ७ सदस्य राष्ट्रमध्ये भुटान र माल्दिभ्सले पूर्वाधार नभएकै कारण अहिलेसम्म यो प्रतियोगिता आयोजना गर्न सकेको छैन । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालले मात्र यो प्रतियोगिताको आयोजना गर्नुपर्ने बाध्यता छ । पछिल्ला केही संस्करण हेर्दा यी राष्ट्रहरूमा कसैलाई हम्मेहम्मे पर्न थालेको छ भने कसैले झारा टार्ने हिसाबले प्रतियोगिता आयोजना गर्न थालेको देखिन्छ ।

तयारीमा किन ढिलाइ ?

साफ खेलकुदको ढिलाइ गर्ने कामको श्री गणेश गर्ने राष्ट्र नेपाल नै हो भन्दा पनि हुन्छ । मद्रास सहरले सन् १९९५ मा सातौं साफ आयोजना गरेपछि नेपालले सन् १९९७ मा आयोजना गर्नुपर्ने थियो, तर नेपालले सन् १९९९ अर्थात् चार वर्षपछि मात्र आयोजना गर्‍यो । यो ढिलाइमा नेपालले सहभागी राष्ट्रहरूलाई अरू कारण बताए पनि आन्तरिक रूपमा ढिलाइ हुनुमा सरकारको खेलकुदप्रतिको लगाव नहुनु नै थियो ।

यो किसिमको गल्तीलाई १३ औं सागमा नदोहोर्‍याउने सोचाइका साथ नेपालले सन् २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको सागबाट निर्धारित समयमा आयोजना गर्ने सोचाइका साथ झन्डा लिएको थियो । सरकारकै प्रतिबद्धता रहेको देखाउन तत्कालीन खेलकुद मन्त्री सत्यनारायण मण्डललाई सारेको थियो । यसका बाबजुद पनि नेपालले निर्धारित समयभन्दा एक वर्ष ढिला भए पनि सागको अन्तिम घोषणा गरेको छ ।

नेपालले एक वर्ष ढिलाइ हुनुमा विभिन्न कारणहरू अगाडि सारेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल अगाडिका पदाधिकारीहरूले साग प्रतियोगिताको आयोजनामा राम्ररी काम नगरेका कारण ढिलाइ हुन गएको आरोप लगाउँछन् । यद्यपि यसअघिका पदाधिकारीहरू भने सरकारले निर्धारित समयमा बजेट निकासा नगरेकै कारण ढिलाइ भएको दाबी गर्छन् । एकले अर्कोलाई दोष थोपरिरहँदा यता केही महिनाअघि मात्रै खेलकुद परिषद्मा नियुक्त सदस्य–सचिव रमेश सिलवालचाहिँ आफू नभएको भए खेल नहुने दाबी गर्छन् । 

खेलकुद विश्लेषक रमेश खनालका विचारमा, सरकारको नीति निर्माण क्षेत्रमा बसेका व्यक्तिलाई खेलकुदको महिमाका बारेमा बुझाउनै नसक्दा यो कम प्राथमिकतामा परेको हो । ‘सम्बन्धित निकायमा आएका पदाधिकारीलाई बल्ल–बल्ल बुझायो, जब सहयोग गर्ने अवस्था आउँछ, मान्छे फेरिइसकेको हुन्छ’, उनी भन्छन्, खेलकुदमा भएको अति राजनीतिमै खेल क्षेत्रको धेरै समय बित्ने गरेको छ ।’

पदकको गौरब कति

नेपालले सागलाई सधैं आफ्नो प्रतिष्ठासँग जोड्दै आएको छ । नेपालले सर्वाधिक स्वर्णलगायत अरू पदक जित्न सक्ने क्षमता राख्ने यही एक मात्र प्रतियोगिता पनि हो । योबाहेक नेपालले खेल्ने ठूला प्रतियोगिताका रूपमा रहेको एसियाड र ओलम्पिकमा पदक जिते पनि स्वर्ण पदकको स्वाद अझै पाउन सकेको छैन । यसको स्थापनामा सक्रियता देखाउँदै पहिलो साफ प्रतियोगिता आयोजना गर्नु नै सागप्रति नेपालले देखाएको निष्ठा भाव हो । अझ यो प्रतियोगितामा पाउने सफलतालाई नेपालको खेल क्षेत्रले लामो समयसम्म गौरव गर्ने र सम्झनामा राख्ने गरेका कारण सागप्रति नेपालको लगाव निकै रहेको देखिन्छ । तेस्रो पटक साग प्रतियोगिता आयोजना गर्न लागेको नेपालले पदक तालिकामा आफूलाई अहिलेसम्मकै सर्वाधिक जित्ने दावा गरेको छ । विश्लेषक खनालको तर्क छ, ‘साग एसियाड र ओलम्पिकको पूर्वतयारी गर्ने प्रतियोगिता हो । हामी सागमा पदक जितेपछि रमाइरहन्छौं र यसैमा गर्व गर्छौं ।’

पहिलो साफ प्रतियोगिता आयोजना गर्दा ४ स्वर्ण पदक जितेको नेपालले आठौं संस्करण आयोजना गर्दा स्वर्णको संख्या ३१ पुर्‍यायो । यसपटक सदस्य–सचिव सिलवाल ५० स्वर्ण पदक जित्ने दाबी गर्छन् । साफ खेलकुदको पदक तालिका हेर्ने हो भने नेपालले आयोजना गरेको बेलामा बाहेक अन्य संस्करणमा सोचेअनुसारको सफलता पाउन सकेको छैन । सिलवालले यसपटक मार्सल आर्टका खेलहरू कराँते, तेक्वान्दो, उसु, बक्सिङलगायत भारोत्तोलन, टेबलटेनिस, ब्याडमिन्टनजस्ता खेलबाट स्वर्ण पदकको आशा राखेको दाबी गर्छन् । उनले आफूले खेलाडीहरूको मनोबल बढोस् भनेर यसपटक स्वर्ण पदक जित्ने खेलाडीहरूलाई विशेष पुरस्कारको व्यवस्था सरकारबाट गराउन चाहेको समेत बताए, तर प्रधानमन्त्रीको अस्वस्थताका कारण विजेता खेलाडीलाई दिइने आर्थिक सम्मानको स्पष्ट घोषणा प्रतियोगिताअघि हुन सकेन ।

सागमा भारतले पछिल्लो पटक उदासीनता देखाउन थालेका कारण पनि साग प्रतियोगिताको प्रतिष्ठा अहिले विगतको जस्तो हुन सकेको देखिँदैन । भारतले राष्ट्रमण्डल, एसियाड र ओलम्पिकलाई पहिलो प्राथमिकतामा राख्ने गरेको छ । यसपटकको प्रतियोगितामा समावेश गरिएका २३ खेलमा भारतले १७ वटामा मात्र सहभागिता जनाउने बतायो । त्यसमा पनि भारतले तेक्वान्दो, कराँतेजस्ता खेलमा खेलाडी पठाउन मानेन । योबाहेक अरू खेलमा पनि भारतले विभिन्न बहाना बनाएर सहभागिता जनाएन । पुरुष फुटबलमा भारतले सहभागिता नै जनाएन । १३ औं सागकी तेक्वान्दो प्रशिक्षक संगीना वैद्य भन्छिन्– ‘भारतलाई हराएर स्वर्ण पदक जित्नुको मज्जा नै अर्कै हुने थियो । भारतले सहभागिता नगर्ने भएपछि नरमाइलो लागिरहेको छ ।’

भारतले पछिल्लो पटक सागमा सहभागिता जनाए पनि दोस्रो दर्जाका खेलाडीलाई सहभागी गराउने गर्छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ भन्छन्– ‘हामीले भारतका कमजोर खेलाडीलाई जितेर पाएको पदकबाट एसियाड वा ओलम्पिकको आशा गर्नु नै बेकार हो ।’

चिनाउने अवसर

मानव सभ्यताको एउटा अभिन्न अंग हो, खेलकुद । खेलकुदले मानिसलाई जीवनलाई स्वाभाविक रूपमा सहजतापूर्वक लिन मद्दत गर्छ । खेलमा कि जित हुन्छ, होइन भने हार निश्चित छ । जीवनका यी दुवै पाटा हुन्— जित र हार । खेलले यी तथ्यलाई बुझाउने प्रयास गर्छ । त्यसैले खेलकुदको अझ महत्त्व भएको हो । कुनै पनि देशले ठूलठूला खेल महोत्सव आयोजना गर्नुको एउटै मात्र कारण आफू कत्तिको सभ्य र सुसंस्कृत छु भनेर देखाउनकै लागि हो ।

यस्तोमा नेपालको हातमा आएको छ, १३ औं सागको क्रममा आफू कस्तो छु भनेर विश्वलाई देखाउने अवसर, अझ भन्दा दक्षिण एसियाका पाहुना छन् देशलाई । प्रतियोगितामा भाग लिन हजारौं संख्यामा खेलाडी, पदाधिकारी, दर्शक र पत्रकारले यसक्रममा नेपालको भ्रमण गर्नेछन् । उनीहरूले नेपाल कस्तो छ भनेर महसुस गर्ने अवसर पाउनेछन् । मौका यही हो, नेपालले आफूलाई यी पाहुना अगाडि शान्त र सौम्य रूपमा प्रस्तुत गर्ने ।

प्रतियोगिता हुने/नहुने अन्योल सकिएपछि अब सबैको ध्यान केन्द्रित हुनुपर्छ, प्रतियोगिताको सफल आयोजनामा । दक्षिण एसिया त्यसै पनि विश्वकै सबैभन्दा बढी राजनीतिक तनाव र द्वन्द्वबाट गुज्रिरहेको देश हो । यहाँका सात देशबीच कुनै समय निकै राम्रो सम्बन्धको इतिहास छ भने कहिले निकै खराव पनि रहेको छ । विशेषत: भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धले सबै सातै देशलाई एउटै स्थानमा ल्याउन पनि गाह्रो हुने गरेको छ । खेल नै एक मात्र यस्तो माध्यम हो, जसले भारत र पाकिस्तनलाई मात्र होइन, दक्षिण एसियाका सातै देशलाई साझा उद्देश्यका लागि एकजुत हुन मद्दत गर्छ ।

नेपालको सम्भावना कति ?

खेलकुद यी कूटनीतिका सम्भावनामा मात्र सीमित हुन्न, यसमा जित–हार त हुन्छ नै । नेपालले आयोजक देशका रूपमा कस्तो प्रदर्शन गर्नेछ त ? यो सर्वाधिक महत्त्वको प्रश्न हो । दक्षिण एसियाली खेलकुद इतिहासमै नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन सन् १९९९ मा सम्भव भएको थियो, जति बेला यो प्रतियोगिता नेपालमै भएको थियो । त्यसैले यसपल्ट पनि उत्तिकै, अथवा त्यो भन्दा राम्रो प्रदर्शनको अपेक्षा हुनेछ ।

प्रतियोगिता सुरु हुनै लाग्दा विशेषत: भौतिक पूर्वाधारको निर्माण कार्य समयमै हुन नसक्दा त्यसले गलत चर्चाले बाटो पाएको छ । मुख्य आयोजना स्थल दशरथ रंगशालाको निर्माण कार्य अहिलेसम्म पनि चलिरहेको छ ।

यसमा दोष कसको हो र किन यस्तो भयो, यी प्रश्नको उत्तर पनि खोजिनु जरुरी छ । सदस्य–सचिव सिलवालकै भनाइ मान्ने हो भने सबै भौतिक पूर्वाधार तयार छन् र खालि अब प्रतियोगिता मात्र सुरु हुन बाँकी छ । विश्वास गरौं, प्रतियोगिताको आयोजना भव्य सफल हुनेछ र नेपालका प्रदर्शनमा अझ सुधार देखिनेछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik