• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
फैलदो भक्काको स्वाद
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अर्जुन राजवंशी

फैलदो भक्काको स्वाद
माघ ३, २०७६

दुई दशक बित्दानबित्दै भक्का यसरी फैलियो, अब घरघरमै आउँदैन, भक्का खान चाहनेहरू नै चोक–बजारसम्म धाउनुपर्ने भएको छ । चिसो मौसम सुरु भएपछि तराईमा विशेष गरी झापा र मोरङ जिल्लाका चोक–बजारमा भक्का खानेको भीड देख्न सकिन्छ ।

 

झापा– २०५० को दशकसम्म राजवंशी महिलाहरू भक्का लिएर एकाबिहानै घरघर डुल्थे । खान इच्छुकहरूले सट्टामा धान दिन्थे र भक्काले भोक मार्थे । भक्कासँग साटेर ल्याएको धान घरमा भात खान र भक्काका लागि चामलको पिठो बनाइन्थ्यो । न्यून आर्थिक अवस्था भएका राजवंशी महिलाहरूले यसरी नै परिवार चलाउँथे । 

दुई दशक बित्दानबित्दै भक्का यसरी फैलियो, अब घरघरमै आउँदैन, भक्का खान चाहनेहरू नै चोक–बजारसम्म धाउनुपर्ने भएको छ । चिसो मौसम सुरु भएपछि तराईमा विशेष गरी झापा र मोरङ जिल्लाका चोक–बजारमा भक्का खानेको भीड देख्न सकिन्छ । अचेल भक्काको व्यापार निकै फस्टाएको छ । बिहान मात्रै होइन, बेलुका पनि भक्काको मौसमी व्यापारले ग्राहक राम्रै बटुल्ने गरेको छ । बिहान तीन–चार घण्टामै राम्रो आम्दानी हुने भएकाले आदिवासी महिलाहरूमा भक्काको व्यापार निकै जमेको छ । परम्परागत ‘खान्की’ भएकाले राजवंशी र ताजपुरिया जातिबाहेकका महिलाले भक्का बनाउन जान्दैनथे । तर अचेल, राजवंशी, ताजपुरियासँगै माझी, श्रेष्ठ, राई, लिम्बू, मुस्लिम, ठाकुर, यादवलगायतका समुदायका महिलाले भक्काको व्यापार राम्रो चलाएका छन् ।

यतिबेला झापाका सहर, बजार र चोकहरूमा झिसमिसेमै भक्का खान पाइन्छ । भक्का बनाउनेहरूलाई ग्राहकले बेहुलीझैं चारैतिरबाट घेरेका हुन्छन् । चिसो मौसममा ताजा पाइने भक्का बिहानको खाजामा उत्कृष्ट मानिन्छ यता । कुनै मिसाउट हुँदैन । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाइने भएकाले भक्का अग्र्यानिक र स्वस्थकर पनि हुन्छ । नुन–खुर्सानीको धूलो र टमाटरको अचारमा भक्का खान्की जाडोमा न्यानो खाजा खोज्नेको पहिलो रोजाइमा पर्ने गरेको छ ।

भक्का चामलको पीठोबाट बनाइन्छ । मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाउनुपर्छ । पानीबाट निकालेर थिग्राउनुपर्छ । ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ । पीठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । एउटा भाँडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको डकन राख्नुपर्छ । उक्त डकनलाई भाँडाभित्रको बाफ कतैबाट ननिस्किने टाल्नुपर्छ । उम्लिएको पानीबाट निस्किने बाफमाथि भक्का पकाइन्छ । पानीले मुछेर नरम बनाएको पीठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर वाफ निस्किँदै गरेको डकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न करिब दुई मिनेटको समय लाग्छ ।

भक्काको लोकप्रियता बढ्दै गएपछि झापाका आदिवासी राजवंशी समुदायले ‘राष्ट्रिय भक्का दिवस’ मनाउन थालेका छन् । भ्रमण वर्ष–२०२० सँगै जोडेर पुस २९ गते बिर्तामोडमा सांस्कृतिक कार्यक्रमसहित राजवंशीहरूले भक्का खाएर दिवस मनाए । परम्परागत खान्की भक्काको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पुस २९ लाई भक्का दिवसका रूपमा मनाउन थालेको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । राजवंशी जातिमा जाडो सिजनमा भक्का खाने पुरानो चलन छ । छोरी–चेलीलाई चिसो मौसममा माइती बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाउने चलन रहेको छ । 

मंगलबार भक्का दिवसमा एक कार्यक्रम आयोजना गरी राजवंशी जातिले अधिकांश गैरराजवंशी समुदायलाई नि:शुल्क रूपमा माछा तरकारी, भान्टा–कोपी–मुलाको तरकारी र टमाटरको अचारसँग भक्का खुवाए । ‘आममानिसले भक्कालाई सामान्य खाजाका रूपमा मात्र बुझेका छन् । तर, हाम्रो जातिभित्र यसको महत्त्व धेरै छ’ कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने । भक्का दिवस कार्यक्रम पनि फ्रन्टले नै आयोजना गरेको थियो । शुद्ध चामलको पीठोबाट बनाइने तथा कुनै मिसावट नहुने भएकाले भक्का राजवंशीको मात्र नभई सबै जातजातिको खाजा बन्न सकेको बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले बताए । ‘परम्परागत खानाको संरक्षण र प्रवद्र्धनमा राजवंशी जाति आफैं लागेपछि खुसी लागेको छ । अग्र्यानिक र स्वस्थ्यकर खाना जुनसुकै जाति समुदायको भए पनि राज्यले प्रोत्साहन गर्नुपर्छ,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने । भक्का दिवस मनाउन भारतको मेघालय, असाम, पश्चिम बंगाल र बिहारका राजवंशीहरूसमेत बिर्तामोड आएका थिए । भारतबाट आएका राजवंशी युवतीहरूले जातीय पहिरनमा र्‍याम्प समेत प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik