• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
निडर  निमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

निडर  निमा
पुस ७, २०७६

 

सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट परिवारसहित विस्थापित भएर काठमाडौं आइपुगेकी निमा घर्तीमगरको पारिवारिक कथा त्रासबाट ग्रुजिएको छ । द्वन्द्वको त्यही त्रासबाट बाहिरिन खोजिरहेको नेपाली समाजको प्रतिनिधिका रूपमा निमाको लगातार सागमा स्वर्ण जित्ने यात्रालाई लिन सकिन्छ ।

 

भित्ताभरि प्रमाणपत्र र पुरस्कार पाउँदाका फोटाहरू टाँगिएका छन् । मेडलहरू झुन्डिएका छन् । नजिकैको टेबुलमा पनि ट्रफी मेडलहरू सजिएका छन् । हालै भएको १३ औं सागबाट थप एउटा स्वर्ण पदक थपिएको छ, उसु खेलाडी निमा घर्तीमगरको कोठामा । 

यी मेडलहरूले उनमा खुसी थपिएको छ । ती मेडल पाउन उनले गरेको संघर्षका कथा मर्मस्पर्शी छ । पढाइ र खेलबीच तालमेल मिलाउन नसक्दा, शिक्षकका गाली सुन्दाका क्षणहरू कति नमीठा थिए । स्कुलमा जहिल्यै गुनासो हुन्थ्यो, ‘निमा यसरी हुन्छ ? खेलमा मात्रै ध्यान दिएर तिमीले कसरी करिअर बनाउँछौ ?’ हतार–हतार स्कुल पुग्दा पहिलो, दोस्रो पिरियड छुटिसकेको हुन्थ्यो । निमा नाजवाफ हुन्थिन् । 

न पढाइ छोड्न सक्थिन्, न त उसु तालिम नै । एउटा झोलामा उसु ड्रेस, अर्कोमा किताब बोकेर उनी बिहानै घरबाट निस्कन्थिन् । न राम्रोसँग मुख धुन पाउनु, न कपाल नै कोर्न । हस्याङफस्याङ गर्दै स्कुल पुग्दा साथीहरूले जिस्क्याउँथे, ‘ओइ, तँ कुनचाहिँ विश्वयुद्ध लडेर आइस् ?’ कति पटक त स्कुल गार्डले ढिलो भएकोमा छिर्न पनि दिँदैनथे । 

पढाइ मात्रै होइन, पारिवारिक पृष्ठभूमि र अवस्था पनि उनका लागि अनुकूल थिएन । बडो प्रतिकूल अवस्थाको सामना गर्दै उनी स्वर्णधारी उसु खेलाडी बन्न पुगिन् । 

निमा आफ्ना आमा बाबुसहित ललितपुरको च्यांगाथली बस्छिन् । उनको पुख्र्यौली घर रोल्पाको माडीचौर हो । रोल्पा माओवादी विद्रोहसँग जोडिएको ठाउँ । त्यहाँका कोही पनि प्रत्यक्ष/परोक्ष द्वन्द्वको चपेटामा नपरेको भन्ने छैन । निमा सानै थिइन । उनको परिवार माडीचौरबाट विस्थापित भयो । पिता मनसुर घर्ती सिंगापुरमा श्रम गर्दै थिए । उता बम र बारुद्धको त्रासमा आमा र दाइ सँगै निमा रोल्पामै थिइन् । 

रोल्पाका समाचारले सिंगापुरमा मनसुरको मन पोल्थ्यो, गाउँमा रहेका श्रीमती र छोराछोरीलाई सम्झिएर भक्कानिन्थे । तीन वर्ष मजदुरी गरेर उनी नेपाल फर्किए र पूरै परिवारलाई काठमाडौं ल्याए । विदेशमा कमाएर ल्याएको पैसाले ललितपुरको च्यांगाथलीमा घर किने । बाहिरी आयस्रोत अरू केही थिएन । खानै पर्‍यो, छोराछोरीलाई पढाउनै पर्‍यो । घर बेच्नुबाहेक अरू विकल्प थिएन । छाक टार्न घर बेचेर पिकअप गाडी किनेर चलाउन थाले । छोराछोरीलाई लुभुको डनबस्को स्कुलमा भर्ना गरे । 

सहरमा आए पनि निमाको जीवन धेरै अप्ठ्यारो किसिमले बित्यो । गाडी आउने बाटो थिएन भने पसल पुग्न घण्टौं हिँड्नुपर्ने अवस्था थियो । स्कुल पुग्दा धुलोले ड्रेस मैलो भइसक्थ्यो । स्कुल जाँदा निमाले मार्सल आर्ट खेलिरहेका केटाकेटी देख्थिन् । त्यो देखेर उनलाई पनि खेल्न मन लाग्यो । बुवालाई आफ्नो चाहना भनेपछि तुरुन्तै भर्ना गरिदिए । जुडो खेल्ने ठाउँ अलि टाढा भएकाले बिहान समय दिन सकिनन्, त्यो रोकियो । निराजन आलेमगर गुरुले टीकाथली गोदावरी खोला नजिकै किनारमा उसु सिकाउन थालेपछि उसु सिक्न जान थालिन्, तर उसुको ड्रेस नहुँदा कति दिन उनलाई हीनताबोध भयो । यो प्रसंग आउँदा उनका आँखा रसाइरहेका थिए । भन्दै थिइन्, ‘भन्नासाथ ड्रेस किन्न बुबासँग पैसा हुँदैनथ्यो । घरको लुगामा उसु खेल्न धेरै गाह्रो थियो । पछि बुबाले पैसा जोहो गरेर ड्रेस किनिदिए ।’ त्यसपछि पछि उसुमा उनको रफ्तार अचम्मले बढ्यो । 

२०५६ साल पुस २ गते रोल्पाको कोटगाउँ–१, माडिचौरमा जन्मिएकी निमाले उसु खेल्न थालेको लगभग ७ वर्ष पूरा भएको छ । सात वर्षमा उनले लगातार दुईवटा साग खेलमा स्वर्ण जितेकी छन् । भन्छिन्, ‘म मेरो सफलताको श्रेय प्रशिक्षकसँगै आफ्ना अभिभावकलाई दिन्छु । किनभने उहाँहरूले मलाई कहिल्यै खेल्न रोक्नुभएन ।’

खासमा निमा स्वर्ण जित्ने भन्दा पनि शारीरिक रूपमा बलियो ‘सेल्फ डिफेन्स’ कै लागि खेलेकी हुन् । तर जब सफलता हात लाग्दै गयो, उनमा उसुको लत लाग्न थाल्यो । एक दिन छुट्यो भने पनि उनी विचलित हुन्थिन् । साथीहरूले कत्ति सिकिसके होला, म पछि पर्ने भएँ जस्तो लाग्थ्यो, उनलाई । त्यसैले सकेसम्म कक्षा छोड्दिनथिन् । निमाले उसु जुनियरमा जति प्रतियोगिता खेलिन्, सबैमा स्वर्ण पदक नै जितिन् । तर, राष्ट्रिय स्तरको प्रतियोगिताचाहिँ जुनियर जति सजिलो थिएन । नवौं राष्ट्रिय प्रतियोगितामा दोस्रो भइन् । त्यसपछि उनको खेलप्रतिको लगाव बढ्दै गयो । उनको लगावले गुरुहरू खुसी थिए । गुरु निराजन आलेका अनुसार, निमा अरू उसु खेल्न आउनेहरूभन्दा फरक थिइन्, जसका कारण खेलेको छोटो समयमै राष्ट्रिय टिममा पुगेर अन्तर्राष्ट्रिय सफलता हासिल गरिन् । 

निमा र गुरुको कुरा सुनिरहेकी आमा पुना घर्तीमगर पनि छोरीबारे भन्न तम्सिइन् । ‘सानोमा त निमा सार्‍है घमन्डी, आफूले केही गल्ती पनि नगर्ने, अरूको अन्यायको प्रतिकार पनि गर्ने लडाकु स्वभावकी थिइन् । सानैदेखि कसैसँग नडराउने स्वभाव थियो’ उनले भनिन् । 

बाबु मनसुरले पनि यसै प्रसंगमा सानो बेलाको एउटा घटना जोडी हाले, ‘रोल्पामै हुँदा आफन्त बितेर मलामी गएका थियौं, चार–पाँच वर्षकी निमाले लाश पोली राखेको ठाउँबाट मुढा लिएर आफ्नो दाइलाई हानेर ढालिदिइन् । पछि पो थाहा भयो घरमा दाजुले बहिनीलाई हेप्ने, पिट्ने रहेछ ।’

१२ औं सागमा जानु अघिसम्म पनि कसैले होच्यायो वा केही नराम्रो भन्यो भने केटाहरूसँग पनि उनी झगडा गर्दी रहिछन् । विद्रोहको उद्गमकी निमाको स्वभाव पनि विद्रोही खालको छ । खेलमा हारजित हुन्छ । खेलाडीको मनोबल उठ्ने खस्कने भइरहन्छ । १२ औं साग अघि निमा चरम निराशामा पुगेकी थिइन् । उनी एसियन गेममा जान छानिएकी थिइन्, ज्यान दिएर अभ्यास गरिन् । जे गर्छु मनैदेखि गर्छु र सफल पनि हुन्छु भन्ने विश्वास बोकेकी निमाले अभ्यासका क्रममा लडेर हात भाँचिन्, तर अभ्यासमा कमी गरिनन् । 

न खाने समय, टिनएजर निमालाई दौडादौड थियो । आफू सरहका साथीहरू टिभी हेर्ने, रमाइलो गर्ने बेला न उनको मुखमा हाँसो हुन्थ्यो, न त टिनएजर रंगीन सपना नै । कोरियामा खेल्न जानकै लागि नाबालक नागरिकता र पासपोर्ट बनाइन् । तर, जाने समयमा निमाको कोटै काटेर आयो । त्यति बेला निमाले आफ्ना सारा सपना नै टुटेको महसुस गरिन् । उनले कोरियामा खेल्न जाने तयारी गरिसकेकी थिइन् । उनी नराम्ररी टुटिन् । ‘हप्तौं दिन रोइराख्यो, न खायो, न स्कुल गयो न खेल्न नै गयो’, त्यो क्षण सम्भँmदै आमाबाबु भन्छन् । 

त्यो क्षण सम्झँदा अहिले पनि निमाको आँखा रसाउँछ । भन्छिन्, ‘मैले त्यस्तै मेहनत गरेको थिएँ । हात भाँचिएर पनि छनोट प्रतियोगिता जितेको थिएँ । जितेर पनि कोरिया जाने टिममा नपरेपछि पीडा त हुन्छ नि ।’

कोरिया जान नपाएको पीडा बिर्सिएर अभ्यास गरिरहँदा १२ औं दक्षिण एसियाली खेलकुदमा छनोट भइन् । जित्नैपर्छ भन्ने दृढ संकल्प गरेकी उनले त्यो खेलमा स्वर्ण दिलाइन् । छनोटमा परेपछि स्कुलमा भन्दै नभनेर कक्षा १० को अन्तिम परीक्षा छाडेर अभ्यासमा पोखरा क्लोज क्याम्पमा गएकी थिइन् । स्कुल यता भएका कारणले उनले प्रि–बोर्डहरू दिन पाइनन् । स्कुलबाट छोरीलाई जसरी नै लिएर आऊ भन्ने उता निमाको क्लोज क्याम्प । त्यति बेला निमाको बुबाले बडो कठोर निर्णय लिए, ‘पढाइ बिग्रे बिग्रोस् यसपटक नमिले अर्काे वर्ष एसईई परीक्षा दिन्छे, तर निमाले सागमा खेल्छे ।’

बुबाको निर्णयकै कारण निमाले साग पाइन् । निमाको सफलताको कडी उनको परिवार र पिताले गरेको सहयोग हो । जब उनले स्वर्ण जितिन्, स्कुलबाट पनि सपोर्ट हुन थाल्यो, उनले एसईई दिइन् र सफल पनि भइन् । अहिले १३ औं सागमा पुग्दा उनी बीबीए पढ्दै छिन् । खेलमै बढी फोकस भए पनि उनले पढाइ पनि जारी राखेकी छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik