साप्ताहिक संवाददाता
फाल्गुन १७, २०७४
होलीमा आफन्तहरू होली खेल्न आफ्नो घर आउने भएकाले विशेष परिकार बनाएर ख्वाउन सकिन्छ ।
यो दिन पाहुनालाई पकौडा, गुजिया तथा मालपुवा बनाएर ख्वाउने चलन छ ।
तराईतिर होलीको दिन दालपुरीलगायतका परिकार बनाई आफन्तहरू भेला भै होली खेलिसकेपछि नाचगान गर्ने चलन छ ।
यो दिन धेरैजसोले रमाइलोका लागि भाङको लड्डु तथा सर्वत पनि खान्छन् ।