• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
काजल कमाल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मुकुन्द बोगटी

काजल कमाल
पुस ९, २०७६

 

तेक्वान्दोमा स्वर्ण जितेकी काजल श्रेष्ठले सरकारले दिने ९ लाख नगद पुरस्कार ऋण तिर्न सदुपयोग गर्ने बताइन् । ‘साँगाको भातेढिकुरमा घर बनाउँदा ऋण लागेको छ अब त्यो ऋण तिरिदिन्छु’, उनले भनिन्, ‘ऋण तिरेर पैसा बच्यो भने आमालाई सुनको गहना किनिदिने सोचाइ छ ।’ 

वैदेशिक रोजगारमा बुवा साउदीमा रहेका बेला नेपालमा उनकी २२ वर्षीया छोरी काजल श्रेष्ठले तेक्वान्दोमा स्वर्ण जितिन् । आफूलाई ‘गुड डटर’ बताउने काजलले तेक्वान्दोमा स्वर्ण पदक जितेपछि सरकारले घोषणा गरेको नगद पुरस्कार घर बनाउने क्रममा लागेको ऋण तिर्न खर्चने बताइन् ।

‘इया... इया... इया...’

आठ वर्षीया काजल श्रेष्ठका कानमा हरेक दिन बिहान र बेलुका यो आवाज ठोक्किने गथ्र्यो । बालसुलभ जिज्ञाशा उनमा हुन्थ्यो– को होलान यसरी कराउने ? त्यो कौतुहलतालाई मेटाउन नसकेपछि एकदिन उनी घरको छतमा चढिन् । घरको अलि उत्तापट्टी सेतो ड्रेस लगाएका केटाकेटीहरू टाउको भन्दा माथि पुग्ने गरेर लात हिर्काइरहेका थिए । केही समयमै उनीहरू हावामा मुड्की हानी ‘इया... इया... इया..’ गर्नथाले ।

सधैंजसो बिहान—बेलुका दोहोरिरहने यो दृश्यले किशोरी काजलको मन चोर्‍यो । एकदिन आमालाई उनले भनिन्, ‘ममी, म पनि त्यस्तै खेल खेल्न जान्छु ।’ आमाले उनलाई डराउने शैलीमा भनिन्, ‘हात खुट्टा भाँचिन्छ, त्यस्तो खेल खेल्नु हुन्न, छोरी ।’ तर, काजलको मन डराएन्, उनले बरु आमासँग खेल्न नदिएसम्म खाना नखाने अड्डी कसिन् । सानी बहिनीको जिद्दीले उनका दाइ र दिदीको मन पग्लियो । काजललाई तेक्वान्दो खेलाउनका लागि उनीहरूले नै आमालाई मनाए । 

कोटेश्वर तेक्वान्दो डोजाङमा काजललाई तेक्वान्दो खेल्नका लागि भर्ना गरियो । छोरीलाई तेक्वान्दो खेल्न पठाउँदा उनकी आमालाई लागेको थियो– यसको दुई–चार दिनको रहर मात्र हो, पूरा भएपछि आफैं थाकेर फर्किन्छे । तर, फुच्ची केटी काजल जब्बर निस्किइन् । उनलाई तेक्वान्दोमा टस बस्यो । ‘म थकाइलाई बेवास्ता गरेर सिक्नमै रमाउँथे,’ उनी भन्छिन्, ‘मेरो सिकाइ र मेहनत देखेर मेरो पहिलो गुरु नवीनकुमार श्रेष्ठ पनि प्रभावित हुनुभयो ।’ गुरुले उनलाई भन्न थाले– यसरी नै अगाडि बढ्ने हो भने तिम्रो भविष्य उज्जवल छ । 

हुने बिरुवाको चिल्लो पात । तेक्वान्दो सिक्न थालेको दुई वर्षमै जुनियर वल्र्ड च्याम्पियनसिपको नेपालभर भएको सेलेक्सनमा उनी नम्बर वान भइन् । नेपालको नम्बर वान भएपछि उनले ताइवानमा गेम खेल्ने अवसर पाइन् । ‘त्यो बेला म १४ वर्षकी थिएँ,’ काजल सम्झिन्छिन्, ‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता, पहिलो पटक घर छोडेर विदेश, पहिलो विमान उडान अनि टिमकी सबैभन्दा सानी, म अलि बढी नै नर्भस थिए ।’ त्यो बेला संगीना वैद्य गुरुलगायत धेरै दाइ दिदीहरूले उनमा हौसला भरेका थिए । तर, उनी पहिलो खेलमै पराजित भइन् । उनलाई अहिले पहिलो खेल नै हार्नुको कारण लाग्छ—अनुभव नहुनु । 

काजल सिक्सटिन प्लस भएपछि तेक्वान्दोमा सिनियर खेलाडी भइन् । सिनियर भएपछि ओपन च्याम्पियनसिपहरूमा उनको प्रभावशाली प्रदर्शन देखिन थाल्यो । तर, राष्ट्रिय प्रतियोगिता उनले अझै जित्न सकेकी थिइनन् । ‘सबैलाई जित्दै–जित्दै फाइनलमा पुग्ने, फाइनलमा सधैं हार्ने,’ उनी आफ्नो अनुभव बाँडछिन्, ‘जति हारे पनि एकदिन अवश्य जित्छु भन्ने भावना राखेर ट्रेनिङमा लागिरहँे ।’ फाइनलमा सधैं नेपाल पुलिस टिमकी रेजिना कार्की दिदीसँगै पराजित हुन्थिन् । यो हार राष्ट्रिय प्रतियोगितादेखि विभिन्न खेलमा गरेर ५ पटकभन्दा बढी भइसकेको थियो । गत १२ औं सागको छनोटमा पनि उनको प्रतिस्पर्धा रेजिनासँगै परेको थियो, त्यसमा पनि हारिन् । त्यही बेला उनले जसरी पनि १३ औं साग खेल्ने अठोट कसिन् । ‘अर्को पटक साग चाहिँ मै खेल्ने हो भनेर अठोट गरे,’ आफ्नो हालै सम्पन्न साग यात्राबारे उनले भनिन्, ‘आफ्नो ट्रेनिङको समयलाई पनि बढाए ।’ परिणाम, छैटांै पटकमा उनले रेजिनालाई पराजित गरेर साग र एसियनको टिकट पक्का गरिन् ।

साग गेमको तयारी यति कडा थियो कि दिनकै ३–४ पटक ट्रेनिङ, २–३ वटा वेट क्याटागोरीमा लिग फाइट हुन्थ्यो । ट्रेनिङमा जब काजल मज्जाले थाकेकी हुन्थिन्, चोट लागिरहेको हुन्थ्यो, त्यतिबेला उनका प्रशिक्षकहरू संगीना, दीपक, क्वान, नवीनहरू आएर भन्थे– यो थकान, चोट तिमीहरूले तब बिर्सने छौं, जब तिमीहरूको घाँटीमा स्वर्ण पदक हुनेछ । गुरुहरूले सागमा स्वर्ण पदक जित्ने त्यही हुटहुटीबाट उनलाई ट्रेनिङमा दत्तचित्त हुने जागर चल्थ्यो । ‘जतिखेर पनि दिमागमा गोल्ड जित्नुपर्छ भन्ने मात्र आउँथ्यो र झन् बढी ट्रेनिङ गथ्र्यौं,’ उनी भन्छिन्, ‘हिन्दीमा एउटा शब्द छ नि ‘जुनुन’ । हो जतिबेला पनि गोल्डमेडल जित्ने ‘जुनुन मनमा सवार’ हुन्थ्यो ।’ 

त्यही जुनुनले २२ वर्षीया काजलले अन्तत: १३ औं सागमा मुलुकलाई स्वर्ण दिलाइन् । आफ्नो जीवनको महत्पवूर्ण अन्तर्राष्ट्रियस्वर्ण जितिन् । १७ मंसिरमा ४६ केजीमुनि तौल समूहमा उनले फाइनलमा पाकिस्तानकी सायद जादी सिद्रा बटोललाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । काजलले स्वर्ण जितेर जब झन्डा ओढिन्, उनी भक्कानिएर रोइन् । उनले सागमा मेडल जित्दा उनकी आमा भने त्यही थिइन् । ‘आमा मेरो खेल हेर्न आएको यो साग नै पहिलो हो,’ काजल भन्छिन् । उनको स्वर्ण जितेको दृश्य उनका बुवाले हेर्न भने पाएनन् । उनले बुवालाई फोन गरेर जब सुनाइन्, उनका बुवा औधी खुसी भए । 

साउदीमा बुवाको संघर्ष 

२०५४ सालमा भक्तपुरमा सामान्य परिवारमा काजलको जन्म भएको हो । काजलको परिवार सिन्धुपाल्चोकबाट काठमाडौं बसाइँ सरेर हो । काजल सानै छँदा घरको जीविकोपार्जनका लागि उनका बुवा वैदेशिक रोजगारीका गए । ‘म यस्तै २–३ क्लासमा पढ्दा बुबा रोजगारीका लागि साउदीमा गाडी चलाउन जानुभयो,’ उनी भन्छिन्, ‘बुबा विदेश जानुभएको पनि १२ वर्ष भइसक्यो ।’ अहिले उनका बुवाले साँगाको भात्तेडिकुरमा घर बनाएका छन् । 

बुवा विदेश गएपछि ३ छोराछोरीको लालनपालनको जिम्मा उनकी आमाले सम्हालिन् । तर, आमाले आफूहरूलाई कहिल्यै बुवाको अभाव खटकिन नदिएको काजल बताउँछिन् । उनलाई बुबाको त्याग र आमाको ममताले नै आफूलाई ‘गुड डटर’ बन्न प्रेरित गरिरहन्छ । सानोमा काजलको डाक्टर बन्ने सपना थियो, यही कुरा उनी आमालाई सुनाउँथिन् । घर अगाडि तेक्वान्दोमा भर्ना भएपछि त्यो सपना पनि यसै विलिन हुन गयो । 

सामान्य आर्थिक अवस्था भएका परिवारमा भोग्नुपर्ने समस्या काजलले पनि भोगेकी छन् । भक्तपुरबाट ट्रेनिङ गर्न जाने ठाउँ सातदोबाटो हुन्थ्यो । रंगशालासम्म पुग्नलाई बसमा जान भाडा चाहिन्थ्यो, ट्रेनिङ गरेपछि डाइट खानै पर्ने हुन्थ्यो । सुरुका दिनहरूमा कहिलेकाहीँ त्यसैका लागि पनि पैसाको अभाव भइरहेको हुन्थ्यो ।

एसएलसी दिने बेलासम्ममा काजल राम्रो खेलाडी भइसकेकी थिइन् । सधैं आमासँग कति पैसा मागेर ट्रेनिङमा जानु भनेर उनले आफ्नो बेसिक खर्च आफैंले जुटाउन स्कुलमा तेक्वान्दो सिकाउने योजना बनाइन् । बायोडाटा लिएर आफैं स्कुलमा गएर प्रिन्सिपललाई काम दिन आग्रह गरिन् । उनको हौसला र सानैमा पाएको सफलता देखेर स्कुलले उनलाई काम दियो । बालबालिकालाई तेक्वान्दो सिकाएबापत उनले मासिक २५ सय रुपैयाँ पाउन थालिन् । यसले ट्रेनिङमा जान र डाइट खान पैसा पुग्न थाल्यो । यो तलब बढेर ३ हजार रुपैयाँमा पुगेपछि उनले केही पैसा घरमा पनि दिन सक्ने भइनँ । पछि अर्को स्कुलमा पनि उनले तेक्वान्दो सिकाउन थालिन्, जहाँ उनले ७ हजार तलब पाइन् । त्यो तलबले उनको ट्रेनिङका आवश्यक्तालाई पूरा गथ्र्यो । यो ट्रेनिङभित्र पनि उनले धेरै मेहनत गर्नुपथ्र्यो, पढाइ, बिहान–बेलुकाको ट्रेनिङ, बालबालिकालाई सिकाउनुपर्ने । ‘बिहानबाट चलायमान हुने मेरो शरीर साँझको ट्रेनिङ गरेर भक्तपुरको भीडभाडको बस चढेर घर पुग्दा जहिले पनि रातिको ८ काटेको हुने,’ उनी आफ्नो संघर्षबारे भन्छिन्, ‘सम्भँmदा अहिले पनि ‘ओ माई गड’ भन्न आउँछ ।’

पछिल्लो तीन वर्षदेखि नेपाली सेनाको क्लबमा आबद्ध भएपछि भने उनले स्कुलमा सिकाउन छाडेकी छन् । आर्मीको तलबले उनको ट्रेनिङलाई चाहिने पकेट खर्च पूरा भएको छ । बचेको १०–१५ हजार रुपैयाँ यसो घरपरिवारलाई सहयोग गर्न पनि पाएकी छन् । ‘आर्मीमा गएपछि मेरो जिम्मेवारी अझ बढेको छ,’ उनी अलि गम्भीर देखिइन्, ‘सबैभन्दा ठूलो संस्थाको प्रतिनिधि हुँदाको जिम्मेवारी बढी नै 

हुने रहेछ ।’

काजल पढाइमा पनि अब्बल छिन् । सानोमा त उनी सधैं क्लासमा पहिलो हुन्थिन्, त्यही कारणले उनले छात्रवृत्तिमा पढिन् । ‘सरले ब्ल्याकबोर्डमा हिसाबको एउटा प्रश्नको उत्तर सिकाउँदा म कापीमा ५ नम्बरसम्मको गरिसकेको हुन्थें,’ उनी भन्छिन् । अहिले उनी कोटेश्वर बहुमुखी क्याम्पसबाट म्यानेजमेन्टमा ब्याचलर पढ्दैछिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik