• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
सहरभरि मुस्कुराइरहेका यती
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रकृति दाहाल

सहरभरि मुस्कुराइरहेका यती
माघ ५, २०७६

 

चलचित्र हेर्न सुन्धारास्थित सिभिल मल पुगेका कोटेश्वरका दीपक अवालेको आँखामा अचानक मानवजस्तो देखिने ठूलो आकृति ठोक्किन्छ । अचम्म मान्दै उनी एकछिन रोकिन्छन् । मूर्तिको दायाँ–बायाँ नियाल्छन् । अलमलमा पर्छन् । केही बेरमा भेउ पाएपछि भन्छन्, ‘भिजिट नेपाल–२०२० सँग सम्बन्धित मूर्ति पो रहेछ ।’ 

न्युरोडकी सुमन श्रेष्ठ मलमा राखिएको मानव आकृतिसँग रमाइरहेको अवस्थामा भेटिइन् । आफूभन्दा अग्लो मूर्ति देखेर अचम्म मान्दै त्यसको तस्बिर लिइन् । र, एक सेल्फी पनि लिइन् । यो केको मूर्ति होला ? उनी अलमलिइन् र सोचेर भनिन्, ‘बुद्ध हो कि † चिनियाँ बुद्धजस्तो लाग्यो मलाई त ।’

ललितपुरको लाबिम मल पुगेकी बानेश्वर बस्ने प्रतिमा केसीलाई पनि यो मानवजस्तो देखिने मूर्तिबारे स्पष्ट जानकारी रहेनछ । उनले यो मूर्तिबारे साथीहरूबीच चर्चा चल्ने गरेको र यो यती भएको सुनेको बताइन् । यसको वास्तविकताबारे बुझ्ने इच्छा भएको समेत सुनाइन् । 

ठमेलको चोकमा राखिएको यस्तो आकृतिले धेरैको ध्यान तानेको छ । रंगीविरंगी अग्लो आकृति हेर्दै तस्बिर खिचाउने भीड नै लागेको छ । यो हो के ? भन्ने स्पष्ट नभए पनि यसको अनौठो शारीरिक बनोट, यसको शरीरमा कोरिएको कलाकारिता र यसबारे मानिसको फरक–फरक धारणाले धेरैबीच चर्चाको विषय बनेको छ । चर्चाको बीचमा खिचिएका तस्बिर सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । 

यतिबेला सिभिल मल, लाबिम मल, पाटन दरबार स्क्वायर, ठमेल एयरपोर्टजस्ता पर्यटकीय स्थलहरूमा यस्ता ठूला कलात्मक आकृति देख्न सकिन्छ । यसरी सहरका चोकहरूमा मुस्कुराइरहेका आकृति अरू केही नभएर हिममानव यतीका मूर्तिहरू हुन् । भिजिट नेपाल–२०२० लाई लक्षित गरी यतिबेला सहरमा यतीका मूर्तिहरू विस्तार भइरहेका छन् । हिममानवको सम्बन्ध हिमालसँग अत्यधिक हुने भएकाले यती पनि नेपालकै हो भनेर सावित गर्न यतीको मूर्ति विस्तार गरिएको बताउँछन्, भिजिट नेपाल–२०२० अन्तर्गत यती आर्ट कमिटीका संयोजक प्रेमप्रभात गुरुङ । 

उनका अनुसार बुद्ध र सगरमाथाका नामले नेपालले चिनेझैं यतीको इतिहास पनि नेपाल नै हो भनेर प्रचार गर्न यतीको मूर्ति विस्तार गरिएको हो । अहिले १ सय ८ यतीका मस्कटहरू निर्माण भइरहेका छन् । मस्कटलाई १ सय ८ कलाकारहरूले नै कला भरिरहेका छन् । मूर्तिहरू शान्त, सुन्दर, हँसिलो देख्न सकिन्छ । यतीको क्यानभासलाई नेपालका सांस्कृतिक पक्षहरूले सजाइएको छ । यतीमा तराई, पहाड र हिमालका संस्कृतिहरूलाई दर्शाउन खोजिएको छ । 

यती मस्कटको चित्र कोरेका हुन् कलाकार आङछिरिङ शेर्पाले । किंवदन्तीकै आधारमा यतीलाई परिभाषित गरेझैं उनले मस्कटको चित्र कोरेको बताउँछन् उनी । कहिल्यै नदेखेको यतीलाई चित्रमा उतार्न समस्या भएको सम्झन्छन् उनी । यती ठूलो डरलाग्दो भनेर सुनेकै आधारमा उनले चित्र कोरे । तर त्यो एकदमै ठुलो भयो । उनी भन्छन्– ‘पेन्टिङ र मूर्ति बनाउनका लागि भने त्यसलाई पछि मोडिफाई गरियो ।’ 

शेर्पाले कोरेको मस्कटलाई मूर्तिको आकार बनाउने काम गरेका हुन्, मूर्तिकार विजय महर्जनले । महर्जनलाई यतीका मास्टर पिस बनाउनका लागि पाँच दिन लाग्यो । उनका अनुसार मूर्ति बनाउन र पेन्टिङ गर्न सहज होस् भनेर दुई खुट्टाको बीचमा दुई हातसहितको यतीको मूर्ति निर्माण भएको हो । समूहको निष्कर्षअनुसार ७ फिटको यतीको मूर्ति निर्माण गरिएको उनी सुनाउँछन् । 

उनी भन्छन्, ‘ठूलो बनाउँदा सबैको ध्यान पुग्ने र तस्बिर खिच्नसमेत सहज हुने भएकाले ७ फिटको यतीको मूर्ति निर्माण गरिएको हो ।’ फाइबर ग्लासबाट निर्मित उक्त मूर्तिहरू ४५ देखि ५० केजीसम्म छन् । उनका अनुसार यतीको मूल्य भने पाँच लाख रुपैयाँ रहेको छ ।     

पर्यटन प्रवद्र्धनका लागि यती

प्रेमप्रभाव गुरुङ, संयोजक, यती आर्ट कमिटी

यती के हो ? 

हिउँमा बस्ने हिममानव नै यती हो । यो हिमालयमा बस्छ । यो यती थियो र छ भन्ने विषयमा संसारभर तर्क–वितर्क चलिरहेको छ । सत्य के हो पछि थाहा होला, तर यदि छ भने यती नेपालको हो । किनभने हिमालको देश नेपाल हो ।

भिजिट नेपाल–२०२० मा यतीको मस्कट निर्माण गर्नुको उद्देश्य के होला ? 

नेपाल हिमालयको देश हो । संसारभार यतीको विषयमा चर्चा छ । खोजी छ । महत्त्व छ । हामी सगरमाथाको देश, गोर्खालीको देश, खुकुरीको देश, बुद्धको देशजस्तै यतीको देश भनेर चिनाउन चाहन्छांै । यदि यती छ भने त्यो नेपालमा छ किनभने हिमाल भनेकै नेपालको हो भन्ने प्रचार–प्रसार गर्नका लागि मस्कट निर्माण गरिएको हो । नेपालीहरू पनि यतीका बारेमा जानकार हुनुपर्छ । विदेशीलाई पनि यतीमार्फत नेपालको परिचय दिन सक्नुपर्छ भन्ने हो । सन् १९५० तिर यती खोज्नका लागि नेपाल सरकारबाट मान्यता प्राप्त लाइसेन्स लिनुपथ्र्याे । विश्वभरबाट यती खोज्न नेपाल आउने विदेशीहरू थुप्रै हुन्थे, तर यतिबेला नेपालमा भने यो अवस्था छैन । भिजिट नेपाललाई प्रचार–प्रसार गर्दा यतीलाई पनि नेपालको पहिचान छ भनेर चिनाउन खोजिएको हो । 

भिजिट नेपाल–२०२० सुरु भइसकेको छ । प्रचार–प्रसारमा यतीको मस्कटले कसरी सहयोग पुर्‍याएको छ त ? 

अवश्य पनि पुर्‍याएको छ । अझै पुर्‍याउनेछ । यतीको मस्कट निर्माण भएसँगै छोटो समयमा धेरै चर्चा बटुलेको छ । १ सय ८ वटा मस्कट बनाउने हो । अहिलेसम्म ६० वटाको माग निश्चित भइसकेको छ । विदेशको कुरा गर्नुहुन्छ भने हालसम्म वासिङ्टन डिसीअन्तर्गत वल्र्ड बैंक, न्युयोर्क रुबिन म्युजियम, भुटानको थिम्पुले खरिद गरिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा यतीलाई फैलाउन थप पहल गरिरहेका छौं । 

आममानिसको धारणाअनुसार यतीको स्वरूप बनेन भनिन्छ नि ?

सही कुरा गर्नुभो । यतीलाई सधैंभर नकारात्मक रूपमा हेरियो । ऊ डरलाग्दो छ । रिसाहा छ । नराम्रो छ यस्तै–यस्तै । तर, यस मस्कटमा नेपालको यती शान्त र सुन्दर छ । बलियो र धैर्य छ भनेर देखाउन खोजेका छौं । यति मात्रै होइन बुद्धको देशमा रहेको यतीले ध्यान पनि गर्छ भन्ने सन्देश दिन खोजेका छौं । 

यती कहाँ–कहाँ राखिनेछ ? 

यती सार्वजनिक स्थानमा, मल, सपिङ सेन्टरहरूमा, विमानस्थलमा अहिले राखिएको छ । अब अन्नपूर्ण बेसक्याम्प र सगरमाथा बेसक्याम्पमा पनि राखिने योजना छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik